पेशागत कर्तव्य पालनाका क्रममा प्रजातान्त्रिक पद्धतीमा चौंथो अंगको सम्मान पाएका पत्रकारहरुले असुरक्षा, धम्की, दुव्यवहार मात्र खप्नु सहनु परेको छैन कतिपय अवस्थामा ज्यानै समेत गुमाउनु परिरहेकेा छ । नेपालमा गत वर्षलोकतन्त्रको स्थापना र शान्तिप्रकृयाको थालनी भएको भएपनि सञ्चारकर्मीहरुले भने कुनै प्रकारको सुरक्षाको महशुस गर्न सकेका छैनन् । पत्रकारले पत्रकारको धर्म निर्वाह गर्नको लागि सुरक्षाको अनुभूति गर्न नसकिरहेकेा अवस्थामा पत्रकारहरुको सुरक्षा भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । संयुक्तराष्ट्रसंघिय निकाय युनेस्कोको पहलमा हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएकेा हो । राजनीतिक परिवर्तन सँगै प्रेस र त्यसको स्वतन्त्रतालाई कुण्ठित पार्ने अभ्यासहरु हुँदै आएको परिप्रेक्षमा सञ्चारकर्मीहरुले सत्तासिन अनि शक्तिसिनबाट धम्की र खप्की मात्र होइन ज्यान समेत गुमाउनु परिरहेकेा छ । आमसञ्चार र पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित पार्दै आएका पत्रकारहरु आफै असुरक्षित रहँदै पेशागत जिम्मेवारी निभाइरहेका छन् । पत्रकारिता व्यवसायमा अहिलेको दशकको ठूलो चुनौति भनेको कार्यक्षेत्रमा उनिहरुको सुरक्षा नै बनेको छ । नेपाल लगायतका अविकसित मुलुकहरुमा मात्र होइन प्रजातन्त्र र सुशासनका हिमायती कहलाउने मुलुकहरुमा समेत पत्रकारहरुको जिउ ज्यानको सुरक्षा हुन सकेको छैन । द्वन्दको मार खेपेका मुलुकहरुमा त पत्रकारको ज्यान अचानो माथि छ भन्दा पनि हुन्छ । नेपालका कुरा गर्ने हो भने नेपाली पत्रकारहरु विगतमा शाही शासन र माओवादी व्रि्रोहीके चेपुवामा परे भने अहिले माओवादीको वाइसीएल र मधेशी आन्दोलनकारीको चेपुवामा । नेपालमा पत्रकारहरु माथि विशेष गरेर समाचार प्रकाशनको विषयलाई लिएर समाचार संकलन गर्न नदिने मात्र होइन हमला गरेर घाइते पार्ने अनि विस्थापित हुने वातावरण बनाउने काम हुँदै आएका छन् ।
वितेका वर्षरुमा संकटकाल र सेना परिचालनका कारण सरकारी तर्फाट धम्की, कारवाही, हातपात, जेलमात्र नभई माओवादी निकट रहेर पत्रकारिता गरेको आरोपमा ज्यानै समेत लिने काम भयो । संवैधानिक व्यवस्थालाई मिचेर जनादेश साप्ताहिकको छापाखाना तथा पत्रिकाको कार्यालयमा समेत धावा बोलियो । शाही शासनकालमा माघ १९ को शाही घोषणा लगत्तै लागेको संकटकाल र सैनिक सेन्सरसिपका कारण पत्रकारहरुको ज्यान मात्र होइन पेशा नै धरापमा पर्यो । यस समयमा पत्रकारहरुले कडा सैनिक पहरामा समाचार संकलनमात्र होइन सेनाका निर्मम कुटाइबाट ज्यान समेत गुमाउनुपर्यो । त्यसो त माओवादीले आफ्ना कार्यकर्ता मार्फ पत्रकारहरुको लागि कडा साम्यवादी शैलि अपनायो । माओवादीको भन्दा पृथक विचार राख्ने मात्र होइन उनीहरुका गलत कामकारवाहीको समाचार प्रकाशन गरेको भन्दै पत्रकारहरुलाई जंगली, पाशविक तवरले हत्या गर्ने काम गर्यो । पत्रकारितालाई पेशा बनाएकै कारण सयों पत्रकार र उनीहरुका परिवार विस्थापित हुनु पर्यो । डेकेन्द्र र हरिनारायण त सञ्चारमाध्यम मार्फत सार्वजनिक भए अथाह कति डेकेन्द्र र हरिनारायणहरु सेना र माओवादीका बर्बर यातनाले आहत भए कसैले थाहा पाउन सकेन । नेपाली पत्रकारहरुलाई न पेशाको सुरक्षा त नत समाचार क्षेत्रमा नै सुरक्षा छ । चौतर्फी असुरक्षाको वातावरणमा नेपाली सञ्चारकर्मीहरु जनताको सूचनाको लडाइँ लडिरहेका छन् ।
२०६२-३ को जनआन्दोलनको बलमा प्रजातान्त्रिक सरकारको गठन सँगै नेपाली पत्रकारिता क्षेत्रले केही राहतको सास लिएको भएपनि पत्रकारले असुरक्षाको मार भने खेप्नु नै परिरहृयो । लोकतान्त्रिक सरकारको गठन भएपनि र माओवादी शान्ति सम्झौता मार्फत राजनीतिक मुलधारमा आएको भएपनि उसका कार्यकर्ताको समानान्तर सरकारको अभ्यासका कारण पत्रकारहरुले कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अभ्यास गर्न सकेनन् । आफ्नो पार्टीको बारेमा नकारात्मक समाचार प्रकाशनमा आउनासाथ पत्रकारको घरमै पुगेर धम्की दिने र कुटपिट गर्ने माओवादी व्यवहारले नेपाली पत्रकारिताले सुरक्षाको अनुभूति गर्न सकेन । त्यसो त मधेशी जनाधिकार फोरम, जनतान्त्रिक तर्राई मुक्ति मोर्चा लगायतकाले तर्राईमा सञ्चालन गरेकेा आन्दोलन पनि पत्रकारहरुको स्वतन्त्रता खोस्नमा नै हावी रहृयो । पहाडे र मधिशेको नाममा उच्छि्ङखल गतिविधि मच्चाउनेहरुबाट धेरै पत्रकारहरुले खप्कि अनि धम्की खेप्नु पर्यो । ११ वैशाख देखी १० वैशाख सम्मको लोकतान्तिक शासन अवधिभर ६९ पत्रकारले यातना र कुटपिट भोग्नु पर्यो भने एक अपहरण र चार पक्राउमा परे । ७७ जना पत्रकारले समाचारको विषयलाई लिएर धम्की पाए भने प्रकाशन प्रशारणमा अवरोध ३१ को संख्यामा भयो । लोकतान्त्रिक सरकारमा माओवादी सहभागि भएको समयमा पनि १२ जना पत्रकारहरु विस्थापित भएर रोजगारिको अर्को बाटो रोज्नु पर्यो ।
यसक्रममा पत्रकारहरुलाई समाचार स्थलमा जान नदिने, क्यामेरा रर्ेकर्डर खोसिदिने, तलासी लिने, समाचारको विषयमा गाइड गर्न खोज्ने जस्ताकामहरु भएका छन् । पत्रकारका सामान खोस्ने काम मात्र २४ वटा भएका छन् । रेडियो पत्रपत्रिकामा आफ्नो नाम नआएको भन्दै समाचार क्षेत्रमा जाने पत्रकारहरुमाथि राजनीतिक दलका नेता कार्यकर्ताबाट अभद्र व्यवहार र समाचार संकलनमा रोकावट गरिएका छन् । माओवादी केन्द्रीय नेतृत्व समेत नेपाली पत्रकार आफूहरुलाई बदनाम गराउन परिचालित भएको भनेर राजधानीका हरेक ठूला कार्यक्रममा आरोप लगाउँछ भने स्थानिय तहमा उसका वाइसीएलले आफ्नो विरुद्ध समाचार गयो कि भनेर मोनिटरिङ समेत गर्छ । जसले प्रत्यक्ष र परोक्ष रुपमा पत्रकारहरुको स्वतन्त्र आवागमनलाई प्रभावित त पारेको छ नै पत्रकारको सुरक्षामा समेत असर पारेको छ । जनताको सूचनाको हकको तवमात्र पूर्ण