Monday, December 3, 2007

संविधान भन्दा माथि ...




संवैधानिक इतिहासमा नै पहिलो पटक क्रान्तिकारी संसदले संविधानै विपरीतको विशेष प्रस्ताव अन्तरिम संसदबाट पारित गरेको छ । त्यसैको कार्यान्वयनमा देखिएको समस्याका कारण मुलुकको राजनीति संकटबाट गुज्रिरहेको छ ।

पुतलीको पारा ...

नेताहरुले चुनाव गरेपनि के ? नगरे पनि के ? आ... हाम्रो हातमा केही छैन क्यारे ।

शाही कला ...




राणाकालमा वेलायतबाट नेपाल भित्र्याइएका युरोपेली कलात्मक मुर्ति सिंहदरबारमा ।

Thursday, November 15, 2007

पूर्वको सिमाना ....

कच्ची यात्रा ........




छतभरी यात्रुहरु बोकेर बेसीशहर जाँदै गरको बस ।

निहारेर हेर .........



बेसीशहरको यात्रामा देखिएको हिमाल ।

हराउँदै......



केही वर्षअगाडी जहाँतहीँ देखिने खजुरो आजकल कमै देखिन थालेका छन् ।

Monday, October 29, 2007

सा..........हुनी !



मलेखुमा माछा बेच्न बसेकी सानी साहुनी ।

बलीको विरोध !





तस्वीरमा हेर्नुहोस् । कति विभत्स छ बली । कसैको ज्यान लिने काम पक्कै पनि राम्रो होइन । तर पनि मासुको लागि हामीले शताब्दीऔं देखी यसरी नै जीव हत्या गरिरहेका छौं ।



यस पटको दशैंमा बली प्रथा बारे राष्ट्रिय दैनिकहरुमा निक्कै चर्चा भए । बलीको विरोधमा पनि निक्कै लेख तथा प्रतिक्रियाहरु आए । बली प्रथा राम्रो/नराम्रो भन्नेमा निक्कै विवाद भयो । हिन्दूहरुको चाडमा हुने बली बारेको विवादमा हिन्दूहरु सहभागि हुनु र आफ्नो धर्म तथा परम्परामा भएका राम्रा/नराम्रा पक्ष बारे छलफल हुनु राम्रो हो । परम्पराका नाममा मानिँदै आएका प्रथाहरुलाई सच्च्याउनको लागि यस्ता विषयमा बहस हुनु जरुरी समेत छ । विगतमा चलेका सती, नरबली जस्ता प्रथाहरु हटिसकेको समयमा बली प्रथा बारे पनि त्यस्तै निर्णय लिने अवस्था अहिले आएको हो कि होइन ? समस्त नेपाली हिन्दूहरुले विचार गर्नु आवश्यक भएको छ । हिन्दूशास्त्रमा विशेष दखल भएकाहरुले अब बलीको बारेमा शास्त्रिय मत र्सार्वजनिक गर्नुपर्दछ । यदि यो शास्त्र अनुकुल होइन भने यस्ता प्रथालाई तत्कालै रोक्नु पर्दछ ।


अहिले पत्रपत्रिकाहरुमा बलीको जुन विरोध गरिएको छ त्यो कम्युनिष्ट र क्रिश्चियन प्रायोजित रहेको देखिन्छ । चर्चको पैसामा राइँदाइँ गरेका एनजीओ तथा आइएनजीओ र आर्थिक लाभको प्रलोभनमा क्रिश्चियन बनेका केही नेपालीहरु यसमा लागेका छन् । अधिराज्यका विभिन्न मन्दिरहरुमा महाअष्टमी तथा नवमीका दिनमा माओवादी वाइसीएल र पैसा र अमेरिका जाने लोभमा क्रिश्चियन बनेकाहरुले बली दिन जानेहरुलाई छेक थुन गरेको साथै हिंस्रक आक्रमण समेत गरेको समाचार आएका छन् ।

Thursday, October 18, 2007

विजया दशमीको हार्दिक मंगलमय शुभ-कामना ! ! !


आयुर्द्रोणसुते, श्रियो दशरथे, शत्रुक्षयं राघवे,

ऐर्श्वर्यं नहुषे, गतीश्च पवने, मानञ्च दुर्योधने ।
शान्तनवे, बलं हलधरे, सत्यञ्च कुन्तीसुते,
विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे । ।

दशैं आयो खाउँला पिउँला ...




दशैं आयो खाउँला पिउँला ...
कहाँ पाउँला...
चोरी ल्याउँला ...
चोर्न भन्दा धत्त पापी छुट्टै बसौंला ...




सानोमा दशैंको पिङ्गमा मच्चिँदा यस्तै गीत गाउँथ्यौं हामी । हजुरबुबाले भनेको कथालाई मुल आशय बनाएर हामीले यस्ता गीत रमाइलोको लागि गाउने गर्दथ्यौं । यस गीत सँग जोडिएको कथामा हत्केलाका पाँच औँला पात्र थिए । कान्छी औँलाले दशैं आयो भनेपछि साँहिली औँलाले खाउँला पिउँला भनेको त्यस्तै माझी औँलाले कहाँ पाउँला भनेर आफ्नो अभाव देखाएको अनि चोर औँलाले केही चोरेर सामान ल्याएर भएपनि दशैंमा रमाइलो गर्ने भनेको र त्यस्ता चोरीकार्य गरि दशैं नमनाउने भनेर बुढी औंला चाहीँ चोर औँला भन्दा छुट्टै बसेको भन्ने कथा थियो त्यो सानामा हामीले सुनेको । हजुरबुबाको कथा अनुसार हातको औँला भाँच्थ्यौं हामी । नभन्दै चोर औँला र बुढी औँला बीच भएको फरक दुरीले त्यो कथा साँच्चै जस्तो लाग्थ्यो हामीलाई ।

दशैंमा हालेको पिङ्गमा बच्चाहरु फेरी त्यही मैले सानामा गाउने गरेको गित गाएर मच्चिरहेको देख्दा मलाई बाल्यकालको मात्र नभएर त्यस गित भित्र रहेको कथाको पनि याद भएको छ । नभन्दै हाम्रो समाजमा पनि हाम्रो कथामा जस्तै पाँचै प्रकारका पात्रहरु रहेछन् । आजकल आएर अनुभव भएको छ । सानाहरु दशैंको खुसीमा रमेका छन् भने विस्तारै युवा उमेरमा पुगेकाहरुलाई दशैंमा रमाइलो गर्ने रहर छ भने तीनका बाबु आमाहरुलाई कसरी पुर्‍याउने भन्ने समस्या छ । यस्तो परिस्थितीका बीचमा हामी बीचमा विकास भएका छन् दुई प्रवृति एउटा जसरी भएपनि दशैं रमाइलो गर्ने पर्छ भन्ने । हाम्रो कथाको चोर औँलो जस्तो । रमाइलो गर्नको लागि अरुको चोरी गर्न नै किन नपरोस् उ पछि हट्दैन । र, अर्को प्रवृति छ आफ्नो क्षमता हेरेर दशैं मनाउने । हाम्रो कथाको बुढी औँलो जस्तो । आफ्नो क्षमता, आय अनि हैशियत हेरेर अरु भन्दा छुट्टै प्रकृतीले दशैं मनाउनुपर्छ भन्ने ।

अहिले हाम्रो समाजमा दशैं मनाउने तरिकामा पनि यी औँलाहरुको कथा कै पुनरावृति भएका छन् । सत्य र न्यायको असत्य अनि अन्यायमाथिको विजयको पर्व भएका कारण विजया दशमी अर्थात् दशैं मनाउन चोर औंलाको जस्तो जे सुकै गरेर भएपनि दशैं मनाउनुपर्छ भन्ने धारणा त्यागेर बुढी औँलाले जस्तै आफ्नै गच्छे अनुसार छुट्टै तरिकाले दशैं मनाउनु पर्दछ । दशैंको खाटी अर्थ पनि यसैमा छ ।

दशैं आयो !








नेपालीहरुको महान चाड दशैं माता दुर्गाको पुजा अर्चना सँग मात्र जोडिएको छैन दशैंका अवसरमा घर-घरमा पाठो काटेर बलि दिने गरिन्छ । जसका कारण दशैंको पूर्व सन्ध्यामा बजारमा बोका तथा पाठाहरुको ठूलो माग हुने गरेको छ । वर्षा अरु दिन जे जसरी मासु खाएपनि दशैंमा घरमै बलिदिनुपर्ने परम्परागत रित भएपनि आजकल बली भन्दा पनि इज्जत र प्रतिष्ठाको विषय बोका र त्यसको आकारलाई बनाउन थालिएको छ । जसले गर्दा ऋण नै काडेर पनि घरमा घोर्ले खसी तथा बोका काट्न तम्सनेहरुको संख्या बढिरहेको छ । एकातिर जसरी भएपनि घरमा घोर्ले खसी काट्नेहरुको ठूलो जमात छ भने अर्कोतिर बली प्रथाको विरोध गर्नेहरुको पनि जमात खडा भएको छ ।

विशेष गरेर हिन्दु संस्कारको जुनसुकै कुराको पनि विरोध गर्ने कम्युनिष्ट जमात एकातिर तयार रहेको देखिन्छ भने अर्को तिर पशु अधिकारको वकालत गर्नेहरु रहेका छन् । यस्तो विरोध गर्नेहरुमा एनजीओ तथा आइएनजीओ खोलेर बसेकाहरु नै छन् । नेदरल्याण्ड लगायतका विभिन्न युरोपेली मुलुकका क्रिश्चियन चर्चहरुबाट आर्थिक सहायताको पोको बोक्ने पोकेहरु नै हिन्दु मान्यताको विरोधमा उत्रिएका पाइन्छन् ।

Tuesday, October 16, 2007

रमाइलो




यो चित्र मलाई गोपिकृष्ण भन्ने साथीले मेल गरेर पठाउनुभएको हो ।

Saturday, October 13, 2007

सारङ्गी रेटौंला मौका मिले फेरि भेटौंला... !

काठमाडौंबाट पोखरा जाँदा मुङ्गलिनबाट सारङ्गी सहित बस चढेका दुई गर्न्धव दाजुभाई । मुङ्गलिनबाट चढेर तनहुँको आँबु खैरेनी सम्म बसमा गित गाएर स्थानिय गर्न्धवहरुले यात्रीहरु सँगबाट उठाएको पैसाले आफ्नो दैनिक गुजारा गर्ने गर्दछन् । कक्षा २ र ४ मा पढ्दै गरेका यी गन्धर्व दाजुभाई बा आमाको आर्थिक कमाइलाई साथ दिनको लागि बसमा गित गाउँदै हिंडिरहेका छन् । कहिले काहीँ बसका चालक तथा खलाँसीले गर्ने दुर्व्यवहारलाई पचाएरै यात्रुहरुलाई गित सुनाउने दाजुभाई यसैमा रमाइलो मान्दछन् । त्यसैले त स्कुल छुट्टी भयो कि सारङ्गी बोकेर दौडिहाल्छन् ।

बालअधिकार र बालश्रमको जति कुरा गरेपनि निरपेक्ष गरिबीको मारमा रहेको नेपाली समाजमा बालबालिकाले पनि आफू सक्दो काम गरेर बा आमाको हात सघाउनै पर्ने स्थिती रहेको छ ।
यस्तै बा आमाको हात सघाउन लागेका हुन् यी बालकहरु पनि । हातमा सारङ्गी लिएर बा आमालाई सघाउन एवं परिवारको आर्थिक स्थितीमा योगदान दिनको लागि यी दाजु भाई सडकमा सारङ्गी लिएर उत्रिएका छन् ।