Wednesday, April 18, 2007

नेपालमा रेडियो कार्यक्रम Radio Program in Nepal





नेपालमा रेडियोको पृष्ठभूमि


सन् १८५५ मा आविस्कार भएको मानिएको रेडियो प्रविधिलाई प्रयोग गरि वेलायत तथा अमेरिकामा सन् १९२० बाट नियमित रेडियो प्रसारण गरियो भने नेपालमा त्यसको करिव २६ वर्षपछि सन् १९४६ मा आएर तत्कालिन विजुली अड्डाको क्याम्प भित्र -रत्नपार्कको पूर्व पट्टि ५ वाटको वाकिटाकी राखेर रेडियो प्रसारण सुरु गरियो । तर यो प्रसारण नियमित रुपले सुचारु हुन सकेन र सात आठ महिना प्रसारण भई सकेपछि बन्द भयो । हुन त केही लचक मानिएका राणा प्रधानमन्त्री देवसमशेरको पालामा बि.सं. २००४ मा आएर नेपाली र्सवसाधारणले लाइसेन्स लिएर घरमा रेडियो सेट राख्न पाएका थिए ।

बि.सं.२००७ को प्रजातान्त्रिक जनआन्दोलनका क्रममा विराटनगरको रघुपति जुटमिलबाट ४ ब्याण्डमा प्रजातन्त्र रेडियो भनेर रेडियोको प्रसारण गरियो तर केही महिनामा नै यो रेडियो पनि बन्द भयो । बि.सं.२००७ चैत्र २० देखी विधिवत रुपमा २५० वाटको शर्टवेभ ट्रान्समिटर प्रयोग गरि सिंहदरबारको दक्षिण तिरको स्कुल भवनबाट नियमित रुपमा रेडियो नेपालको प्रसारण गर्न थालियो । सुरुमा विहान, दिउँसो र बेलुकी १.३०-१.३० घण्टाको हिसाबले दैनिक ४.३० घण्टा रेडियो प्रसारण गर्न थालियो । २०२५ देखी खुमलटारबाट १०० किलोवाट शर्टवेभ र १० किलोवाट मिडियन वेभ ट्रान्समिटरबाट प्रसारण गर्न थालियो । रेडियो नेपाल मिडियन वेभको ७९२, ६४८, ११४३, ६८४, ५७६, ८१० र शर्टवेभको ४१ मिटर ब्याण्डमा ७१६५, ६० मिटर ब्याण्डमा ५००५ किलोहर्जमा प्रसारण हुन थाल्यो । रेडियो नेपालको प्रसारण अवधि पनि बि.सं.२०१७ मा ५ घण्टा, २०२५ देखी १२ घण्टा हुँदै २०५४ देखी आज सम्म करिब दैनिक १९ घण्टा रहेको छ ।



नेपालमा रेडियो प्रसारणको विकास



नेपालमा बि.सं.२००३ मा नै रेडियोको प्रसारण भएको भएतापनि २००७ देखी मात्र नियमित प्रसारण हुन थालेको हो । २०१९ सालमा अष्ट्रेलिया सरकारको सहयोगमा जाउलाखेलमा शर्टवेभ ट्रान्समिटर र अन्य उपकरण थप गरिएपछि शर्टवेभ बाट रेडियो नेपाल देश भरि नै सुन्न सकिने भयो । रेडियो नेपालको विकासमा २०२५ को वेलायत सरकारको सहयोग उल्लेखनिय रहेको छ । वेलायतको सहयोगमा खुमलटारमा ट्रान्समिटिङ्ग स्टेशन र सिंहदरबारमा छ वटा स्टुडियो भएको स्टुडयो भवनको स्थापना भएपछि प्रसारणको स्तरमा बृद्धि भयो । नेपालको रेडियो प्रसारणको इतिहासमा २०५४ सम्म रेडियो नेपाल मात्र एक्लो खेलाडी बन्यो । २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनले नेपालमा प्रजातन्त्रको पुनःस्थापना गरेपछि प्राप्त नेपाल अधिराज्यको संविधान २०४७ ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सुसूचित हुन पाउने हकलाई संरक्षण सर्म्बर्धन गर्न साथै प्रसारण प्रणालीको माध्यमबाट मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापलाई जनसमक्ष पुर्याई निर्वाध सूचना प्रवाह कायम गर्न श्री ५को सरकारले राष्ट्रिय संचार नीति २०४९ र राष्ट्रिय प्रसारण ऐन कार्यान्वयनमा ल्यायो । राष्ट्रिय संचार नीति २०४९ ले निर्देश गरे अनुरुप रेडियो नेपालले २०५० देखी क्षेत्रिय प्रसारण सुरु गर्यो । राष्ट्रिय संचार नीति २०४९ ले राष्ट्रिय हितलाई सर्वोपरि राख्दैसंवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता, राष्ट्रिय एकताको संरक्षण एवं सुदृढीकरण गर्ने कार्यमा सघाउ पुर्याउन संचार माध्यमहरुलाई क्रियाशिल तुल्याउने (१.४) उदेश्य अनुरुप प्रसारण सम्बन्धि नीतिमा 'प्रसारण ऐन' अर्न्तगत रही निजी क्षेत्रका संगठित संस्थालाई पनि निश्चित क्षेत्रमा फ्रिक्वेन्सी मोडुलेसन (एफ.एम.मा ८८ मेगाहर्ज देखी १०८ मेगाहर्ज सम्म) प्रसारण प्रणाली स्थापना गरी शिक्षाप्रद र मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्न दिने (दफा २.२.८ ग) व्यवस्था अनुसार २०५४ मा वातावरण पत्रकार समुहले रेडियो सगरमाथा एफ.एम.(१०२.४मेगाहर्ज) को स्वीकृती पाएर प्रसारण प्रारम्भ गर्यो । यस अघी नै एफ.एम.मार्फ रेडियो नेपालले एफ.एम.काठमाण्डौं (१०० मेगाहर्ज) सुरु गरिसकेकेा थियो । यसपछि क्रमशः हिट्स एफ.एम., मेट्रो एफ.एम., २०५५ मा कान्तिपुर एफ.एम.(९६.१ मेगाहर्ज), इमेज च्यानल के.ए.टि.एच.(९७.९), एच.बि.सी.एफ.एम.(९४मेगाहर्ज), अन्नपूर्ण एफ.एम.(९३.४), माछापुच्छ्रे एफ.एम.(९१ मेगाहर्ज), रेडियो मदनपोखरा, रेडियो पालुङ लगायतका नेपाल अधिराज्य भर ५० भन्दा बढि संस्थाले एफ.एम.रेडियो प्रसारण गर्ने अनुमती पाएका छन् । कान्तिपुरले पूर्वाञ्चल र मध्यमाञ्चल र इमेज च्यानल के.ए.टि.एच.ले पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलमा समेत प्रसारण गरिरहेका छन् । रेडियोकेा यहि विकास र संख्यालाई हेरेर हामी प्रजातन्त्र पुनःस्थापना पछिको समयावधिलाई नेपाली प्रसारण इतिकासकै स्वर्णयुग भन्न सकिन्छ । यस क्रममा आएका सामुदायिक रेडियोहरुले समाजको विकास र समुन्नतीमा जनसहभागिता बढाउने र मानिसहरुलाई समाजको बृहत्तर हितको लागि परिचालन गर्नमा ठूलो भूमिका निभाएका छन् ।
पाल्पाको मदनपोखरा गा.वि.स.ले स्थापना गरेको सामुदायिक रेडियो स्टेशन रेडियो मदनपोखरा दक्षिण एशियाकै पहिलो गाउँले रेडियो हो । नेपालको अन्य स्थानहरु भन्दा करिब दूई सय वर्षपछाडी रहेको भनिएको कर्णाली अञ्चलमा समेत कर्णाली एफ.एम.को स्थापना भएर सामुदायिक रुपमा सञ्चालन भई रहेको छ । यसरी अधिराज्य भर नै एफ.एम.हरुको स्थापना हुँदै गएको सर्न्दर्भमा कम्युनिकेसन कर्नरले राजधानी लगायत अधिराज्यका विभिन्न ११ वटा एफ.एम.लाई रेडियो कार्यक्रम तथा समाचार उपलब्ध गराउन सुरु गरेकेा छ । यसलाई रेडियो सामग्री सिन्डिकेटको रुपमा लिन सकिन्छ । यसरी नेपालमा रेडियोमा समाचार मुलक कार्यक्रमको उत्पादन गरि बिक्रि गर्ने समाचार सिन्डिकेटको समेत स्थापना भई सकेको छ । यसरी रेडियो प्रसारण भएको करिब ५८ वर्षमध्येको पनि पछिल्लो समय अर्थात् २०४७ पछिको दशकमा मुलुकले रेडियो प्रसारण तथा समग्रमा सञ्चार क्षेत्रमा नै निक्कै ठूलो छलाङ मारेको मान्नै पर्दछ । यसरी छोटो समयमा नै नेपालको प्रसारण क्षेत्र निक्कै विकसित र परिपक्व स्थितीमा आइपुगेकेा छ । रेडियो एवं सञ्चार माध्यमको विकास नै नेपालको विश्वसामु देखाउन लायक विषय हो । हाल नेपालमा अहिलेको स्थितीमा ५० भन्दा बढी रेडियोले प्रसारण स्वीकृती प्राप्त गरेका छन् भने तीन दर्जन रेडियो दैनिक कार्यक्रम प्रशारण गरिरहेका छन् ।




