Wednesday, November 12, 2008

ओ कामरेड अझै चोरीको गाडी नछोड्ने ?

img
विद्रोह कालमा माओवादीले जनताका मात्र होइन सरकारी संस्थानका समेत सवारी साधन जबरजस्ती कब्जा गरे । त्यतिमात्र कहाँ हो र ? भारतबाट चोरीका गाडी समेत भित्र्याएर आफ्नै जनसत्ताको नाममा चलाए । तर शान्ति सम्झौता पछि अनि आफैं पनि सरकारमा गएपछि पनि त्यस्ता चोरीका गाडी फर्काउनु पर्दैन त ?


img (4)
यो माथिको तस्वीरको गाडी कसको हो चाहीँ मलाई ठ्याक्कै थाहा भएन । सिंहदरबारमा रहेको माओवादी संविधानसभाको दलको कार्यालयमा पार्किङ गरिएको थियो । सरकार र माओवादी बीच गत वर्ष नै एक वर्षका लागि माओवादीले चलाएका चोरीका त्यस्ता गाडी चलाउन पाउने र त्यसपछि तिनलाई सरकारलाई हस्तान्तरण गर्नुपर्ने सहमती भएको थियो । त्यसैको आधारमा सरकारले अरुको भन्दा भिन्नै नम्बरप्लेटको व्यवस्था पनि गरिदिएको थियो । तर आज सम्म पनि माओवादी नेता चोरी तथा लुटेको गाडीमा पंहेलो प्लेट राखेर चलाइरहेका छन् । त्यतिमात्र कहाँ हो र ? सरकारी र नीजि नम्बर प्लेट हाल्ने पनि कम छैनन् । हैन ओ कमरेड चोरीका गाडी फिर्ता नगर्ने ?

Wednesday, November 5, 2008

के नेपाल सतीले सरापेको देश नै हो त ?

सानो देखी मैले सुन्दै आएको छु । नेपाल सतीले सरापेको देश हो रे । सराप पनि खतरा नै रहेछ । नेपालमा राम्रो गर्नेको कहिल्यै भलो नहोस् । त्यसरी सरापेको समय देखी सतीको सरापका कारण नेपालमा राम्रो गर्न खोज्नेको कहिल्यै भलो भएको छैन रे ।

रुख पनि सिधा भयो भने पहिले काटिन्छ रे अनि मान्छे असल भयो भने छिटो मासिन्छ रे ! सुनेको हो सानामा । नेपालमा पनि भएको छ त्यही नै । राजा वीरेन्द्रको सारा वंश नै उनी असल भएका कारण खतम भयो । मदन भण्डारीलाई सडक दुर्घटनामा पारियो । वीपीलाई पनि बाँकी राखिएन । नेपालको शिर उच्च राख्न भारतसँग नझुकेकै कारण महेन्द्रले आत्महत्या गर्नुपर्‍यो ।

भिमसेन थापा, अमरसिंह थापाले देशको लागि भलो सोच्दा आत्महत्या गर्नुपर्‍यो । यस्ता सयौं उदाहरण छन् इतिहासमा । जसले भलो गर्‍यो कि मर्‍यो ।



पृथ्वीनारायण शाह श्री ५ बडामहाराजाधिराज, जसले आफ्नो सम्पूर्ण युवाकाल रणमैदानमा बिताएर सुन्दर, शान्त अनि विशाल नेपाल सृजना गर्‍यो उनैका सालिक चोकमा तोडिएको अवस्थामा छ । आज नेपाललाई भारतीय शासकका सामु झुकाउन तल्लिन चाकरहरुको सम्मान भइरहेको छ । तथानाम राष्ट्रिय स्रोत साधन भारतीय शासन समक्ष बुझाउने अनि राष्ट्रघाती सन्धी गर्नेहरु, नदी सँगै राष्ट्रिय स्वाभिमान बेच्नेहरु ठूला भएका छन् । सम्मानित भएका छन् ।

