Friday, March 21, 2008

होली रे !

फागु पूणिर्माको अवसरमा आ-आफू मिलेर रंग र पानी छ्यापाछ्याप गर्दै मैतीदेवीमा रहेको एक घरका युवा । म पनि संलग्न थिएँ त्यहाँ । वास्तवमा मेरै घरमा हो है । बहुत मजा आयो यार आज पानीमा रुजेर रंग खेल्न । घरभरिका सबै सँग पानी र रंग हानाहान गर्दाको मजा त अवर्णनिय छ । खेलियो नि होली ... ?

हामी सब होलीमा पानी छ्यापेर रमाउँदै
मेरो आन्टी अनुहाभरी रंग दलेपछि
म पछि छु है बीचमा
मेरो अंकल आन्टी

सबैलाई हृयाप्पी होली है ..........

Monday, March 17, 2008

प्रजातन्त्रको माग कि विदेशीको चाल ?



अहिले तिब्बतमा बौद्ध भिक्षुहरु तिब्बतको स्वतन्त्रताको माग लिएर सडकमा उत्रिएका छन् । सयौंको संख्यामा हताहती भएको सुन्नमा आए पनि त्यसको विस्तृत विवरण र्सार्वजनिक हुन बाँकि नै छ । निवार्सित तिब्बती नेता दलाई लामाको आव्हानले तिब्बतमा झनै ठूला प्रदर्शनहुन सक्ने देखिएको छ । चिनमा विश्व खेलकुदको कुम्भ ओलम्पिक गेम हुन लागेको समयमा भएको यस्तो प्रदर्शनको पछाडी विभिन्न शक्तिराष्ट्रको संलग्नताको पनि चर्चा चल्ने गरेको छ ।

यी तस्विरहरु यहाँबाट लिइएको हो ।

Saturday, March 15, 2008

बिजोग !




वसन्तपुरमा रहेको शिवपार्वतीको मन्दिर जिर्ण बन्दा पनि कसैको ध्यान जान सकेको छैन । यस्तै मठ मन्दिर अनि परम्परागत जात्रा कै कारण नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन् सरकार र व्यापारी पैसा कमाउँछन् तर सम्पदा जोगाउने कसले ?

Saturday, March 1, 2008

बाईक !



तस्वीर मेरो विद्यार्थी मनोज केसीलाई खिच्न लगाएको हो

एउटा बाइक त्यो पनि सकर उठाएको अनि पछाडी गर्लफ्रेन्ड
राजधानीका युवा सपना हो । प्लस टु अनि ब्याचलरका युवाका ब्याचलर सपना । स्वयंभूमा मैले देखेको बाइकको नमुना ।

इन्द्रको हतियार !




स्वयंभूमा रहेको बज्र ।

पर्खाइ मौकाको !




बाटोमा हिंडिरहेका मानिसको हातबाट खानेकुरा खोस्न मौका कुरेर बसेको बाँदर ।

कवितालाई पैसा तिरियो यार !




गजलकार रुपक बनबासीको पद्यमकन्या कलेजमा भएको एकल गजल कार्यक्रम जहाँ सुन्नेले पैसा तिरेका थिए । पैसामा कविता, गित, गजल सुन्ने फेसन बनेको छ अहिले ।

नोट मोह !


केही समय अगाडी इन्टरनेट मार्फ फैल्याइएको तस्वीर हो यो । यसमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई राजाको स्थानमा राखिएको छ । अहिले शहरभर नेपालका प्रथम राष्ट्रपति क.प्रचण्ड भनेर भित्तेलेखन गरिएको समयमा यो फोटोको आफ्नै महत्व छैन र ? के माओवादीका अध्यक्ष नेपालका राष्ट्रपति बन्लान ? मुलुकमा साँच्चै गणतन्त्र आउला त ?