Saturday, October 13, 2007

सारङ्गी रेटौंला मौका मिले फेरि भेटौंला... !

काठमाडौंबाट पोखरा जाँदा मुङ्गलिनबाट सारङ्गी सहित बस चढेका दुई गर्न्धव दाजुभाई । मुङ्गलिनबाट चढेर तनहुँको आँबु खैरेनी सम्म बसमा गित गाएर स्थानिय गर्न्धवहरुले यात्रीहरु सँगबाट उठाएको पैसाले आफ्नो दैनिक गुजारा गर्ने गर्दछन् । कक्षा २ र ४ मा पढ्दै गरेका यी गन्धर्व दाजुभाई बा आमाको आर्थिक कमाइलाई साथ दिनको लागि बसमा गित गाउँदै हिंडिरहेका छन् । कहिले काहीँ बसका चालक तथा खलाँसीले गर्ने दुर्व्यवहारलाई पचाएरै यात्रुहरुलाई गित सुनाउने दाजुभाई यसैमा रमाइलो मान्दछन् । त्यसैले त स्कुल छुट्टी भयो कि सारङ्गी बोकेर दौडिहाल्छन् ।

बालअधिकार र बालश्रमको जति कुरा गरेपनि निरपेक्ष गरिबीको मारमा रहेको नेपाली समाजमा बालबालिकाले पनि आफू सक्दो काम गरेर बा आमाको हात सघाउनै पर्ने स्थिती रहेको छ ।
यस्तै बा आमाको हात सघाउन लागेका हुन् यी बालकहरु पनि । हातमा सारङ्गी लिएर बा आमालाई सघाउन एवं परिवारको आर्थिक स्थितीमा योगदान दिनको लागि यी दाजु भाई सडकमा सारङ्गी लिएर उत्रिएका छन् ।

0 टिप्पणियाँ: