Wednesday, November 12, 2008

ओ कामरेड अझै चोरीको गाडी नछोड्ने ?

img
विद्रोह कालमा माओवादीले जनताका मात्र होइन सरकारी संस्थानका समेत सवारी साधन जबरजस्ती कब्जा गरे । त्यतिमात्र कहाँ हो र ? भारतबाट चोरीका गाडी समेत भित्र्याएर आफ्नै जनसत्ताको नाममा चलाए । तर शान्ति सम्झौता पछि अनि आफैं पनि सरकारमा गएपछि पनि त्यस्ता चोरीका गाडी फर्काउनु पर्दैन त ?


img (4)
यो माथिको तस्वीरको गाडी कसको हो चाहीँ मलाई ठ्याक्कै थाहा भएन । सिंहदरबारमा रहेको माओवादी संविधानसभाको दलको कार्यालयमा पार्किङ गरिएको थियो । सरकार र माओवादी बीच गत वर्ष नै एक वर्षका लागि माओवादीले चलाएका चोरीका त्यस्ता गाडी चलाउन पाउने र त्यसपछि तिनलाई सरकारलाई हस्तान्तरण गर्नुपर्ने सहमती भएको थियो । त्यसैको आधारमा सरकारले अरुको भन्दा भिन्नै नम्बरप्लेटको व्यवस्था पनि गरिदिएको थियो । तर आज सम्म पनि माओवादी नेता चोरी तथा लुटेको गाडीमा पंहेलो प्लेट राखेर चलाइरहेका छन् । त्यतिमात्र कहाँ हो र ? सरकारी र नीजि नम्बर प्लेट हाल्ने पनि कम छैनन् । हैन ओ कमरेड चोरीका गाडी फिर्ता नगर्ने ?

1 टिप्पणियाँ:

Madan said...

साँच्चे पछी के भयो यि गाडीहरू?