राजतन्त्र अनि गणतन्त्रको नाममा नेपालको इतिहास मेट्ने अनि नेपाली पहिचान खतम गर्ने खेल सुरु भएको छ । सत्ता टिकाउन भारतीय आशिर्बादका लागि राष्ट्रघात गरिएको छ । ऐतिहासिक व्यत्तित्वका नाम अनि शालिक भञ्जन गर्नेहरु बढेका छन् ।
तर इतिहासमा काला काम गर्नेहरुको राज चलेको छ । नरसंहार मच्चाएरै राणाहरुले १०४ वर्षशासन गरे । त्यस्तै नरसंहार चलाएर अहिले माओवादी पनि सरकारमा आसिन भएका छन् ।

आज माओवादीको त्यही सरकारले राजाका नाममा भएको भन्दै विभिन्न तीन नगरपालिकाको नाम परिवर्तन गरेको छ । जसअनुसार
गोरखाको पृथ्वीनारायण नगरपालिका - गोरखा नगरपालिका हुनेछ, दाङको त्रिभुवन नगरपालिका - घोराही नगरपालिकामहेन्द्रनगर नगरपालिका - भीमदत्त नगरपालिका
हुनेछ ।

आफ्नो सिद्धान्त विपरितका व्यक्तिका सबै अवशेष र इतिहास मेटाउन खोज्ने माओवादीको नियतका साथ इतिहासमा राज गरेका नेपाली राजाका नाममा राखिएका सबै स्थानका नाम परिर्वतन गर्ने काम भएका छन् । विगतमा भावावेशमा आएर नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक मुल धार सम्हालेको भन्ने पार्टी पनि यस्तै अतिवादी निर्णय गरेको थियो । यो सरासर अतिवादी निर्णय हो माओवादी सरकारको । आफूलाई साथ अनि मत नदिनेको ज्यानै लिनेहरुले नाम फेर्नु ठूलो र अचम्म लाग्दो कुरा चाहीँ होइन । तर यसले नेपालमा बढिरहेको अतिवादी सोचलाई देखाउँछ । मुलधारका दल नै अतिवादमा लागे भने यही रुपमा अगाडी बढे भने नेपाल अफगानिस्तान बन्न बेर लाग्दैन । अतिवाद नै त्यो गोरेटो हो जुन आतंकवादमा गएर टुंगिन्छ ।

के नेपाल साँच्चिकै सतीले सरापेको मुलुक हो ? के यहाँ राम्रो सोच्ने अनि गर्नेको कहिल्यै भलो हुँदैन ? अनि मृत्युपछि पनि हुँदैन त ?

छठको रानीपोखरी

Ranipokhari @ Chhadh 2065.07.19 031
संसदिय प्रजातन्त्र भएको संवैधानिक राजतन्त्रात्मक हिन्दू अधिराज्यमा वर्षो एकपटक मात्र छिर्न पाइन्थ्यो रानीपोखरीमा । अरु बेलामा बाहिरबाट हेरेरै मन बुझाउनुपर्ने ।काठमाण्डौं महानगरपालिकाको नाफाखोरीका कारण महोत्सव गर्दा पैसा तिरेर भित्र छिरे हो नत्र त उही भाईटिका कुर्नुपर्‍थ्यो । पछि पुनस्थापित संसदबाट बनेका सरकारले छठका लागि पनि मन्दिर बाहेक रानीपोखरी परिसर खुला गर्ने गरेपछि वर्षो दुई दिन भित्र छिर्न पाउने त अधिकार नै भयो । आफू भाईटिकामा छिर्न नजाने अघिल्ला छठमा पनि नगएको आज साँझ छिरें रानीपोखरी । अनि खिचियो फोटोहरु खच्याक खच्याक । शिवमन्दिर र रानीपोखरी एंगल एंगलबाट खिचियो नि हेर्नुस् न ।