नेपालमा रेडियो कार्यक्रम





नेपालमा रेडियोको सुरुवात बि.सं.२००३ मा हुँदा रेडियोले धार्मिक भजनहरु प्रसारित गर्ने गरेको थियो भने ती सम्पूर्ण भजनहरु प्रत्यक्ष रुपमा गाइने गर्दथ्यो । नेपालको पहिलो रेडियो कार्यक्रम भनेकेा नै धार्मिक भजनको कार्यक्रम हो । केही समयमा आएर यो रेडियोको प्रसारण बन्द भयो । २००७ को जनआन्दोलनताका विराटनगरको रघुपति जुटमिलबाट ४ ब्याण्डमा रेडियोको प्रसारण गरियो ।६ जसलाई प्रजातन्त्र रेडियो भनिन्थ्यो । यो प्रजातन्त्र रेडियो हो, हामी मुक्ति संग्रामको मोर्चाबाट बोलिरहेका छौं भनेर यो रेडियोको प्रसारण सुरु गरिएको हो । यस रेडियोले प्रजातान्त्रिक विचार साथै आन्दोलनका गतिविधिहरु प्रसारण गर्ने गर्दथ्यो । नेपालमा रेडियोको प्रसारण सुरु भएको करिव पाँच दशक बढि भइसकेकेा छ । यस अवधिमा नेपालले रेडियो प्रसारणको दिशामा ठूलो छलाङ्ग मारिसकेको छ । एफ.एम. प्रणाली अर्न्तगत अधिराज्यव्यापी रुपले नीजि रेडियो स्टेशनहरुको आगमनले रेडियो नेपाल राष्ट्रिय रेडियो प्रसारणको रुपमामात्र रहेको छ । विश्वको इतिहास हेर्दा जुनसुकै राष्ट्रमा पनि प्रकासन र प्रसारण सुरु हुँदा धार्मिक र साहित्यिक सामग्रीबाट नै भएको छ । त्यस्तै नेपालमा पनि रेडियो प्रसारणको सुरुवात धार्मिक कार्यक्रमबाट भएको हो । सुरुमा जम्मा ४.३० घण्टा प्रसारण हुने रेडियो नेपालले भजन र कीर्तनमात्र प्रसारण गर्ने गर्दथ्यो भने पछि प्रसारण समय थपिंदै जाँदा साहित्यिक कार्यक्रमको सुरुवात पनि भयो । साहित्यिक कार्यक्रमका सीलसिलामा रेडियो नाटक र गीतहरु पनि रेडियो नेपालले उत्पादन तथा प्रसारण गर्न थाल्यो । प्रजातान्त्रिक समयमा यसले समाचार, विचार र विश्लेषणका कार्यक्रम पनि थप्दै आयो । समाचार र विचार बाहेकका कार्यक्रममा विभिन्न सांगितीक कार्यक्रम, रेडियो नाटक, कृषि कार्यक्रम, दुरशिक्षा रेडियो कार्यक्रम आदी रेडियो नेपालले प्रसारण गर्दै आईरहेको छ । बिस्तारै विकासको खुड्किलो चढ्दै आएको रेडियो नेपालका घटना र विचार, मानव अधिकार शिक्षा कार्यक्रम, बाल कार्यक्रम, दिनप्रतिदिन, चित्रमाला लगायतका कार्यक्रमहरु निक्कै स्तरिय र स्रोताद्वारा मन पर्राईएका छन् । अहिलेकेा स्थितीमा आएर नेपालमा तीन दर्जन बढि रेडियो स्टेशन रहेका छन् र ती रेडियो स्टेशनले करिब १९ घण्टा दिनहुँ प्रसारण गरिरहेका छन् । धेरै जसो रेडियोका कार्यक्रमहरु मनोरञ्जनात्मक रहेका छन् । करिब ७० प्रतिशत कार्यक्रमहरु मनोरञ्जनात्मक छन् भने करिब ३० प्रतिशत चेतनामुलक र सूचना मुलक छन् । २०४६ को आन्दोलनले पुनःस्थापना गरेको प्रजातान्त्रिक शासन व्यवस्थाले नेपाली रेडियो जगतमा ल्याएको परिर्वतन र विकासको मझेरीमा रेडियो कार्यक्रमले खेल्ने मौका पायो । साथै नयाँ आएका कम्युटर तथा अत्याधुनिक सूचना प्रविधिका कारण नेपाली रेडियो कार्यक्रमहरु स्तरियतालाई आत्मसाथ गर्न सफल भए । हालका दिनमा अधिराज्यभर करिब दुई सयको संख्यामा रेडियो कार्यक्रम प्रसारण भईरहेका छन् । सबै भन्दा मुल कुरो के हो भने रेडियोको कार्यक्रममा स्रोताको सहभागित निक्कै बढेर गएको छ । रेडियो कार्यक्रममा प्रजातान्त्रिकरण भएको छ । आजको दिनमा रेडियोले जे बजाउँछ त्यो स्रोताले मन पराउनु र सुन्नु पर्छ भन्ने छैन, रेडियो त्यो कार्यक्रम वा त्यो गीत प्रसारण गर्छ जुन स्रोता मनपराउँछन् । एफ.एम.हरुका कार्यक्रममा फोन मार्फ सहभागिता जनाउने स्रोताको सँख्या बढेर गएको छ । रेडियोका कार्यक्रमहरु निश्चित समुदाय वा समुहलाई लक्ष्य गरेर बनाउने कार्यको शुभारम्भ भएको छ । धार्मिक कार्यक्रमबाट विहानी सुरु गर्ने नेपाली रेडियोहरुको राम्रो पक्ष हो भने साँझमा कृषि, शिक्षा र बालकलाई लक्षित कार्यक्रम प्रसारण गर्नु समय सापेक्ष कार्य हो । मानव अधिकार शिक्षा कार्यक्रम, आजका कुरा, दुर शिक्षा रेडियो कार्यक्रम, कान्तिपुर डायरी, हेलो मिथिला, सुपर म्युजिक, कायाकैरन, नेपाल खबर, ढुकढुकी संगित, देउराली, अजम्बरी गीत संगित, चित्रमाला, हेलो पोखरा, कान्तिपुर मेट्रोमोनी केही रेडियो कार्यक्रमका उदाहरण हुन् । आजकल रेडयो कार्यक्रम दिन बिताउने बाटो मात्र होइन साथी रहोइन सहयोगी पनि भईसकेको छ । यसबाट मनका भावना पोख्न मात्र होईन विहेको कुरा पनि गर्न सकिन्छ कतिपयले त रेडियो कार्यक्रम मार्फ बेहुला बेहुली जुरेर बिहे समेत गरि सकेका छन् । रेडियो नेपाल, कान्तिपुर एफ.एम., इमेज च्यानल के.ए.टि.एच. लगायतका केही एफ.एम.ले ठूलो स्थानमा प्रसारण गरिरकेको भएपनि तीनले खासै स्थानिय कार्यक्रम उत्पादन गर्ने गरेका छैनन् । जसका कारण धेरै स्रोता केन्द्रमा उत्पादन हुने कार्यक्रममा नै चित्त बुझाउन बाध्य छन् । यसरी समग्रमा भन्दा रेडियो कार्यक्रम सुरुवातको दृष्टिले निक्कै पाको भए पनि प्रजातन्त्र पुनःस्थापना पछि विकास भएको हो र यहि छोटो अवधिमा यो निक्कै आधुनिक भई सकेको छ ।
नेपाली रेडियो कार्यक्रमहरुमा रेडियो नेपालका कार्यक्रम र अन्य गैरसरकारी रेडियो स्टेशनका कार्यक्रमहरु बीच ठूलो भिन्नता देख्न सकिन्छ । रेडियो नेपालका कार्यक्रमहरु त्यति सशक्त बन्नसकेका छैनन भने गैरसरकारी रेडियोका कार्यक्रमहरु धेरै स्रोताको सहभागिता हुने गरेतापनि स्तरिय बन्न सकेका छैनन् । मुख्यत नेपालमा रेडियो कार्यक्रम उत्पादन रेडियो म्यागेजिन, रेडियो फिचर, रेडियो नाटक र रेडियो डकुमेन्ट्री गरी चार ढाँचामा गरिन्छ ।


नेपाली रेडियो कार्यक्रमको वर्गीकरण



नेपालमा धेरै स्टेशनहरुले धेरै कार्यक्रमहरु प्रशारण गर्ने गरेतापनि तिनिहरुको नाम र नारा (Slogan) बाहेक प्रकृती समान नै रहेको छ । मुख्य गरेर रेडियो स्टेशनहरुले प्रसारण गर्ने कार्यक्रमहरुसूचनामूलक, शिक्षामूलक, मनोरञ्जनात्मक प्रकृतीका रहेका छन् ।

(क) सूचनामूलक कार्यक्रम (Informative programs)

(ख) शिक्षामूलक कार्यक्रम (Educational programs)

(ग) मनोरञ्जनात्मक कार्यक्रम (Entertaining program)


(क) सूचना तथा समाचार मूलक कार्यक्रम :


सूचना प्रवाह गर्नु मिडियाको प्राथमिक काम हो त्यसमा पनि रेडियो द्रुततर माध्यम हो । सूचना कुनै घटना, सरकारी निर्णय वस्तु, आविस्कार विशिष्ट व्यक्तिको विचार, जनसामान्यको अभिमत तथा मौसमको जानकारीसमसामयिक जानकारीक आदिका हुन सक्दछ । रेडियोबाट प्रसारण हुने समाचार बुलेटिन, समाचार-समीक्षा, समसामयिक गतिविधिमा आधारित कुराकानी, अन्तर्वार्ता, छलफल, रिपोर्टहरू सूचना तथा समाचार मूलक कार्यक्रमका उदाहरण हुन् । यस्त प्रकारका कार्यक्रमहरु बढि प्रभावकारी हुन्छन् । रेडियो नेपालको समाचार, घटना र विचार, कान्तिपुर एफ.एम.को कान्तिपुर डायरी, कम्युनिकेसन कर्नरले उत्पादन गरेको कायाकैरन तथा नेपाल दर्पण, सगरमाथा एफ.एम.को हालचाल, आजको कुरा आदी कार्यक्रमहरु सूचना तथा समाचार मुलक कार्यक्रममा पर्दछन् । साथै तरकारीको दर भाउको कार्यक्रमलाई सूचना मूलक मान्न सकिन्छ ।


यस्ता कार्यक्रमको निर्माणमा रेडियो स्टेशनहरुले जनसाधारणको आवश्यकता, रुची तथा समय-सान्दर्भिकतालाई ख्याल राखेको पाइन्छ । यस प्रकारका कार्यक्रमहरुबाट र्सवसाधारणले परिवर्तित विश्व बारे थाहा पाउँछन् ।



(ख) शिक्षामूलक कार्यक्रम :



रेडियोबाट जनसमुदायलाई उपयोगी सीप सिकाउने, आवश्यक र शिक्षाप्रद ज्ञान दिने कार्यक्रम प्रसारित भई रहेका छन् । यस्ता कार्यक्रमलाई शिक्षामूलक कार्यक्रम भनिन्छ । बालबालिका, युवा, शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, विज्ञान, प्रविधि, सीपमूलक विषय तथा क्षेत्रहरूसँग सम्बधित रहेका कार्यक्रमहरू बढी शिक्षामूलक रहेका हुन्छन् । धार्मिक, आध्यात्मिक तथा दलित, जनजाति र महिला जागरणसग सम्बन्धित धेरै रेडियोका कार्यक्रम पनि शिक्षामूलक रहेका छन् । त्यस बाहेक रेडियो प्रसारीत हुने सूचना, सन्देश र विज्ञापन बाट पनि स्रोतले ज्ञान र शिक्षा पाइरहेका छन् । जस्तै : "घर-आ“गन सफा राखौं", "दिसा-पिसाब शौचालयमा मात्र गरौं" जस्ता सन्देश शिक्षामूलक जानकारी हुन् । धेरै एफ.एम.का कार्यक्रमले अनौपचारिक कार्यक्रम सञ्चालन गरिरहेका छन् भने रेडियो नेपालले औपचारिक शिक्षा दिने कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । रेडियोका कतिपय कार्यक्रमले अनौपचारिक रूपमा शिक्षा प्रदान गरिराखेका हुन्छन् भने कतिपय कार्यक्रम औपचारिक रूपमै शिक्षा दिइरहेका छन् । रेडियोबाट प्रसार हुन धेरै कार्यक्रमले जीवनका कुनै न कुनै पक्षका बारेमा शिक्षा दिइरहेका हुन्छन् । कृषि कार्यक्रमले पनि कृषकलाई नयाँ बीउको प्रयोग, बालीमा लाग्ने विभिन्न रोग बाट बच्ने उपायहरु बारे जानकारी दिएर कृषकलाई शिक्षा नै दिएको पाइन्छ । गएको एस.एल.सी.मा ट्युसन पढ्न नपाएका तथा दृष्टिबिहिन विद्यार्थीहरुको सहयोगी शिक्षकको रुपमा एफ.एमबाट प्रसारण भएको कार्यक्रम प्रसारण भएको र धेरै विद्यार्थीहरु लाभान्वित भएको कुरा केही समय अगाडी मिडियामा आएबाट शिक्षामुलक कार्यक्रमको स्तर र स्थिती स्पष्ट हुन्छ । रेडियो नेपालबाट प्रसारण हुने 'दूरशिक्षा कार्यक्रम', 'भञ्ज्याङ चौतारी' आदिरेडियो कार्यक्रमहरु औपचारिक रूपमै शिक्षामूलक कार्यक्रम हुन् । साथै सबै एफ.एम.का बाल कार्यक्रमहरु पनि शिक्षा दिने खालका नै छन् ।


