Monday, January 28, 2008

दिल्लीका बिल्ली ?




सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन अस्वीकार गरेकोमा बौद्धिक वृत्तमा सरकारको आलोचना भइरहेको समयमा नेपालको खलासी भनाउने लक्ष्मण सिंह खड्काले सिंहदरबार अगाडी टाँगेको ब्यानरमा राजनीतिक दलका नेताहरुलाई दिल्ली दरबारका पपेट भनिएको छ ।(तस्विर ठूलो पारेर हेर्नुस्) पटक पटक भारतीय दबाबमा विभिन्न राष्ट्रिय मुद्दामा निर्णय लिइरहने नेपालका राजनीतिक दल के साँच्चिकै भारतीय एजेन्ट हुन् त ?

Thursday, January 24, 2008

नराम्रो हल्ला !

Picture : ekantipur.com
नेपाल र नेपाल बाहिर पछिल्ला केही दिनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका बारेमा निक्कै नराम्रा हल्ला सुनिएका छन् ।

Wednesday, January 23, 2008

ग्याँसको धुवाँ !

सोमबार मध्यरातबाट लागु हुनेगरि नेपाल आयल निगमले खाना पकाउने ग्याँस, मट्टतिेल अनि डिजलमा गरेको मुल्यवृद्धिको विरोधमा मुलुकभर प्रदर्शन भए । विशेष गरेर राजधानी काठमाडौंमा मंगलबार र बुधबार सडकभर आगो बालेर सर्वधारणले विरोध जनाए । नजिकै रहेको स्ववियु निर्वाचनका कारण सत्तारुढ सातै दलका विद्यार्थी संगठनले विरोधको नेतृत्व गरेपछि सरकारले बुधबार नै मुल्य नबढाउन आयल निगमलाई निर्देशन दिएको छ ।

काठमाण्डौंमा भएका विरोध प्रदर्शनका तस्विरहरु :

Saturday, January 19, 2008

लापरवाही !



अत्यावश्यक सेवा प्रतिको लापरवाही । वसन्तपुरमा रहेको जुद्ध वारुणयन्त्र अगाडी वारुणयन्त्र निस्कने ढोका छेकेर राखिएका फुटपाथ पसल ।

झुकाइएका झण्डा . . .



वसन्तपुरमा बिक्रिमा राखिएका झण्डा यसरी झुकाउँदा झुकेको झण्डाले के सन्देश देला ?

पैसाकै बिक्रि




बिक्रिमा राखिएका पुराना नेपाली सिक्का ।

दुर्दशा . . .




साँखुको बज्रयोगिनी मन्दिर जाने बाटोमा रहेको गणेशको मन्दिरमा पिपल पलाएपछिको अवस्था ।

खै... खै...



भृकुटीमण्डपमा फोटोखिच्दै एक युवती ।

पौरखी यी हातहरु . . .



बुढानिलकण्ठमा मूर्ति कुँद्दै एक युवा ।

Sunday, January 13, 2008

राष्ट्रियता ? ? ?





नेपालको सिमानामा भारतले अतिक्रमण गरिरहेको समयमा राजधानीमा राष्ट्रिय एकता र स्वतन्त्रताका प्रतिमूर्ति मानिएका पृथ्वीनारायण शाहको जयन्तीमा लोकतान्त्रिक भनिएको सरकारले बिदा र र्सार्वजनिक रुपमा मनाउने कार्यक्रम नराख्नुले नेपालको स्वतन्त्रता समाप्त भएको संकेत त दिँदैन ?

पार्किङ्ग ?




हतारको परिणाम । कालिकास्थानमा पार्किङ्ग गर्न हतारमा ब्याक गर्दा पल्टिएको गाडी ।

Thursday, January 3, 2008

पहिलो पटक गैरपरिक्षार्थीका रुपमा परिक्षाहलमा

आज भोली मदन भण्डारी मेमोरियल कलेज रातोपुलमा त्रैमासिक परिक्षा चलिरहेको छ । पहिलो त्रैमासिक परिक्षा हो यो । यस परिक्षामा म गार्ड (परिक्षाहलमा रहने शिक्षक, ढोकामा बस्ने सुरक्षाकर्मी होइन नी ! )को रुपमा कोठा नं २५ मा आज बसेको थिएँ । मलाई यो अवसर अचानक नै जुरेको हो । हुन त म गत साल देखी नै मदन भण्डारीमा फोटोपत्रकारिता अध्यापन गराउँदै आएको छु तर पनि कुनै पनि परिक्षामा गार्डका रुपमा बसेको छैन । यस पटक पनि त्यसरी सहभागी हुने कुनै छेकछन्द थिएन । निर्मलसर (मदनभण्डारी कलेजका आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख/मेरा काका (अंकल)) को कार्यव्यस्तताका कारण उहाँको सट्टामा म जानै पर्ने वातावरण बनेकोले यसपटक पहिलो चोटी परिक्षाहलमा मेरो प्रवेश भयो । गैरपरिक्षार्थीका रुपमा । यो नै मेरो पहिलो दिन हो गैरपरिक्षार्थीका रुपमा परिक्षाहल भित्र बसेको । यस भन्दा अगाडी सँधै एक परिक्षार्थीका रुपमा म परिक्षाहल भित्र दाखिल भएको हुन्थेँ । आज पहिलो दिन परिक्षाहलमा विद्यार्थीका लागि पश्नपत्र अनि उत्तरपुस्तिका बाँढेको थिएँ ।

