.psd.jpg)
.psd.jpg)
.psd.jpg)
वि.सं.२०३२ सालमा चिन सरकारको सहयोगमा सञ्चालनमा ल्याइएको विद्युतिय सवारी ट्रलिबसको हालत पछिल्ला वर्षरुमा खराब हुँदै गएको छ । विश्वबजारमा तेलको भाउमा भएको वृद्धि र सरकारले लिएको तेलको भाउ नबढाउने अड्डीका कारण शहरमा तेलको अभाव देखिएको समयमा मुलुककै एकमात्र विद्युतिय बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । राजधानीमा जताततै तेलको लाइन देखिएको समयमा ट्रलिबस भने खाली दौडिइरहेकेा देखिन्छ । सरकारले विभिन्न राजनीतिक दलका बन्द, हड्तालका कार्यक्रममा ट्रलिबस सडकमा उतार्ने गरेको कारण ट्रलिबस सेवाका अधिकांश बसहरु तोडफोड तथा आगजनीका कारण मिनभवनको ट्रलीबस कार्यालयमा यस्तै अवस्थामा रहेका देख्न सकिन्छ । २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रीमण्डलले विघटन गरेको ट्रली काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र मध्यपुरठिमी नगरपालिकाको संयुक्त रुपमा चलाइएको भएपनि दैनिक रुपमा घाटामा चलिरहेको छ भने तार चोरी हुने समस्या पनि बढिरहेको छ । सुरु सुरुमा नाफामा चलेको ट्रली राजनीतिक दलका कार्यकर्ता भर्तिकेन्द्र र भ्रष्टाचारका कारण चल्नै नसक्ने अवस्थामा पुगेको हो ।
0 टिप्पणियाँ:
Post a Comment