(ग) मनोरञ्जनात्मक कार्यक्रम :


मनोरञ्जनात्मक कार्यक्रम रेडियो तथा एफ.एम.प्रसारणको लोकप्रिय विधा हो । सरकारले सुरुमा एफ.एम.प्रसारणलाई इजाजत दिँदा नै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने भनेर नै दिएको थियो । रेडियो र एफ.एम.ले बढि समय र महत्व मनोरञ्जनात्मक कार्यक्रमलाई दिएको पाइन्छ । सामान्यतया रेडियोबाट प्रसार हुने स्रोतालाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रमहरु नै मनोरञ्जनात्मक कार्यक्रम हुन् । रेडियोमा बज्ने सांगीतिक कार्यक्रम, गीत, नाटक, खेलकुद सम्बन्धी कार्यक्रम, श्रोता सहभागिता, हास्य व्यङ्ग्यात्मक कार्यक्रमहरू स्रोतलाई मनोरञ्जन दिने उद्देश्यले प्रसारण गरिएका छन् । यस्ता कार्यक्रमबाट धेरै श्रोता आनन्दित र मख्ख परिरहेका देख्न सकिन्छ । टप टेन हिट्स्, संगी साथी, कल पोखरा, चित्रमाला, अजम्बरी गीत संगीत, दिनप्रतिदिन आदी मनोरञ्जनात्मक कार्यक्रम हुन् । मनोरञ्जनात्मक कार्यक्रमको प्रसारणमा हिट्स् एफ.एम.र इमेज च्यानल के.ए.टि.एच.एफ.एम.अगाडी रहेका छन् । मनोरञ्जनात्मक कार्यक्रमहरु दिने क्रममा धेरै रेडियो स्टेशनले अस्वस्थ मनोरञ्जन दिइरहेको पाइन्छ । कार्यक्रम सुनेर उत्साह र उर्जा थपिन्छ, अनि सकारात्मक बन्न सघाउ पुग्छ भने त्यस्तो मनोरञ्जनदिने कार्यक्रमलाई स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम भनिन्छ । रेडियो सगरमाथा, हिमचुली एफ.एम.का धेरे जसो कार्यक्रम स्वस्थ मनोरञ्जनात्मक रहेका छन् । रेडियोको कार्यक्रमबाट अपराधवृति, अनैतिक सोचाई र अनावश्यक तनाव बढ्छ, भने त्यस्तो कार्यक्रमलाई अस्वस्थ मनोरञ्जन भनिन्छ । स्टार एफ.एम., सिटी एफ.एम.लगायतका एफ.एम.का विभिन्न कार्यक्रमहरुमा स्रोता तथा फोन गर्ने (Callar) लाई उल्लु (Bakara) बनाउने गरिएको पाइन्छ यस्ता कार्यक्रम अस्वस्थ मनोरञ्जनात्मक कार्यक्रम हुन् । अचेल आएर मनोरञ्जनात्मक कार्यक्रमको लोकप्रियतालाई देखेर शिक्षा, सूचना आदलिाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरेर कार्यक्रम पनि निर्माण तथा प्रसारण गरिएको पाइन्छ । यसरी सन्देशलाई पनि मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दा त्यो कार्यक्रम तथा सन्देश अन्य भन्दा बढी प्रभावकारी भएको देखिएको छ ।



प्रभावकारीताको कसीमा नेपाली रेडियो कार्यक्रम



आमसञ्चारका अन्य माध्यमभन्दा रेडियोलाई बढि प्रभावकारी माध्यमको रुपमा लिइन्छ । असाक्षर तथा अनपढ मानिसले पनि यसबाट ज्ञान तथा सूचना पाउने भएकोले यो बढि प्रभावकारी माध्यम सावित भएको छ । नेपालको धेरै जनंख्या असाक्षर र निरपेक्ष गरिबीको रेखामुनी रहेको स्थितीमा यो माध्यम बढी प्रयोग हुने र प्रभावकारी रहेको देखिएको छ । रेडियो तथा यसका कार्यक्रमहरुको सफलता साथै प्रभावकारिता जाँच्ने माध्यमको रुपमा 'रेटिङ'(rating) लाई लिइन्छ । त्यसैले रेडियो स्टेशनमा आउने स्रोताका पत्र साथै स्रोता र्सर्वेक्षणबाट पाउने जवाफ(responce) आदीबाट कार्यक्रमको प्रभाव साथै त्यसले ल्याएको परिणाम, परिवर्तन थाहा पाउन सकिन्छ । बेला बेलामा रेडियो नेपालले आफ्नो स्रोता र्सर्वेक्ष्ण गरेर स्रोताको स्थिती एवं कुन कार्यक्रम बढी प्रचलित छ, मन पर्राईएको छ अध्ययन गर्दछ । कान्तिपुर एफ.एम.ले आफ्नो स्रोता करिब पचास लाख रहेको दाबी गरेको छ । यसबाट त्यस स्टेशनका कार्यक्रम कति प्रभावकारी रहेको रहेछ थाहा पाइन्छ । नेपालका करिब ५० रेडियो स्टेशनबाट दैनिक रुपमा प्रसारित भइरहेका कार्यक्रमहरुले कुनै न कुनै रुपमा मानिसहरुमा प्रभाव पारिरहेका छन् । विभिन्न एघार वटा एफ.एम.को सञ्जाल मार्फत कम्युनिकेसन कर्नरले तयार पारेको कार्यक्रम कायाकैरन ग्रामिण जनतामाझ लोकप्रिय रहेको छ । पत्रपत्रिका तथा टेलिभिजन लगायतका अन्य सञ्चार माध्यमको सुविधाबाट बञ्चित रहेका मानिसहरु बीचमा सस्तो र सजिलो माध्यम रेडियो बढि प्रयोग हुनेमा पर्दछ । नेपालमा हाल सम्म सबै स्टेशन तथा कार्यक्रमलाई समेट्ने गरेर कुनै पनि अनुसन्धान नभएकोले हामी आफैले अनुभव गरेर अन्दाज मात्र गर्न सक्छौं ।
कुनै एक दिन फूर्सत सँग बसेर कुनै पनि रेडियो स्टेशन सुन्ने वा (Tune) गर्ने हो भने कार्यक्रममा आएका स्रोताका फोन र विचारबाट त्यस कार्यक्रम कति प्रभावकारी रहेछ भनेर थाहा पाउन सकिन्छ । विभिन्न समयमा गरिने स्रोता र्सर्वेक्षणबाट प्राप्त हुने रेडियो कार्यक्रमको कतिको स्रोताका बीचमा लोकप्रिय रहेछ थाहा हुन्छ । त्यसैकेो आधारमा त्यस स्टेशनको कार्यक्रमले विज्ञापन पाउने हुनाले एक हदमा कार्यक्रम समयमा प्रशारण हुने विज्ञापनको चाप हेरेर र त्यस समयको विज्ञापन दर हेरेर कार्यक्रम कति प्रभाव राख्ने रहेछ थाहा पाउन सकिन्छ ।


