Thursday, October 18, 2007

दशैं आयो !








नेपालीहरुको महान चाड दशैं माता दुर्गाको पुजा अर्चना सँग मात्र जोडिएको छैन दशैंका अवसरमा घर-घरमा पाठो काटेर बलि दिने गरिन्छ । जसका कारण दशैंको पूर्व सन्ध्यामा बजारमा बोका तथा पाठाहरुको ठूलो माग हुने गरेको छ । वर्षा अरु दिन जे जसरी मासु खाएपनि दशैंमा घरमै बलिदिनुपर्ने परम्परागत रित भएपनि आजकल बली भन्दा पनि इज्जत र प्रतिष्ठाको विषय बोका र त्यसको आकारलाई बनाउन थालिएको छ । जसले गर्दा ऋण नै काडेर पनि घरमा घोर्ले खसी तथा बोका काट्न तम्सनेहरुको संख्या बढिरहेको छ । एकातिर जसरी भएपनि घरमा घोर्ले खसी काट्नेहरुको ठूलो जमात छ भने अर्कोतिर बली प्रथाको विरोध गर्नेहरुको पनि जमात खडा भएको छ ।

विशेष गरेर हिन्दु संस्कारको जुनसुकै कुराको पनि विरोध गर्ने कम्युनिष्ट जमात एकातिर तयार रहेको देखिन्छ भने अर्को तिर पशु अधिकारको वकालत गर्नेहरु रहेका छन् । यस्तो विरोध गर्नेहरुमा एनजीओ तथा आइएनजीओ खोलेर बसेकाहरु नै छन् । नेदरल्याण्ड लगायतका विभिन्न युरोपेली मुलुकका क्रिश्चियन चर्चहरुबाट आर्थिक सहायताको पोको बोक्ने पोकेहरु नै हिन्दु मान्यताको विरोधमा उत्रिएका पाइन्छन् ।

0 टिप्पणियाँ: