Saturday, October 18, 2008

नयाँ नेपालको नयाँ बिहे

मंसिर आउन अझै एक महिना बाँकी छ । वैदिक तरिकाले विवाह गर्ने हो भने । नत्र त आजकलको विवाहका लागि केहीले छेक्दैन केटा केटीको कुरा मिले पुग्छ । न साइत न त चिना नै जुराउनुपर्ने । त्यसैले त भन्नेहरुले बाटो राख्देका छन् मियाँ बीबी राजी तो क्या करेगा काजी ।

काजीले मात्र होइन दुई जनाको सहमती भएपछि कसैले केही गर्न सक्दैन हो विवाहको मामलामा । त्यसमा पनि नयाँ नेपाल नयाँ थालनी गर्ने समय छ । नेपाल नै नयाँ भएपछि अब जिवनशैली र पद्दती पनि त नयाँ हुनुपर्‍यो नभए बनाउनु पर्‍यो चलन हैन ! त्यस्तै नयाँ विवाह पद्दतीको सुरुवात गरेका छन् दमकका एक जोडिले ।

Tuesday, October 14, 2008

पुतलीलाई पच्छ्याउँदा

विजया दशमी नेपालीहरुको महान र राष्ट्रिय पर्व । लामो बिदा अनि पारिवारिक जमघट । यही लामो बिदा र भरखरै प्राप्त भएको नयाँ क्यामेराको सदुपयोग गर्न म पनि हिंडे फोटो खिच्न ।
putali


पंक्षिको तस्विर खिच्न हिंडेको म उडेपछि एउटा डाँडाबाट अर्कोमा पुग्ने चरा भन्दा पनि फुर्र फुर्र गर्ने पुतलीको पो पछि पछि लागें त । यि नै हुन मेरा पुतली .........
putali1


putali2


putali3
putali4