Saturday, March 15, 2008

बिजोग !




वसन्तपुरमा रहेको शिवपार्वतीको मन्दिर जिर्ण बन्दा पनि कसैको ध्यान जान सकेको छैन । यस्तै मठ मन्दिर अनि परम्परागत जात्रा कै कारण नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन् सरकार र व्यापारी पैसा कमाउँछन् तर सम्पदा जोगाउने कसले ?

Saturday, March 1, 2008

बाईक !



तस्वीर मेरो विद्यार्थी मनोज केसीलाई खिच्न लगाएको हो

एउटा बाइक त्यो पनि सकर उठाएको अनि पछाडी गर्लफ्रेन्ड
राजधानीका युवा सपना हो । प्लस टु अनि ब्याचलरका युवाका ब्याचलर सपना । स्वयंभूमा मैले देखेको बाइकको नमुना ।

इन्द्रको हतियार !




स्वयंभूमा रहेको बज्र ।

पर्खाइ मौकाको !




बाटोमा हिंडिरहेका मानिसको हातबाट खानेकुरा खोस्न मौका कुरेर बसेको बाँदर ।

कवितालाई पैसा तिरियो यार !




गजलकार रुपक बनबासीको पद्यमकन्या कलेजमा भएको एकल गजल कार्यक्रम जहाँ सुन्नेले पैसा तिरेका थिए । पैसामा कविता, गित, गजल सुन्ने फेसन बनेको छ अहिले ।

नोट मोह !


केही समय अगाडी इन्टरनेट मार्फ फैल्याइएको तस्वीर हो यो । यसमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई राजाको स्थानमा राखिएको छ । अहिले शहरभर नेपालका प्रथम राष्ट्रपति क.प्रचण्ड भनेर भित्तेलेखन गरिएको समयमा यो फोटोको आफ्नै महत्व छैन र ? के माओवादीका अध्यक्ष नेपालका राष्ट्रपति बन्लान ? मुलुकमा साँच्चै गणतन्त्र आउला त ?

Saturday, February 16, 2008

लाजको कुरा !




पेट्रोलियम पदार्थको अभाव भई असजिलोमा परेका जनता बत्ति, तेल, खानेपानी अनि नागरिक सुरक्षाको समेत व्यवस्था गर्न नसकेको प्रति निक्कै आक्रोशित छन् । लाजिम्पाटका केहीले त आफ्नो रिस यसरी पोखेका रहेछन् ।

मिलेर खाऔं !




कोहि झगडा गर्यो भने कस्तो कुकुर जस्तो भन्ने चलन हाम्रो समाजमा छ तर आजकल आफन्त आफन्त नै झगडा गर्ने गरिरहेको समयमा मिलेर खाइरहेका यि कुकुरबाटै केही सिक्ने हो कि ?

टोल्यो ... !


गुच्चा खेलीरहेका एक सडक बालक ।

कुस्ती !



कुकुरसँग बालुवामा मडारिएर खेल्दै सडक बालक । पर्यटकीय क्षेत्र वसन्तपुरमा यस्ता बालकहरुको सँख्या बढ्दो छ । नेपालमा बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था १५ देखी २० हजार डलर रुपैंया लिएर नेपाली बालबालिकालाई विदेशी नागरिकको हातमा धर्मपुत्र/पुत्रीको रुपमा सुम्पन मात्र थालेका छन्, जसले गर्दा सडकमा बालबालिकाको बिजोग देख्नुपरेको छ ।

Tuesday, February 5, 2008

प्रविधि र नायक





(यो तस्वीर अन्तैबाट लिइएको हो)

नेपाली चलचित्रका सबैभन्दा बढि मनपर्राईएका नायक राजेश हमाल ल्यापटपमा । साँच्चि के हेर्दै होलान् ? पाको उमेर सम्म बिहे नगरी बसेका यि नायक कतै अनलाइन रोमान्समा त व्यस्त छैनन् ?

Monday, January 28, 2008

दिल्लीका बिल्ली ?




सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन अस्वीकार गरेकोमा बौद्धिक वृत्तमा सरकारको आलोचना भइरहेको समयमा नेपालको खलासी भनाउने लक्ष्मण सिंह खड्काले सिंहदरबार अगाडी टाँगेको ब्यानरमा राजनीतिक दलका नेताहरुलाई दिल्ली दरबारका पपेट भनिएको छ ।(तस्विर ठूलो पारेर हेर्नुस्) पटक पटक भारतीय दबाबमा विभिन्न राष्ट्रिय मुद्दामा निर्णय लिइरहने नेपालका राजनीतिक दल के साँच्चिकै भारतीय एजेन्ट हुन् त ?

Thursday, January 24, 2008

नराम्रो हल्ला !

Picture : ekantipur.com
नेपाल र नेपाल बाहिर पछिल्ला केही दिनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका बारेमा निक्कै नराम्रा हल्ला सुनिएका छन् ।

Wednesday, January 23, 2008

ग्याँसको धुवाँ !

सोमबार मध्यरातबाट लागु हुनेगरि नेपाल आयल निगमले खाना पकाउने ग्याँस, मट्टतिेल अनि डिजलमा गरेको मुल्यवृद्धिको विरोधमा मुलुकभर प्रदर्शन भए । विशेष गरेर राजधानी काठमाडौंमा मंगलबार र बुधबार सडकभर आगो बालेर सर्वधारणले विरोध जनाए । नजिकै रहेको स्ववियु निर्वाचनका कारण सत्तारुढ सातै दलका विद्यार्थी संगठनले विरोधको नेतृत्व गरेपछि सरकारले बुधबार नै मुल्य नबढाउन आयल निगमलाई निर्देशन दिएको छ ।

काठमाण्डौंमा भएका विरोध प्रदर्शनका तस्विरहरु :

Saturday, January 19, 2008

लापरवाही !



अत्यावश्यक सेवा प्रतिको लापरवाही । वसन्तपुरमा रहेको जुद्ध वारुणयन्त्र अगाडी वारुणयन्त्र निस्कने ढोका छेकेर राखिएका फुटपाथ पसल ।