रेडियो सुनेर मानिसको मानसिकतामा, आर्थिक हैसियतमा, विचारमा, जीवन शैलीम परिवर्तन आएको हामीले कर्णाली, मदन पोखरामा देख्न सक्छौं । रेडियोबाट आउने सूचना तथा विज्ञापनहरु अन्य कार्यक्रमका सन्देश र सामग्री भन्दा बढि प्रभावकारी रहेको त्यस प्रति समुदायको चासो र महत्व दिएको देखेर नै थाहा पाउन सकिन्छ । रेडियोका विभिन्न कार्यक्रममा फोन मार्फ सहभागि हुनेले कार्यक्रम प्रायोजक संस्थाका उत्पादन तथा सेवाका बारेमा गरेका गुनासो सुनेर त्यस्ता संस्थाले सेवा तथा उत्पादनमा सुधार ल्याएको पाइएको छ ।
रेडियो नेपालबाट प्रसारण हुने मानव अधिकार शिक्षा कार्यक्रम ले मावली काकाका माध्यमबाट जनसाधारणमा मानवअधिकार बारे चेतना भर्न सफल भएको हामी छरछिमेकमा आफ्नै आँखाले देखेका घटनाबाट थाहा पाउन सक्छौं । बालकार्यक्रममा बालकलाई आफ्ना अभिभावकको कुन व्यवहार मन पर्दैन भनेर सोधी बालकको जवाफ लिएर कार्यक्रममा प्रसारण गरे पछि अभिभावकको व्यवहारमा फरक परेको देखियो । रेडियो नेपालबाट शनिबार दिउँसो प्रसारण हुने राजधानीको खबर बाट राजधानीमा आएर बसोबास गर्नेले घरमा रेडियो सन्देश पठाउने हुनाले शनिबार उपत्यका बाहिरका धेरैले रेडियो नेपाल सुनिरहेका हुन्छन् । कम्युनिकेसन कर्नरले तयार पारेर अधिराज्यका विभिन्न ११ एफ.एम.ले प्रसारण गर्ने कायाकैरनले र्सवसाधारणमा निक्कै प्रभाव पारेको कास्की, तनहूँ, लमजुङ्ग, पर्वत, बाग्लुङ्ग आदी जिल्लाका मानिसहरुले एका विहानै रेडियो बटारेर यो कार्यक्रम सुन्ने गरेको बाट थाहा पाउन सकिन्छ । साथै उक्त कार्यक्रम सुनेर त्यहाँका मानिसहरुमा देशको राजनैतिक, सामाजिक पक्ष साथै आफ्नो हक हित बारेमा समेत जानकारी रहेको छ । त्यस्तै हिमाली जिल्ला सोलुखुम्बुको सोलु एफ.एम.का कार्यक्रमले त्यहाँका जनसमुदायले शिक्षा, चेतना, स्वास्थ्य सम्बन्धि जानकारी साथै कृषिकर्मका बारेमा समेत जान्ने अवसर साथै मातृभाषाको विकास गर्ने अवसर पाएका छन् । यसका कार्यक्रममा आएका ग्रामिण समस्याहरु को जानकारीले त्यस्ता समस्याको समाधानमा समुदायलाई अग्रसर बनाएको छ । सोलुका बासिन्दा आफ्नो समाजको विकास र आर्थिक अवस्थामा सुधार ल्याउनमा रेडियो सहयोगी बनेको छ । त्यस्तै मदनपोखरा पाल्पाको सामुदायिक रेडियो रेडियो मदनपोखरा का कार्यक्रमले त्यहाँका मानिसलाई आर्थिक, सामाजिक एवं वैचारिक रुपमा अगाडी बढाएको छ ।


रेडियोका धेरै कार्यक्रमहरु मध्ये केही सामुदायिक रेडियोका कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकेका छन् भने मनोरञ्जनलाई बढि महत्व दिएका विशेषत् काठमाण्डौंका रेडियोहरुका उरण्ठेउला कार्यक्रमले स्रोतामा नराम्रो प्रभाव पारेका छन् । उरण्ठेउला प्रेम प्रसंगका कुराहरुबाट साना उमेरका स्रोतामा तिनले नकारात्मक प्रभाव पारेका छन् । त्यसको उदाहरण काठमाण्डौंका स्कुले केटाकेटीले कक्षाका साथीहरुलाई लेखेको पत्र तथा व्यवहारले देखाउँछ । रेडियो नेपाल लगायत सामुदायिक एफ.एम.का कार्यक्रमहरु गाउँमा बढि र हिट्स् एफ.एम., स्टार एफ.एम. लगायतका रेडियोका कार्यक्रम शहरमा बढि प्रभावकारी देखिएका छन् । नेपाली धेरै रेडियो कार्यक्रमले स्रोतालाई नकारात्मक प्रभाव पारेका छन् भने निक्कै कमले मात्र सकारात्मक प्रभाव छोड्न सफल छन् । रेडियो तथा रेडियो कार्यक्रमको प्रभावकारिता कै कारण रेडियोको विकास तथा प्रशारण पछि नेपालका ग्रामिणस्तरका मानिसहरुको विचार र धारणामा परिवर्तन आएको छ । विधावा तथा एकल महिलालाई रातो कपडा लगाउन स्वीकृती दिने पछिल्लो सामाजिक मान्यताको प्रस्फुटन नेपाली समाजमा जुन तवरले भएको छ त्यसमा नेपाली मिडियाको ठूलो योगदान रहेको छ जसमा रेडियो पनि पर्दछ । रेडियोका कार्यक्रमहरुले सामाजिक परिवर्तनका दिशामा अगाडी बढ्न मानिसलाई सचेत गराएको हामी हाम्रो समाजमा पाउँछौं । यसको आधारमा रहेर नेपाली रेडियो कार्यक्रमलाई प्रभावकारी नै मान्न बाध्य हुनुपर्दछ ।



