Saturday, August 23, 2008

प्रधानमन्त्री चीन प्रस्थान


व्रि्रोहीबाट सत्ता सम्हाल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दहाल आज चीन प्रस्थान गर्नुभएको छ । नेपालको विशेष सम्बन्ध भएको भनिएको भारतको भ्रमण नै नगरी प्रधानमन्त्री चीन जानुले विशेष राजनीतिक महत्व राख्ने बताइन्छ । प्रधानमन्त्री चीन जानु अगाडी नै भारतले भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्रीलाई चीन नजान नाजायज दबाब दिएको भन्ने कुरा शहरमा चर्चामा रहेको छ ।

प्रचण्ड सम्बोधन

विपत्तिमा देश



Sunday, August 17, 2008

गाईजात्रामा उपराष्ट्रपती

हिन्दीमा सपथ लिएका र हिन्दीलाई नै नेपालको राष्ट्रिय भाषा बनाउने आफ्नो मधेशी जनाधिकार फोरमको नीति बताउने परमानन्द झालाई कीर्तिपुरका युवाले यस्तो रुप दिए । भारतीय झण्डा सहितको ब्रिफकेस साथै बन्दुक पनि उनको साथमा देख्न सकिन्छ भने उनको ढाडमा के लेखिएको छ त्यो त तस्विरमै स्पष्ट सँग देखिएको छ ।



हृयाप्पी गाईजात्रा

३६४ दिन नै नेताहरुले गाईजात्रा गरेर मुलुक र जनतालाई बिचल्लीमा पारे पनि साँस्कृतिक पर्वका रुपमा गाईजात्रा जनताले रक्षा बन्धनको भोलि पल्ट मनाउने गर्दछन् । अब बीरेन्द्र अर्न्तराष्ट्रिय सम्मेलन केन्द्रमा गोरु (बानी क्या नेपाल र नेपालीको हित कहिल्यै नसोच्ने र नगर्ने)लाई राइँदाइँ गर्न छाडेर २०६५ सालमा मनाएको गाइजात्राका झलक


असुरक्षाको गाइजात्रे प्रस्तुती


Saturday, August 16, 2008

जनै र जिन्स


ब्राम्हण भन्नासाथ धोती कुर्ताको पहिरन याद आउँछ । या त नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल तर आजकल ब्राम्हण वर्गको लगाइ खवाईमा समय अनुसारको परिवर्तन आएको छ । धेरै ब्राम्हणहरुले भेज मम र चिसो पेय पदार्थमा नै चित्त बुझाए पनि मदिरा र बफ मम सम्म पनि झरेका छन् केही । यस्तैमा रक्षा बन्धनको दिन पशुपतिको मुल गेट नजिकै रक्षा बन्धन र जनै लिएर बसेका जिन्सको पाइन्ट लगाएका युवा ब्राम्हण ।

दक्षिणाको गणना


बागमती किनारामा रक्षा बन्धन बाँधिसकेपछि श्रद्धालुले दिएको दक्षिणाको गणना गर्दै ब्राम्हण ।

रक्षा बन्धन

लोकतन्त्रको स्थापना भएपछि धार्मिक क्षेत्रका मुल्य र मान्यतामा अनावश्यक रुपमा राजनीतिक र सरकारी हस्तक्षेपहरु हुन थालेका छन् । कतिपय अवस्थामा अति नै नराम्रो अर्थदिने तरिकाले राजनीतिक र सरकारी निर्णयहरु भएका छन् आजकल । आज महान पर्व रक्षा बन्धनको दिन एका विहानै क्रिश्चियन धर्मको प्रचार गर्ने कार्यक्रम बजाउँदै थियो नेपाल टेलिभिजन । हिन्दूहरुको महान पर्वको दिनमा सवेरै क्रिश्चियनको धर्म प्रचार गर्नुको अभ्रि्राय के हो ? कथित धर्म निरपेक्षताको आडमा बहुसंख्यक जनताको धार्मिक आस्था सँग जोडिएको राष्ट्रिय पर्वकै दिन पार्नु पथ्र्यो क्रिश्चियनको कार्यक्रम दिन । एक दशक अगाडी भारतमा आएका एक क्रिश्चियन पादरीले पाँच वर्षभित्र नेपाललाई धर्म निरपेक्ष बनाउने र नेपालको आधा जनसंख्यालाई दश वर्षा क्रिश्चियन बनाइ सक्ने घोषणा गरेका थिए रे ! अमेरिकी दूतावास र भारतीय दूतावासको नेतृत्वमा स्थापित अहिलेको राजनीतिक व्यवस्थाले त्यसैलाई सघाउ पुर्‍याँउँदै गएको त होइन ?

महान पर्व रक्षा बन्धनको दिनमा पशुपतिनाथमा देखिएको दृश्य । रक्षा बन्धनका लागि ताओ तयार पारिँदै ।
रक्षा बन्धन ग्रहण गर्दै बालक । बागमतीमा श्रद्धालुले चढाएका पैसा खोज्दै बालकहरु । दिउँसो खाली भएको समयमा सुस्ताउँदै ।

छाता ओड्ने तरखर । छाता ओडेर रक्षा बन्धन ग्रहण गर्नेको पर्खाइ
दिउँसो झकाउँदै साना ब्राम्हण ।

Monday, August 11, 2008

साउनको अन्तिम सोमबार पशुपतिमा

साउन महिनालाई महादेवको महिना पनि भन्ने गरिन्छ । त्यसैले त पशुपतिमा महिला भक्तजनको भिड अन्य समयभन्दा बढि हुन्छ त्यसो त बोलबम यात्राले पनि साउनलाई थप रमाइलो बनाएको छ । पशपतिमा हुने नित्य भजन र आरती त छँदैछ । प्रस्तुत छ पशुपतिमा साउनको अन्तिम सोमबार साँझ खिचिएका तस्विरहरु पशुपतिको पारीपट्टि दैनिक हुने आरतीआरतीमा सहभागी हुन आएका भक्तहरुमोबाइलबाट तस्विर उतार्दै युवतीरातीमा नाचेको मेरो क्यामेराले यस्तो खिच्योबाग्मतीमा राखिएको डुँगामा चढेर ताली बजाइरहेका व्यक्ति

Thursday, August 7, 2008

बाँदरको चाला


पशुपतिनाथका बाँदर सारै नै चकचके छन् भन्यो भने त्यो पुरानै कुरा हुनजान्छ तर ती बाँदर पनि पश्चिमा जीवन शैलीलाई पछ्याउँदैछन् भन्दा नयाँ कुरा होला होइन ? यो तस्वीरले त्यही देखाउँदैन र भन्या !

बढेको बाग्मती



साउनको भेलले गर्दा बाग्मती बल्ल नदी जस्तो देखिएको छ । किराँतेश्वर छेउबाट देखिएको बाग्मती ।

आरती

हरेक साँझ पशुपतिनाथमा हुनेगरको आरतीको तस्वीर हुन् यी । साँझको समय आरती र भजनले पशुपतिनाथ परिसर नै संगीतमय हुने गरेको छ । तपाइँ पनि पशुपतिको सन्ध्या आरतीमा सहभागी हुने मौका नगुमाउनुस् है । हरेक साँझ ६३० बजे ।

Saturday, August 2, 2008

मेरो क्यामेरा




मलाई बुबाले आगामी जन्मदिनको लागि भनेर दिनुभएको क्यामेरा ।