Saturday, December 29, 2007

मदन भण्डारी मेमोरियल कलेजमा ब्लग चर्चा

सच्च्याएको/थपेको

(पहिला पब्लिस भएको पोष्ट मैले मोबाइलबाट चर्चाको कार्यक्रम भइरहेको समयमा गरेको हुनाले केही नमिलेको जस्तो लागेकोले घरबाट सच्च्याउन लागि रहेको छु थप कुरा सहित ।)

मदन भण्डारी कलेजका विशेष गरेर बीए तेस्रो वर्षा विद्यार्थीहरु ब्लग (अहिले चिने जाने र मानेको अल्टरनेटिभ मिडिया) बारे निक्कै उत्सुक भएको मैले पाएँ । गत साताको शनिबार मैले अल्टरनेटिभ मिडियाको बारेमा सानो कुरा उठाउँदा उनीहरुले देखाएको उत्सुकता मलाई मन परेकोले मोबाइल ब्लगिङ्ग साथै सबैलाई एक एक ब्लग बनाउन मैले भनेको थिएँ जसलाई धेरैले फलो गरेका छन् । आज उनीहरुकै तत्परतामा ब्लग तथा वेब जर्नालिज्म बारे काठमाडौं पोष्टका उज्जवल आचार्य (नेपाली भ्वाइसका ब्लगर) सँग अर्न्तक्रियात्मक कार्यक्रम भएको थियो । जुन धेरै जसो ब्लग नै केन्द्रित भएकाले मैले त्यसलाई ब्लग चर्चाको शीर्षक दिएको हुँ ।

मोबाइल ब्लगिङ्ग मैले गरिरहेको हुनाले अघिल्लो पोष्ट त्यसैको प्रदर्शन मात्र हो । जुन मैले मदन भण्डारी कलेजमा नै प्रोजेक्टरमा विद्यार्थीहरु माझ प्रस्तुत गरेँ । यसबारेमा मैले यमबहादुर दूरा सर मोबाइल इन्टरनेटबारे निक्कै उत्सुक भएको मैले आज फिल गरें । त्यसो त मदन भण्डारीका अन्य सरहरुको प्रविधि प्रतिको चासो पनि तारिफ योग्य नै रहेको छ । विद्यार्थीहरुमा बलराम प्रजापती यसबारेमा निक्कै उत्सुक छन् उनले मसँग यसबारेमा जानकारी लिएर मोबाइलबाटै ब्लग पोष्ट पनि गरिसकेका छन् । उनलाई मोबाइल ब्लगिङ्ग गरेकोमा म बधाई पनि दिन चाहन्छु ।

आजको प्रिजेन्टेसन कार्यक्रममा अनलाइन माध्यमका बारेमा विद्यार्थीहरुको उत्सुकता मेरो लागि विशेष चासोको विषय बन्यो । मेरो आजको विहानी सबै ब्लग चर्चाकै कार्यक्रममा बित्यो आफ्नो रुचिको विषय भएका कारण यसमा रमाइलो लाग्ने नै भयो । अँग्रेजी भाषामा ब्लग लेख्न थालेको दश वर्षपुगेको छ र यति छोटो समयमा अँग्रजी भाषाले निक्कै धेरै ब्लगहरु पाएको छ । नेपाली भाषामा पनि ब्लग लेखनले व्यापकता पाउनु पर्दछ । हामी युवाहरु त्यस तर्फनै बढि अग्रसर हुनुपर्छ भन्ने मेरो धारणा छ । त्यसैले नेपालीमा ब्लग लेख्नु र लेख्न लगाउनमा नै म केन्द्रित भइरहेको छु । मदन भण्डारीका विद्यार्थीहरु नेपाली ब्लग लेखनमा अगाडी आउलान् र नेपाली ब्लगको क्षितिजलाई थप व्यापक बनाउलान् भन्ने मेरो आशा छ ।

अनलाइनको यो ब्लगमण्डलमा नेपाली स्थान बनाउनमा नै हामी केन्द्रित हुनुपर्दछ मेरो मनमा लागेको कुरा यत्ति मात्र हो । अनलाइनमा भर्चुअल नेपाल अब देबनागरीमा देखिनुपर्दछ । जसमा नयाँ साथिहरुको सहभागिता र आगमनक जरुरी छ ।


आज मदन भण्डारी कलेजका विद्यार्थीहरुले ब्लग बारे छलफल कार्यक्रम राखेका
छन् । जहाँ म सहभागि छु प्रिजेन्टेसन गर्नुभएको छ काठमाण्डौँ पोष्टका
उज्ज्वल आचर्यले । यो पोष्ट पनि कार्यक्रम स्थल बाटै गरेको छु ।

Tuesday, December 25, 2007

Friday, December 21, 2007

साना पर्यटक




अभिभावक सँगै नेपाल घुम्न आएका दुर्इ किशोरी वसन्तपुरमा सुस्ताउँदै । एउटीले फोटो खिचिरहँदा दोस्रीले किन मुख बिगारेकी होलिन् ?