निष्कर्ष



नेपालमा रेडियोको सुरुवात भएको आधा दशक नाघिसकेको छ । नेपालमा रेडियोको विकास जुन गतिले भयो त्यही गतिले कार्यक्रममा सुधार परिमार्जन एवं विकास भएको पाइँदैन । अहिले करिब चार दर्जन रेडियोले एफ.एम.मार्फ प्रशारणको स्वीकृती पाइसकेका छन् भने तीन दर्जन जति त नियमित सञ्चालनमा रहेका छन् । समाचारमुलक प्रशारणमा करिब करिब समानता रहे पनि रेडियोले लिएको पक्ष तथा नीतिको आधारमा समाचारले दिन खोजेको मुल कुरामा फरक पाइन्छ । जस्तो की रेडियो नेपालले सदैव सरकारको गुण गान भजन अझ किर्तन गरिरहेको हुन्छ, सरकारको गलत कदमलाई पहिल्याएर त्यसलाई सत्य रुपमा प्रशारण गर्ने गर्दैन । समाचार तथा सूचनाहरु एक पक्षिय रुपले प्रशारण गर्ने भएका कारण कुनै एक स्टेशनको विस्वास गर्न सक्ने स्थिती रहेको छैन । भने गैरसरकारी एफ.एम.लाई बढि माओवादी तर्फलागेको भन्ने आरोप पनि लागेकेा छ । अन्य कार्यक्रमको हकमा कुरा गर्नु पर्दा रेडियो नेपालका कार्यक्रमहरु सभ्य र संयमित खालका छन् ।सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल केन्द्रिय प्रसारण भएकोले यसका कार्यक्रममा स्रोताको पहुँच कम र सहभागिता धेरै रहेको छ । सामुदायिक रेडियोका कार्यक्रमहरु समुदाय प्रति र्समपित छन् । तीनका कार्यक्रम स्तरिय रहेका छन् । अन्य व्यावसाहिक एफ.एम.ले व्यावसाय र विज्ञापनलाई मात्र ध्यान पुर्याउने भएकाले तीनका कार्यक्रमहरु बढि छाडा पाराका छन् भने केहि त अश्लिल समेत रहेका छन् । कार्यक्रममा बढि विदेशी गीताहरु अनावश्यक रुपमा बढि प्रसारण गरिएका छन् जसले गर्दा नेपाली संस्कृती, भाषा, गीत संगीत माथि नै नकारात्मक असर परिरहेको छ । सामुदायिक रेडियो स्टेशनहरुका कार्यक्रम भद्र, शिष्ट, सालिन र सभ्य रहेका छन्, भने तिनले समुदायमा चेतना र शिक्षा त दिएका छन् नै आर्थिक विकासमा पनि सहयोगी बनेका छन् । अधिकांश रेडियोका कार्यक्रम मनोरञ्जनात्मक छन् भने गीतको प्रसारणको अवधि पनि धेरै रहेको छ । युवाकालागी बनाइएका अधिकांश रेडियोका कार्यक्रममा केही कुराहरुलाई नेपाली सर्न्दर्भमा छाडा भन्नु पर्दछ । त्यस्तै कार्यक्रममा नेपाली भाषमा अंग्रेजी घुसाएर अर्थ नै नमिल्ने गरी बोलेको पनि पाइन्छ । नेपालीमा अंग्रेजी मिसाउने क्रममा Dedicateको सट्टा Delicate शब्दको प्रयोग गरिरहेको पाउन सकिन्छ । जसले सर्न्दर्भ नै नमिल्ने अर्थ दिन्छ । रेडियो स्टेशन पिच्छे कार्यक्रमहरु फरक फरक प्रकारका छन् साथै केही एफ.एम.का कार्यक्रम परिवारमा बसेर सुन्न पनि नसकिने खालका छन् । उस्तै खालका कार्यक्रम मात्र नाम फरक पारेर प्रसारण हुने गरेको छ । जसबाट मौलिक कार्यक्रम बनाउन रेडियो स्टेशनहरु चुकेका छन् । कार्यक्रम सञ्चालकमा हुनु पर्ने गुणको अभावका कारण पनि कार्यक्रमको स्तर बढ्न सकेको छैन । कार्यक्रम सञ्चालक नै स्रोताको आँखा भएकोले कार्यक्रममा उसले आफ्नो बोली रोक्न हुँदैन, हाँस्न एवं असान्दर्भिक गतिविधीको वर्णन तथा आफै जान्ने छु भन्ने रुपमा प्रस्तुत नहुनु पर्नेमा प्रस्तोताहरु त्यसरी प्रस्तुत भईरहेकोले पनि कार्यक्रम राम्रो बन्न सकेको छैन । नेपालमा रेडियो स्टेशन साथै तीनका कार्यक्रम पनि popular र quality गरी दुई प्रकारमा बाँढिएको पाउन सकिन्छ । Popularकार्यक्रमहरु धेरै स्रोतमाझ लोकप्रिय भए पनि स्तरिय छैनन् भने quality भएका कार्यक्रमहरु स्तरिय भएकै कारण स्रोता धेरै पाउन सकेका छैनन । सबै जसो रेडियो स्रोता कस्तो कार्यक्रम चाहन्छन् भन्ने भन्दा पनि कस्तो कार्यक्रमबाट धेरै विज्ञापन हात पार्न सकिन्छ भन्ने तर्फलागेको पाइन्छ । कार्यक्रमको सन्दर्भमा स्रोता र्सर्वेक्षण गर्ने र स्रोताको चाहना अनुसारको कार्यक्रम बनाउने गरेको नपाइनु दुखद कुरा हो । समग्रमा नेपालमा जति नै रेडियो स्टेशन र प्रसारण बढे पनि तीनमा प्रविधिको उच्च विकास भएपनि कार्यक्रमहरु भने प्रस्तुतीका दृष्टिले कमजोर रहेका छन् । कार्यक्रमहरुको स्तरमा संतुष्ट हुन नसके पनि कार्यक्रमहरु नेपाली बाहेक मगर, नेवार, मैथली लगायतका धेरै भाषाहरुमा बन्न थाल्नु र प्रसारण हुन थाल्नुलाई भने सुखद रुपमा लिनर्ुपर्दछ ।



सुझाव



नेपालको वर्तमानको द्वन्द्वको अवस्थामा रेडियोहरु निकै संवेदनशिल हुनु पर्दछ कार्यक्रम निर्माण तथा प्रशारणमा । कार्यक्रमलाई बढि स्रोतामुखी र कमै स्टेशन तथा विज्ञापनमुखी बनाउनु पर्दछ । स्रोताले मन पराएका कार्यक्रम त्यसै बढि विज्ञापन पाउन सफल हुन्छन् भन्ने कार्यक्रम निर्माता तथा सम्बन्धित स्टेशनले साथै विज्ञापन एजेन्सीले पनि बुझनु जरुरी छ । नेपालका रेडियो कार्यक्रमहरुले जनसाधारणमा यसले जति राम्रो प्रभाव छोड्नु पर्ने हो त्यती पार्न नसके पनि कार्यक्रम निर्माणको क्षेत्रमा संभावनाहरु अझै बढेर गएका छन् । हालका नेपालका रेडियो कार्यक्रमलाई राम्रो र प्रभावकारी गराउन निम्न कुराहरुमा ध्यान पुर्याउन जरुरी छ :-
१ स्रोताका भावना तथा चाहना समेट्नका लागि कार्यक्रमको निर्माण तथा प्रसारण गर्नु अगाडी स्रोता र्सर्वेक्षण गरेर अगाडी बढ्नु पर्ने ।

२ समाचार तथा विचार मुलक कार्यक्रमलाई सबैको बनाउन रोचक रुपमा प्रस्तुत गर्ने तर्फलाग्नु पर्ने ।

३ कार्यक्रममा प्रयुक्त भाषा राम्रो र कहिले त अर्थ न बर्थको हुन जानबाट रोक्न भाषिक प्रयोगमा बढि ध्यान पुर्याउनु पर्ने साथै सभ्य व्यवहारका साथ प्रस्तुत हुनु पर्ने ।

४ कार्यक्रम प्रस्तोतामा हुनु पर्ने गुणहरु धेरै स्टेशनका कार्यक्रम सञ्चालकमा नरहेकेाले साथै उनीहरुलाई प्रशिक्षण दिनुपर्ने साथै छलफल, गोष्ठि गरी अनुभव आदान प्रदान गर्नु पर्ने ।

५ कार्यक्रमहरु सामाजिक धरातलमा आधारित भएर बनाउनु पर्नेमा केहीले धरातल बिर्से जस्तो देखिन्छ । त्यसमा ध्यान दिएर कम्तिमा पनि घरपरिवारमा बसेर सुन्न सकिने कार्यक्रम बनाउनु पर्ने ।

६ भाषिक विभिधता भएको देश भएकोले कार्यक्रमहरु क्षेत्रिय भाषा एवं भाषिकामा निर्माण गर्ने क्रमलाई बढाउनु पर्ने ।

७ नेपाली कार्यक्रममा सकेसम्म नेपाली भाषामा नै बोल्ने बानीको विकास गर्नु पर्ने ।

८ गीत संगित सम्बधि कार्यक्रममा नेपाली गीत, संगीतलाई टेवा साथै चलचित्र सम्बन्धि कार्यक्रममा नेपाली चलचित्रलाई नै बढि प्राथमिकता दिनु पर्ने ।

९ आलोचनाको लागी आलोचना नगरेर स्वच्छ साथै लायक आलोचना गर्नु पर्ने ।

१० कार्यक्रमहरु सामाजिक परिवेस सुहाउँदो बनाउनु पर्ने ।

(मदन मणि अधिकारीद्वारा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रिय विभागमा प्रस्तुत कार्यपत्र)


***समाप्त***






Monday, April 16, 2007

नेपालमा विज्ञापनको श्रृङ्खला


-मदनमणि अधिकारी

कुनैपनि आमसञ्चारका माध्यम विज्ञापन विनाको कल्पना आजको दिनमा सायदै गर्न सकिएला । आज हामी निशुल्क रुपमा रेडियो तथा टेलिभिजनका प्रशारण हेर्न पाइरहेका छौं भने त केवल कार्यक्रमको बिचमा बजाइने विज्ञापनका कारण नत्र रेडियो तथा टेलिभिजनको सिग्नलको लागि पनि पैसा तिर्नुपर्दथ्यो । विज्ञापनकै कारण दैनिक पत्रिकाहरु तीन देखी पाँचरुपैंयामा १२ देखी १८ पेज पाउन सकिएको हो । नेपाली आमसञ्चार क्षेत्रमा विज्ञापनको अवधारणा सुरु भएको डेढ सय वर्षपुग्न लागिसकेको छ । वि.सं.१९१९ मा कृष्ण गिरीको पुस्तक मोक्षसिद्धि को जील्ला (कभर) मा छापिएको काठमाण्डौं ठहिँटीमा रहेको नेपाल मनोरञ्जन प्रेसबाट प्रकाशित एवं प्रकाशोन्मुख पुस्तकको सूचिलाई नेपालको पहिलो विज्ञापन मानिन्छ । त्यस्तै वि.सं.१९४५ मा हाँस्यमञ्जरी पुस्तकमा प्रकाशनमा आउन लागेको पत्रिका गोर्खा भारत जीवन र वि.सं. १९५६ मा नलोपाख्यानमा नेपाली भाषाको पहिलो पत्रिका भन्दै सुधा सागरको विज्ञापन गरेको पाइन्छ । यसरी पुस्तकको कभरमा प्रकाशन भएका तथा हुने पुस्तक एवं पत्र-पत्रिकाको विज्ञापनबाट नै नेपाली विज्ञापनले बामे र्सर्दै आएको हो । व्यावसाहिक विज्ञापन प्रकाशन हुनको लागि पहिलो विज्ञापन प्रकाशन भएपछि पनि लामो समय कुर्नुपर्‍यो । आज भन्दा ७९ वर्षअगाडीको गोर्खापत्रमा पेट्रोल पेट्रोल पेट्रोल श्री ३ महाराजको जय मनाई चोखो किफायती पेट्रोलको नयाँ दुकान खुल्यो भनेर काठमाण्डौं वटुका भेटनारायणको पसलको विज्ञापन नै पहिलो नेपाली व्यावसायिक विज्ञापन हो ।

जोन गुटेनवर्गको समय सम्म प्रेसको राम्रो विकास भएको थिएन उनले यताउता र्सार्न सकिने (मुभेवल) प्रेसको प्रविधि विकास गरे जसलाई पछ्याउँदै विलियम क्याक्सटनले सन् १४७३ मा गिर्जाघर बारेमा लेखिएको पुस्तकमा अंग्रेजी भाषामा पहिलो विज्ञापन छपाए । त्यस पछि सन् १६५२ मा कफिको, सन् १६५७ मा चकलेटको अनि १६५८ मा चियाको विज्ञापन गरिएको थियो । सन् १६१२ देखी १८५५ सम्म वेलायतमा स्ट्याम्प ट्याक्सका कारण पत्रपत्रिकाका गतिविधिमा गतिरोध र कमी आएको कारण वैज्ञापनिक क्रियाकलापमा कमि आयो । तर, जेम्स वाटको वाष्प शक्तिको आविस्कार र अमेरिकी सिभिल वार ९ऋष्खष् ध्िबच० ले विज्ञापनको विकासको गतिलाई बढाउन मदत गरे । सन् १८४० को दशकमा आएर अमेरिकामा पहिलो विज्ञापन एजेन्सीको रुपमा भोल्नी पल्मर ९ख्यलिभथ एबlmभच०नामक विज्ञापन एजेन्सीको स्थापना भयो भने त्यसको करिब एक सय उन्नाइस वर्षपछि नेपालमा लक्ष्मण उपाध्यायले २०१६ सालमा आएर नेपाल एड्भर्टाईजर्स नामक विज्ञापन एजेन्सी खोले । विज्ञापन क्षेत्रको विकासमा परेको समयको अन्तरका कारण पाश्चात्य जगतका विज्ञापन एजेन्सीले रिर्सच गरेर विज्ञापन गर्ने, विज्ञापन क्याम्पेनहरु सञ्चालन गर्ने कार्य गरिरहेको अवस्थामा नेपालको पहिलो विज्ञापन एजेन्सी खुलेको हो । जसले भोल्नी पल्मरको पालाको जस्तै ग्राहकले जस्तो ल्यायो त्यस्तै पत्रिकामा छपाउन दिने एजेन्टको कार्य गर्दै थियो । उपाध्यायको विज्ञापन एजेन्सी खोल्ने कदमलाई पच्छ्याउँदै पहिलो विज्ञापन एजेन्सी खुलेको करिब तिन वर्षपछि केशव लामिछानेले नेपाल प्रिन्टिङ एण्ड र्एर्डभटाइजिङ खोले । दुई-दुईवटा विज्ञापन एजेन्सीको स्थापना भइ विज्ञापन संकलन, वितरण र प्रकाशनको क्रम चलिसकेको अवस्थामा पनि नेपालमा यसबारेको प्राविधिक क्षमता र दक्षताको विकास भएको थिएन । प्रकाशित हुने विज्ञापनमा विज्ञापन दिने संस्थाको लोगो हाल्ने, अक्षर सानो ठूलो गराउने काम भने हुँदैनथ्यो त्यसैले त्यस्ता यावत कुराहरु मिलाउनको लागि पटना नै पुग्नु पर्दथ्यो ।

सरकारी स्वामित्वमा राणाकालिन समयमा वि.सं.१९५८ देखी प्रकाशनमा आएको गोर्खापत्रले पहिलो अंकमा नै विज्ञापनको दर प्रकाशन गरेपनि सरकारी तवरबाट पत्रपत्रिकाको सर्न्दर्भमा विज्ञापनको कुरा भने न्यायाधिश कृष्ण प्रसाद चापागाइँको अध्यक्षतामा गठन भएको प्रेश कमिशनले २०१५ जेठ ३१ मा सरकारलाई बुझाएको सुझावमा उठाइएको थियो । कमिशनले पत्रपत्रिकालाई सरकारी सचिवालय, विभाग र अड्डाहरुले विज्ञापन दिनुपर्ने औंल्यायो । त्यसपछि सरकारी अड्डा अदातल र संस्थानहरुले मुलुकबाट प्रकाशित हुने सबै खालका पत्रपत्रिकालाई बराबर रुपमा विज्ञापन दिन सुरु भयो । त्यतिवेला सम्मका पत्रिकामा नीजि क्षेत्रका भन्दा सरकारी संस्थान, अड्डा, अदालतका विज्ञापन नै बढि प्रकाशन हुन्थे ।

