Monday, October 29, 2007

बलीको विरोध !





तस्वीरमा हेर्नुहोस् । कति विभत्स छ बली । कसैको ज्यान लिने काम पक्कै पनि राम्रो होइन । तर पनि मासुको लागि हामीले शताब्दीऔं देखी यसरी नै जीव हत्या गरिरहेका छौं ।



यस पटको दशैंमा बली प्रथा बारे राष्ट्रिय दैनिकहरुमा निक्कै चर्चा भए । बलीको विरोधमा पनि निक्कै लेख तथा प्रतिक्रियाहरु आए । बली प्रथा राम्रो/नराम्रो भन्नेमा निक्कै विवाद भयो । हिन्दूहरुको चाडमा हुने बली बारेको विवादमा हिन्दूहरु सहभागि हुनु र आफ्नो धर्म तथा परम्परामा भएका राम्रा/नराम्रा पक्ष बारे छलफल हुनु राम्रो हो । परम्पराका नाममा मानिँदै आएका प्रथाहरुलाई सच्च्याउनको लागि यस्ता विषयमा बहस हुनु जरुरी समेत छ । विगतमा चलेका सती, नरबली जस्ता प्रथाहरु हटिसकेको समयमा बली प्रथा बारे पनि त्यस्तै निर्णय लिने अवस्था अहिले आएको हो कि होइन ? समस्त नेपाली हिन्दूहरुले विचार गर्नु आवश्यक भएको छ । हिन्दूशास्त्रमा विशेष दखल भएकाहरुले अब बलीको बारेमा शास्त्रिय मत र्सार्वजनिक गर्नुपर्दछ । यदि यो शास्त्र अनुकुल होइन भने यस्ता प्रथालाई तत्कालै रोक्नु पर्दछ ।


अहिले पत्रपत्रिकाहरुमा बलीको जुन विरोध गरिएको छ त्यो कम्युनिष्ट र क्रिश्चियन प्रायोजित रहेको देखिन्छ । चर्चको पैसामा राइँदाइँ गरेका एनजीओ तथा आइएनजीओ र आर्थिक लाभको प्रलोभनमा क्रिश्चियन बनेका केही नेपालीहरु यसमा लागेका छन् । अधिराज्यका विभिन्न मन्दिरहरुमा महाअष्टमी तथा नवमीका दिनमा माओवादी वाइसीएल र पैसा र अमेरिका जाने लोभमा क्रिश्चियन बनेकाहरुले बली दिन जानेहरुलाई छेक थुन गरेको साथै हिंस्रक आक्रमण समेत गरेको समाचार आएका छन् ।

0 टिप्पणियाँ: