Friday, May 30, 2008

जिते हस्तिनापुरको राज हारे चपरी मुनीको बास

एउटा भनाइ प्रख्यात छ नेपालमा जिते हस्तिनापुरको राज हारे चपरी मुनीको बास । हो नेपाल नरेश ज्ञानेन्द्रको अहिलेको निर्वासन पनि यहि नै हो । कसैले मानोस नमानोस् सत्य तोडेर तोडिन्न । राजनीतिक दलको दास र कमैया नभइकन सोच्ने हो भने राजा ज्ञानेन्द्रको अहिलेको अवस्था त्यही नै हो ।

नेपालमा बढिरहेको माओवादी आतंकवादी क्रियाकलापलाई नियन्त्रण गर्न तत्कालीन संसदका दलहरु नाकामयाब हुनु अनि मुलुकको आर्थिक सामाजिक धरातल भत्कँदै जाँदा साधारण नेपालीको मनमा त क्यारुँ क्यारुँ भएको अवस्थामा राजा ज्ञानेन्द्रले एक दुस्साहशी कदम उठाउने बाटो रोजे नेपालको राजाको हैसियतमा । उनको इरादा सहि नै रहेको देखिन्छ । नेपालमा शान्ति ल्याउने र बढिरहेको भारतीय हस्तक्षेपलाई कम गराउँदै लाने ।

तर उनले चालेको कदमले सिधा भारतलाई टक्कर दियो जुन उनका बुबा महेन्द्रले दिएको टक्कर जस्तो । बाबु महेन्द्रले नेपालमा बसेका भारतीय सेना हटाए अनि नागरिकता दिने व्यवस्थामा पनि सुधार गरेर भारतीयलाई नेपाली नागरिकता नदिने व्यवस्था मिलाए त्यसले इन्दिरा गान्धिलाई बहुत चिढायो भने अहिले छोरा ज्ञानेन्द्रको पालामा बोआओ सम्मेलनमा नेपालको सहभागिता अनि र्सार्कमा चिनलाई भित्र्याउनुले सोनिया गान्धिको सरकारलाई धक्का लाग्यो त्यसैले भारतले नेपालका संसदिय दल र नेकपा माओवादीलाई १२ बुँदे दिल्ली सहमती गरायो अनि नेपालका विधिवत रुपमा गणतन्त्र स्थापना गराएर राजासँग आफ्नो पुरानो दुस्मनी पुरा गर्‍यो । यस बीचमा भएका सबै जसो राजनीतिक गतिविधि नाटकका खेल भए । बाहिर जनताका अगाडी ठूला कुरा गर्ने र भारतीय राजदूतावासमा गएर समाधान खोज्ने काम भए । मधेशी नेताहरु भारतकै निगाहमा पालिए पोसिए मात्र होइन उनीहरुका माग पनि राजदूतावास भित्रैबाट समाधान भएर आयो भने माओवादी अध्यक्ष प्रचण्ड पनि अनगिन्ती पटक भारतीय दूतावासका गोप्य मन्त्रणामा कानमा मन्त्र सुनेर आए ।
अन्तिम हिन्दू राजा
नेपालको अवस्था यो हो । गिरिजा प्रसाद कोइरालाको नेतृत्वको नेपाल सरकारले सोल्जर बोर्डको नाममा नेपालका थप १६ जील्लामा भारतीय सेनाको क्याम्प राख्न दिने निर्ण्रय गर्‍यो भने नेपालका थप ६ वटा नदीमा भारतलाई विषेशाधिकार दिइयो ।

राजा ज्ञानेन्द्रले नेपाललाई आमुल परिवर्तन गर्न सक्छु भन्ने दुश्साहश राखेर माघ १९ मा शासन सत्ता लिए । उनको मकसद प्रति भारत असन्तुष्ट अनि चिढिएको थियो र उनलाई हरसंभव उपायले पाखा लगायो र नेपालमा भारतीय पपेट गर्भमेन्टका रुपमा गिरिजा प्रसाद कोइरालालाई शासन सत्ता प्रदान गर्‍यो । यस बीच राजाको भूमिका भनेको सून्य नै रहृयो । न त उनी भारतको हितमा जान सक्थे न त उनले नेपालीको हित गर्न सक्ने वातवरण नै बन्यो । भारतले उनलाई आखिरमा निर्वासनमा पठायो ।

राजा ज्ञानेन्द्रले नेपालको राजाको हैसियतमा जे काम गरे त्यो एकाध गलत बाहेक भारत अनि अर्न्तराष्ट्रिय क्षेत्रमा गर्नु पर्ने नेपालको अडान राख्नुपर्ने सही काम नै गरे । एक राजाले आफ्नो मुलुकको अस्मिताको लागि गर्नुपर्ने काम राजा ज्ञानेन्द्रले गरे तर नेपालका राजनीतिक दललाई किनारा लगाउनु र प्रजातन्त्र माथिको हस्तक्षेप भने उनले गर्न नहुने काम गरे ।

उनले चालेको कदम र गतिविधिलाई मैले नेपालमा जिते हस्तिनापुरको राज हारे चपरी मुनीको बास को रुपमा लिएको छु । यदि उनी उनको मकसदमा कामयाब भएर नेपालमा शान्ति ल्याउन सकेको भए उनको यो हस्तिनापुर (नेपाल)मा राज्य हुन्थ्यो नेपाली पनि सम्पन्न हुन्थे होलान् तर उनलाई असफल पारियो उनी असफल भए त्यसैले चपरी मुनीको बासमा जानुपर्‍यो ।