उपभोग हुन सक्छ जब समाचारकर्मीहरु समाचार स्रोत सम्म निर्वाध पहुंच राख्न सक्दछन् । सरकार, राजनीतिक दलहरु, नागरिक समाज अनि आमसञ्चार क्षेत्रका विज्ञहरुले स्रोत सम्म सञ्चारकर्मीको सूरक्षित पहुँचको ग्यारेन्टी गर्ने तर्फकदम चाल्नैपर्ने भएको छ । त्यसो भएको खण्डमा मात्र लोकतान्त्रिक पद्धतीको विकास हुन सक्छ । सूचनाको पहुँच र प्रवद्धनले नै लोकतन्त्रको विकास हुन सक्दछ ।
शाहीकालमा रेडियोमा समाचार प्रशारण गर्नमा रोक लगाएका कारण धेरै पत्रकारहरु विस्थापित भएकोले पत्रकारहरुको जागिरको सुरक्षा हुनुपर्ने माग उठेको भएपनि विस्तारै त्यो माग मधुरो बन्न थालेको छ । पत्रकारहरुको ज्यान र जागिर दुवै अहिले असुरक्षामा छ । कतिखेर समाचार क्षेत्रबाट र जागिरबाट निकालिनु पर्ने हो भन्ने चिन्ता नेपाली पत्रकारहरुमा अझै पनि छ । उदाहरणको लागि भारतबाट प्रशारण भइरहेकेा नेपाल वानलाई नै लिन सकिन्छ । कुनै पनि पेशागत अधिकारबाट बञ्चित गरि नलिनी सिंहले पत्रकारहरुलाई भेंडाबाख्राको रुपमा काममा लगाइ रहेकी छिन् । उनको अनुसार नचलेको खण्डमा त्यहाँ कार्यरत पत्रकारको जागिर नै चट् हुने अवस्था छ । त्यसो त नेपालका अरु मिडिया पनि यस्ता मामलामा कम छैनन् । श्रमजिवी पत्रकारहरुको हक, हित, सुविधा र सुरक्षाको समयोचित व्यवस्था गर्न तथा व्यावसाहिक दक्षता प्रवर्द्धन गर्नको लागि सरकारले २०५५ सालमा ल्याएको श्रमजिवी पत्रकार सम्बन्धी ऐन लागु हुन सकिरहेकेा छैन । सरकारी सञ्चार माध्यममा बाहेर सेवा, सुविधा र सुरक्षामा नीजि माध्यम फितला देखिएका छन् । सेवा प्रवेश गरेपछि पाउनुपर्ने विदा तथा तलब सुविधाको व्यवस्था एफएम, पत्रिकाहरुमा हुन सकेको छैन । पत्रकारहरुलाई सम्बन्धित समाचार क्षेत्रमा जान सक्ने वातावरण तयार गर्न सरकार र पेशागत रुपमा सुरक्षा प्रदान गर्नको लागि श्रमजिवी पत्रकार ऐन लागु गराउनु पत्रकारहरुकेा पेशागत संगठन नेपाल पत्रकार महासंघले भूमिकालाई सशक्त बनाउनु पर्दछ । पत्रकारको ज्यान अनि उसको जागिरको सुरक्षा भएको खण्डमा मात्र स्वच्छ र मर्यादित पत्रकारिताको विकास सम्भव हुन्छ । पत्रकारको सुरक्षाले मात्र प्रेस स्वतन्त्र रहन सक्दछ । नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाइ राख्नको लागि पत्रकारहरुको लागि ज्यान र जागिरको सुरक्षाको वातावरण तयार पार्नु आवश्यक भइसकेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँन प्रभातफेरि र गोष्ठि मात्र गरेर हुँदैन । राजनीतिक दलका पछाडी समाचार खोज्ने पत्रकारहरुले राजनीतिक दल र सरकारबाट आएका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न लगाउनु पर्दछ । त्यसैमा यस दिवसको नाराको सार्थकता छ ।
madanm05@gmail.com
Saturday, May 5, 2007
चासोमा पत्रकारको सूरक्षा
Subscribe to:
Post Comments (Atom)
0 टिप्पणियाँ:
Post a Comment