डिजिटल मार




माथिको तस्विर इन्लार्जरको हो । यो फिल्म फोटोग्राफीमा फोटोप्रिन्ट गर्न प्रयोग गरिन्छ, जसले फोटोको आकार ठूलो पार्न मद्दत गर्दछ । यसको प्रयोगबाट अटो देखी लाइफ साइज सम्मको फोटो प्रिन्ट गर्न सकिन्छ । फोटोप्रविधिमा आएको डिजिटल प्रविधिका कारण डार्क रुम प्रविधि र यसमा प्रयोग हुने इन्लार्जरको प्रयोग घटेको छ ।

दुर्व्यसनीको स्वर्ग !




प्रहरी प्रशासनको लाचारी र असफलताका कारण काठमाडौं दुव्यसनीको स्वर्ग बन्न पुगेको छापाहरुमा आलोचना सुन्न पाइन्छ । यि सडक बालकको हातमा रहेको गम (डेन्ड्राइड)को पोकाले कतै त्यसैको संकेत त गर्दैन ?

मत होइन फोहर !



संविधानसभाको निर्वाचन प्रयोजनका लागि जापानले नयाँ पारदर्शी मतपेटिका दिएपछि सरकारले पुरानो मतपेटीका फोहर संकलनमा प्रयोग गर्न दिएको छ । तर सत्ता सञ्चालक सात राजनीतिक दलले पटक पटक संविधानसभाको निर्वाचन सारेकाले अन्यौल थपिँदै गएको समयमा वसन्तपुरमा फोहर संकलनका लागि राखिएको यो मतपेटीकाले अर्कै संदेश दिँदैन र ?

Sunday, December 16, 2007

कर्न्भरजेन्सको मजा !

अहिले म आफ्नो मोबाईलको कि प्याडमा नेपालीमा टाइप गरिरहेको छु , ब्लगमा
पब्लिस गर्न । मोबाइलमा रहेको इन्टरनेट ब्राउजर अनि मेरो मोबाइलको वाप
अनि के चाहियो ? वेब अपडेट होस् या ब्लग लेखन हातैमा । नेपालीमा लेख्ने
भए देवनागरी भएको सेट चाहियो त्यो पनि भारतमा बनेको भए समस्या छैन ।

अब ब्लगमा नेपालीमा लेख्न युनिकोड चाहिएन भारतमा बनेको मोबाइल सेट र
स्पाईस नेपालको मेरो मोबाइल अनि सुरू गरे हुन्छ ब्लगिङ । बिदेशमा प्रचलित
मोबाइल ब्लगिङ नेपालमा पनि सुरू गर्न सकिन्छ । टेलिकम र बैँकिङ सेवा
कन्भर्ज हुँदा एटिएमबाट प्रिपेड मोबाइल रिचार्ज गरे जस्तै मोबाइल र
इन्टरनेट एकै नेटवर्कबाट एऊटै सेटमा पाऊँदा सहज हुन्छ ।

आज म निक्कै खुशी भकोछु सुतिरहेको खाट बाटै मैले ब्लगमा लेख्न र अन्य वेब
हेर्न पाकोछु । नेपालमा इन्टरनेट हेर्ने कति होलान् अनिकति होलान्
मोबाइलमा हेर्ने ? तर म मोबाइलबाट ब्लग लेख्ने निक्कै कम सायद नेपाल
भित्र बाट पहिलोमा पर्छुकी ? थाहा छैन । प्रविधिको विकासले निम्त्याएको
एऊटैमा फरक फरक धेरै सुविधा पाउने अवस्था कन्भर्जेन्सले ल्याएको छ ।
त्यसैले मैले सिरक भित्रैबाट ब्लगमा लेख्न पाएको छु । यहि हो मिडिया
कन्भर्जेन्सको मजा अब अनलाइनका काम बाथरूममा बस्दा पनि गर्न सकिन्छ । हा
हा हा . . .



मदन/रातको दश बजे/आफ्नै विस्तारा/मैतिदेवी 9804108220

Monday, December 3, 2007

संविधान भन्दा माथि ...




संवैधानिक इतिहासमा नै पहिलो पटक क्रान्तिकारी संसदले संविधानै विपरीतको विशेष प्रस्ताव अन्तरिम संसदबाट पारित गरेको छ । त्यसैको कार्यान्वयनमा देखिएको समस्याका कारण मुलुकको राजनीति संकटबाट गुज्रिरहेको छ ।

पुतलीको पारा ...

नेताहरुले चुनाव गरेपनि के ? नगरे पनि के ? आ... हाम्रो हातमा केही छैन क्यारे ।

शाही कला ...




राणाकालमा वेलायतबाट नेपाल भित्र्याइएका युरोपेली कलात्मक मुर्ति सिंहदरबारमा ।