सरकारी स्वामित्वका संस्थान तथा व्यापारिक प्रतिष्ठानको विज्ञापनको कुरा गर्दा नेपाल बैंकका पुर्व डाइरेक्टर कमलमणि दीक्षितलाई विर्षनु हुँदैन । दीक्षितले सरल भाषाशब्द अनि चित्रबाटै निक्कै रचनात्मक विज्ञापन निर्माण गरेर प्रकाशनको लागि पठाउने गर्दथे । बैंकको ब्याज बढेर धरहरा भएको चित्र त्यस्तै केराको बोटको चित्र राखेर हामी केराको बोटमा आँप फलाइदिन्छौ......भन्ने नाराका साथमा प्रकाशित विज्ञापन त्यतिबेला निक्कै आकर्षण र चर्चाको कुरा बनेको थियो । उनले बैंकको सेवा र इमेज दुवै हाइलाइट हुने खालका विज्ञापनहरुको सृजना गरेका थिए । सुरुमा विज्ञापनको दरभाउ केही थिएन जसले जति दियो त्यति मै सन्तुष्ट । पछि गोर्खापत्रले विज्ञापनमा समावेश भएका शब्दको आधारमा पैसा लिन थाल्यो । नेपाल बैंकले राजारानीको शुभजन्मोत्सवमा डिस्प्ले विज्ञापन छपाउने प्रचलनको सुरुवात गरे पछि भने शब्दको आधारमा पैसा लिने गोर्खापत्रले प्रति कोलम इञ्जको दुई रुपैंया पचास पैसा डिस्प्ले विज्ञापन प्रकाशनको लिन थाल्यो । सात सालमा रेडियो नेपालको स्थापना भएपनि नेपालमा रेडियोमा ध्वनी सहितको विज्ञापन बजाउन र बनाउन भने २०२८ तिर मात्र थालियो । हिन्दी गीतको धुनमा तयार गरिएको विज्ञापन २०३० सालमा रेडियो नेपालले प्रशारण गर्नको लागि अस्वीकार गरेपछि मात्र नेपाली भाषामा रेडियो विज्ञापनहरु बन्न थाले । त्यस अघि भारतमा हिन्दीमा रेर्कर्ड गराइएका विज्ञापनहरु बजाइन्थ्यो भने सरकारी सूचनाहरु धेरै प्रत्यक्ष नै प्रशारण हुन्थे ।

२०४२ देखी नियमित प्रशारण सुरु गरेको नेपाल टेलिभिजनले सुरु सुरुमा पर्दामा शब्द देखिने गरि स्वर सुनाउने गरेको थियो भारतमा विज्ञापन बज्न र बन्न थालिसकेकोले छिट्टै नै नेपालीमा पनि श्रव्य दृश्य विज्ञापन आयो । गोर्खापत्र, केही साप्ताहिक प्रकाशन र रेडियो नेपालमा केन्द्रीत भएर विज्ञापनहरुको बजार बढ्दै गएको अवस्थामा नेपाल टेलिभिजनको आगमनले विज्ञापनको क्षेत्रलाई थप व्यापक बनाउन मद्दत गर्‍यो । २०४७ को प्रजातन्त्रको पुनःस्थापना पछि नेपालमा बढ्दै गएका विज्ञापन एजेन्सीहरुलाई समेट्दै नेपाल विज्ञापन एजेन्सी संघ (आन) को स्थापना भयो । जसले विज्ञापन क्षेत्रलाई व्यापक बनाउने साथै व्यावसाहिक आचारसंहिता बनाएर यस क्षेत्रलाई स्वच्छ राख्ने काम आजसम्म पनि गरिरहेको छ । २०४७ सालमा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाको पुनस्थापना सँगै सरकारले लिएको खुला बजार अर्थतन्त्र साथै विस्तार हुँदै गएको बजारले गर्दा विज्ञापन गर्नेको संख्यामा वृद्धि हुन थाल्यो । जसले गर्दा विज्ञापन पत्रपत्रिका, रेडियो, टेलिभिजनमा मात्र नभएर सडकमा होर्डिङबोर्ड होर्डिङबोर्डमा छताछुल्ल भयो र सरकारले होर्डिङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता समेत देख्यो । सरकारले सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालिन नीति २०५९ मा नियोन साइन, ग्लो साइन, होर्डिङ्ग र व्यानरहरुलाई उपर्युक्त आकार र स्थान तोकि र्सार्वजनिक जीवनमा प्रत्यक्ष असर नपर्ने गरि व्यवस्थित बनाउने र भित्ते पोष्टर र लेखन गरि विज्ञापन गर्ने कार्यलाई बन्द गर्ने नीति लिएको छ । तथापी धार्मिक, सांस्कृतिक सभ्यता देखाउने स्थलमा रहेका विज्ञापनका होर्डिङ अनि नियोन व्यवस्थित भएका छैनन् ।


घरै छेक्ने अनि सडक नै मिच्ने गरि राखिएका विज्ञापनका होर्डिङबाट काठमाण्डौं महानगरपालिकाले आर्थिक वर्ष२०६०/०६१ मा ३५ लाख र ०६१ /०६२ मा ८२ लाख आम्दानी गरेको छ । सडकको मोडमा, घरको छत, खाली ठाउँ यत्रतत्र छरिएका होर्डिङ्ग व्यवस्थित नहुँदा उपत्यका लगायत मुलुकका विभिन्न ठूला सहरहरुमा दिनानुदिन दृश्य प्रदुषण बढ्दै गएको छ । राजमार्गका मोडमा राखिएका होर्डिङ कतिपय अवस्थामा सडक दुर्घटनाको समेत कारण बन्न पुगेका छन् । राजधानीको होर्डिङ्ग व्यवस्थित गर्ने जिम्मा काठमाण्डौं महानगरपालिकाले पाएपनि राम्रो व्यवस्थापन गर्न सकिरहेको छैन भने मुलुकभरका होर्डिङको पनि व्यवस्थापन राम्रो गर्नुपर्ने अवस्था छ । विज्ञापन निर्माण गर्ने एजेन्सीको लागि कुनै कानुन र त्यसको लागि विभागको व्यवस्था नगरेको कारण समयसमयमा जाति, वर्ग, लिङ्ग विशेषलाई आघात पुग्ने खालका विज्ञापनहरुको समेत प्रकाशन र प्रशारण भइरहेको छ । वाषिर्क रुपमा २० देखी २५ प्रतिशतको दरले व्यावसायमा वृद्धि भइरहेको विज्ञापन क्षेत्रलाई समेट्ने गरि विज्ञापन प्राधिकरणको स्थापना हुनु आवश्यक भएको छ । सरकारले पत्रपत्रिकाहरुलाई दिने गरेको सरकारी विज्ञापन शासनमा रहनेको इच्छामा निर्भर रहने शाही शासनको समयमा स्पष्ट रुपमा देखियो विज्ञापनका व्यावसायिक मान्यता अनुसार नै सरकारी विज्ञापन समेत वितरण गर्ने व्यवस्था सहित विज्ञापन प्राधिकरणको स्थापना भएको खण्डमा नेपाली विज्ञापनले ठूलो फड्को मार्न सक्दछ ।

नेपाली विज्ञापनको अभ्यासको क्रममा विभिन्न समयमा विभिन्न विज्ञापनहरुले सामाजिक मर्यादा र वर्ग, लिङ्ग, जाति विशेषलाई आघात पुर्‍याएका केहि गुनासाहरुका बाबजुद डेढ सय वर्षो इतिहासले नेपाली विज्ञापन क्षेत्रलाई मजवुत बनाएको विज्ञापन व्यवसाय आज उद्योगको रुपमा स्थापित भइ सकेको छ । यस क्षेत्रको विकासले उत्पादक कम्पनी र विज्ञापन एजेन्सीमात्र मोटाएका छैनन्, सञ्चार माध्यमको सपोर्ट सिस्टम भएकोले यसको विकासले नेपाली मिडिया आत्मनिर्भर बन्ने अवस्थाको सृजना भएको छ । विज्ञापनले र्सवसाधारण उपभोक्तालाई सूचित मात्र गराएको छैन विभिन्न उपहार योजना मार्फ मालामाल बन्ने अवस्था सिर्जना गरेको छ । विज्ञापन बनाउँदा नेपाली मौलिक पक्षलाई ध्यान दिने र नेपालीमा स्वराङंकन भएका विदेशी विज्ञापनलाई पाखा लगाउँदै जाने हो भने नेपाली विज्ञापन क्षेत्रको भविष्य अझ सुन्दर बन्नेछ ।