Saturday, September 27, 2008

हृयाप्पी बर्थ डे टु मी

7
आज मेरो जन्मदिन । आजैबाट मैले कटुवाल डट कमलाई नियमित ब्लग बनाउने निर्णय गरेको छु । आज जन्मदिनको सानो तिनो पार्टी गरेको कारण थकानले केही लेख्ने मुड छैन भोलि देखि नियमित लेख्ने नीतिगत निर्णय गरेको छु ।

आजको दिन बहुत रमाइलो बित्यो । बुबाले विहान चार बजे नै फोन गरेर शुभकामना दिनुभएको थियो त्यसको दश मिनेट पछि नै मेरा हजुरबुबा र हजुरआमाको फोन आयो । भाईले हृयाप्पी बर्थ डे टु यू भन्दै मलेशियाबाट फोन गर्दा त बहुत आनन्द लाग्यो । मेसेजका टोनले पनि विहानभर धर दिएनन् । देश विदेशमा रहेका साथीहरुको फोन र मेसेज रिसिभ गर्दैमा दिन ढल्यो । साँझ चार बजे सानो पार्टी कलेजका साथी र अंकल, दाई अनि दिदीका साथमा । साँझ लोडसेडिङ दिन चैट ।

केही तस्विरहरु जन्मदिनका
1

5

Sunday, September 14, 2008

इन्द्रजात्राको बयान

नेपाल एकिकरणमा लागेका बडामहाराज पृथ्वीनारायण शाहले इन्द्रजात्राको दिनमा काठमाण्डौं माथि विजय प्राप्त गरेको इतिहास भएको देशका प्रधानमन्त्री प्रचण्ड इन्द्रजात्राकै समयमा भारत गएका छन् । के उनले पनि कुटनीतिक क्षेत्रमा सफलता पाउलान् त ?

raja aau

Friday, September 5, 2008

साँझको पशुपति र साझा चितामा जल्नेहरु








Wednesday, September 3, 2008

फूलको आँखामा फूलै संसार





बादलुको संसार









बादलको सन्दर्भलाई जोडेर धेरै गीतकारले गीत लेखेकाछन् त धेरैसंगीतकार र गायकले त्यसमा संगीत र स्वर दिएका छन् । चाहे बादलुको घुम्टोले इलाम बजार छोपोस् या बादलुको देशमा हराउन मनलागोस् ।

सानो छँदा म पनि आकाशमा बादलका विभिन्न आकार हेरेर रमाउने गर्दथें कतै बिरोलो जस्तो त कतै मान्छे जस्तो आकार बादलको । अनि हावा सँगै बादलको परिवर्तित गति ओह कति रमाइलो। बादलको रंग सँगै सानामा दंग परेको फ्यासब्याकमा पो पुगें म त !

Tuesday, September 2, 2008

हृयाप्पी तीज

पार्वतीको सिको
जिन्समा तीज
पतिको दिर्घायुका लागि आफ्नै आयु घटाउने ?

आमाको सिको
तीजको नचाइ