जे भए पनि राजाले आफ्नै बुद्धिले काम गरे आफ्नै बुद्धिमा राजा भए ज्ञानेन्द्र अनि आफ्नै बुद्धिमा नागरिक पनि भए । गिरिजा तथा अन्य नेताजस्तो भारतको इशारामा नचलिकन स्वविवेकले निर्णय लिनु र त्यसको परिणाम स्वीकार्नुले राजा अरुको आँखामा नराम्रै बनेपनि उनकै विचार धारणा अनि आँखामा टसको मस पक्कै भएका छैनन् । गिरिजा प्रसाद जस्ता नेताहरु अन्तिम समय सम्म पनि आत्मिक आनन्दको महशुस गर्न सक्दैनन् किनकी तिनका हरेक गतिविधी आफ्नो मन ज्ञानबाट गरेका छैनन् । त्यस मानेमा राजा राजपाठ हारेर पनि सफल अनि सुखी खुसी रहनेछन् । उनलाई यस मानेमा मेरो बधाई छ । आफ्नै कन्ससले काम गर्न सक्नु र त्यसको परिणाम स्वीकार्नुले उनको स्थान पक्कै माथि बढेको छ । हिन्दू सम्राटलाई मेरो अविवादन...........

Thursday, May 29, 2008

आजको दिन

आज म पनि नारायणहिटी गएँ । भित्रै होइन अगाडी मात्र । रमाइलो थियो केटाहरु हल्ला गर्दै थिए कोही नारा लगाउँदै । उनीहरुको माग नारायणहिटीमा राष्ट्रिय झण्डा फहराउनुपर्ने माग थियो । त्यहाँ रहेको शाही झण्डा झिकिएको थियोभने नेपाली झण्डा हालिएको थिएन । भिडको माग चाहीँ सहि थिएन । शाही झण्डा हटाउनु भनेको त्यहाँ शाही परिवारको बसोबास छैन भन्ने हो भने नेपाली झण्डा राख्नु भनेको नेपालका कुनै विशिष्ठ अधिकारी त्यहाँ बस्छन् भन्ने हो । हिजै राजालाई अव त्रि्रो आवश्यकता भएन तिमी नभएपनि हामी मुलुक चलाउन सक्छौं भन्ने दलका कार्यकर्ताले हावामा आज के माग राखे भन्ने पनि थाहा पाउन सकेनन् । त्यो माग बिलकुलै गलत थियो । हो भिडको राजनीति र माग भनेको जहिले पनि गलत, गलत र गलत नै हुन्छ ।

आजका विभिन्न दृष्यहरु माइसन्सारबाट


असभ्य कुटनीतिज्ञ

संविधानसभाको पहिलो बैठकका लागि आमन्त्रित गरिएका विदेशी कुटनीतिज्ञ र्सार्वजनिक रुपमा चुम्बन गर्दै । नेपालमा यसरी सार्वजनिक रुपमा व्यवहार गर्नु राम्रो मानिन्न । जुन मुलुकलाई कार्यथलो बनाएका छन् त्यहाँकै संस्कृती नबुझ्ने यि कस्ता कुटनीतिज्ञ....
तस्वीर माइसन्सारबाट

अब के ?




संविधानसभाको पहिलो बैठकले जेठ १५ गते नेपालबाट राजतन्त्रको अन्त्य गरेको घोषणा गरेको छ । र्सवसाधारणहरु सोही दिन देखी खुसीयाली मनाउन थालेका छन् । सडकमा र्‍याली निस्केका छन् भने सरकारले ३ दिन सरकारी बिदा दिएको छ । तर राजतन्त्रको अन्त्यमात्र नेपालको काँचुलि फेर्ने परिवर्तन हुनेवाला छैन । भ्रष्ट राजनीतिज्ञ अनि विदेशी इशारामा निर्णय लिने सरकारी संयन्त्र साथै विदेशी लगानीका थिंक ट्यांकहरुलाई नहटाए सम्म नेपालमा आमुल परिवर्तन हुने अवस्था देखिन्न ।

अब हटाउनुपर्ने भनेको भ्रष्टहरुलाई हो । त्यसको सुरुवात कहिले देखी .......?

Saturday, May 24, 2008

ऐसेलु खानु भो ?


यो काठमाण्डौं बस्दा कुन सिजनमा के फलफुल पाउँछ पनि थाहा हुँदैन भन्या यसो आज शनिबार रमाइलो गर्न साँखु गएको अहिले त ऐसेलु खाने समय पो रहेछ भन्या ! झयाँङमा थोरै भएपनि टिपेर खाइयो है ।

ऐसेलु खाँदा मलाई बालकृष्ण समको ऐसेलुको रुखमा बसेर ऐसेलु खाएको भन्ने कुराले सारो हाँस्न मन लाग्छ । मैले त समलाई सम्झँदै ऐसेलु खाएँ तपाइँले नि ?

तास कतिको खेलिन्छ हो

मलाई त तास खेल्न आउँदैन तपाइँहरुलाई नि ? खेल्न नआएपनि खेलेका साथिहरुको फोटो यसरी खिचेर ब्लगमा राख्न चाहीँ आउँछ है ।

लुक्स




साँखुको बज्रयोगिनी मन्दिर परिसरमा रहेका बाँदरको फोटो खिच्दा उनीहरुको म प्रतिको हेर्राई ।

Saturday, May 17, 2008

छाए देवानन्द

नेपाली पुस्तक मेलामा पनि देवानन्द कै चर्चा ।

ख्वाई भन्दा हृवाई ठूलो


काठमाण्डौंमा यस साल पनि पुस्तक तथा शैक्षिक मेला सम्पन्न भयो ।

काक चेष्टा

Saturday, May 10, 2008

नग्न सभ्यता ?



Wednesday, May 7, 2008

तातोपानीको तातो व्यापार

झरनाको चिसो पानी