पहिलो पटक परिक्षहलमा परिक्षा सञ्चालनका हेतु गएको हुनाले मबाट कहीँ चुक हुन्छ कि भन्ने मलाई डर लागिरहेकेा थियो । कतै प्रश्नपत्र बाँढ्दा गल्ति त हुँदैन, ढिला पो हुन जान्छ कि अनि हाजिर हुने विद्यार्थीको सँख्या र उत्तरपुस्तिकाको संख्या मिलेन कम भयो भने वा कसैले हाजिर गर्न विर्स्यो भने जस्ता अनेकन कुराहरु मनमा खेलिरहेका थिए । कलेजको जनाउ घण्टि बज्नु अगावै म मेरो लागि तोकिएको कक्षामा पुगें । सो हल ४३ जना विद्यार्थीका लागि रहेछ बिएड तेस्रो वर्ष बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थी रहेछन् मेरो कोठामा । पहिलो पटक भएकाले केही नर्भस भएपनि खासै समस्या चाहिँ भएन । जसरी म परिक्षाहलमा एक परिक्षार्थीका रुपमा दाखिल हुँदा सरहरुले कपी, पुस्तक, झोल अगाडी राख्न लगाउनुहुन्थ्यो त्यसरी नै लगाएँ मैले पनि अनि सुरु भयो उत्तरपुस्तिका बाँढ्ने क्रम । उत्तर पुस्तिका बाँढेको केही समयपछि प्रश्नपत्र बाँढें अनि हाजिर गराउने काम भयो ।

म परिक्षा दिन जाँदा परिक्षा हलमा जस्तो कोलाहलको बातावरण तयार गर्दथे मेरा मित्रगण त्यसरी नै विद्यार्थीगण हल्ला गर्नमा लाग्दथ्यो अनि म हल्ला नगर भन्थें । परिक्षा बंक (अनुपस्थित हुने) गर्नेहरुको सँख्या पनि उत्तिकै थियो । परिक्षामा म बस्दा जसरी साथीहरु अगाडी पछाडी फर्केर गफ गर्थे त्यसरी नै गर्ने प्रयास हुन्थ्यो केही विद्यार्थीहरुबाट म हाम्रा लागि बस्नुभएका गार्डहरुले झैं उनीहरुलाई सम्झाउँथें । मदन भण्डारीका विद्यार्थी मेरो पालाका रत्नराज्यलक्ष्मी कलेजका भन्दा शान्त थिए सायद गैरसरकारी भएकाले पनि हुन सक्छ या कक्षामा शिक्षकले चिन्ने गरेर कम संख्यामा राखेर पढाउने भएकाले पनि हुन सक्छ । उनीहरुको हल्ला कम थियो र बिचमा मैले पूर्ण रुपमा हल्ला बन्द नै गराएँ । सबैको हाजिर लिइसकेपछि को ३ घण्टा मेरो कोठामा उभिएर नै बित्यो । घरि कपि थप्ने त घरि त्यसमा स्ट्याप्लर लगाउने काम । प्रश्न र उत्तरपुस्तिका बाँढेपछि खाली रहेको समयमा म विद्यार्थी अनि हाजिर हुनेको संख्या र अनुपस्थितको संख्या गन्नमा नै व्यस्त भएँ । म निक्कै र्सतर्क थिएँ की मबाट कुनै पनि खालको चुक नहोस् । पटक पटक कपी र विद्यार्थी गनें मैले गल्ति नहोस् भनेर मात्र होइन पहिलो पटक भएकाले आफै माथि विश्वास नभएर पनि हुन सक्छ सायद ।

तीन घण्टामा परिक्षा सकियो । सबै विद्यार्थीको उत्तरपुस्तिका दुरुस्त राखेँ मैले । डर मन मनै गल्ति हुन्छ की भन्ने भएपनि मेरो काम परिपक्व नै भयो । विना कुनै चुक । आजको परिक्षामा बीबीएसका एक विद्यार्थीले निक्कै लेखे उनले चार पटक कपी थपे । मूल कपि भर्न हम्मे हम्मे पर्नेको सँख्या पनि कम कहाँ थियो र ! १० बजे ७ बजे सुरु भएको परिक्षा समाप्त भयो । उत्तरपुस्तिका सहितको फाइल बुझाउनुपर्ने स्थानमा सम्बन्धित व्यक्तिको हातमा दिएर म घर तिर फर्कें । आफू परिक्षामा बस्दा हामी गार्डलाई कडा, छुच्चो भन्ने दृष्टिले हेथ्र्यौं । कतिले त गाली समेत गर्दथे । सरकारी क्याम्पसका विद्यार्थी राजनीतिक हावाले छोएका थर्काउँथे पनि । आज पहिलो पटक यसरी विद्यार्थीलाई पर्यवेक्षण गर्ने गरि परिक्षामा सहभागी भएपछि मलाई मैले परिक्षा हलमा परिक्षार्थीका रुपमा म अनि मेरा साथीले देखाउने व्यवहारलाई समिक्षा गर्दैछु । आजको परिक्षाहलको अनुभवले व्यक्तिगत रुपमा मलाई कन्फिडेन्स त मिलेको छ नै आफ्नो अनि सहपाठीका परिक्षाहलमा प्रदर्शित व्यवहारको समिक्षा गर्ने अवसर पनि ।