-मदन मणि अधिकारी
राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिनेहरुको सालिक सडकका चोक तथा स्मारक बनाएर सम्मान साथ राख्ने मात्र होइन समय समयमा त्यस्ता सालिकहरु भत्काउने, तिनमा आक्रमण गर्ने काम अर्न्तराष्ट्रिय स्तरमा पनि भएका छन् । रसियामा कम्युनिष्ट शासनको अन्य र सोभियत युनियनको विघठन सँगै त्यहाँका स्मारक तथा सडकका चोकहरुमा राखिएका कम्युनिष्ट नेताहरुका सालिक तोडिएका थिए । भलै पछि तोडिएका सालिक पुनः ती सालिकहरु ठड्याइए । अमेरिकाले आक्रमण गर्नु अगाडि अफगानिस्तानका आतंककारी संगठन तालिवानका शासकहरुले वामियान प्रान्तमा रहेका प्राचिन बुद्ध मूर्तिहरुलाई दुनियाँभरको विरोधका बावजुद जंगली तरिकाले बम हानेर उडाइदिए । ती घटनाहरु वेग्ला वेग्दै समयमा वेग्ला वेग्लै देशमा घटेका भएपनि तीनको सन्देश र चरित्र एउटै छ त्यो हो अर्को प्रतिको असहिष्णुता । त्यही असहिष्णु र अचाडु चरित्र र व्यवहारको अहिले नेपालमा माओवादीका कार्यकर्ताहरुले अनुसरण गरिरहेका छन् ।
राजनीतिक मागका साथ सडकमा उत्रिने समुहबाट नेपालको एकिकरण गरेर उपनिवेशवाद अनि साम्राज्यवादबाट मुलुकलाई जोगाएर नेपाली पहिचान दिने बडामहाराजाधिराज पृथ्वीनारायणका सालिकहरु सामन्तवादको विरोध भन्दै ढालिएका छन् । भने प्रजातन्त्रको सुत्रपात गर्ने जनताका पहिला निर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइराला अनि महाकवि लक्ष्मिप्रसादका सालिकहरु आफूलाई अग्रगामी भनाउनेहरुले तोडफोड गरेका छन् । मधेशमा चलेको आन्दोलनमा कोइराला र देवकोटाका सालिक तोडिएका छन् भने माओवादीको युवा संगठनले बडामहाराजाधिराजका सालिक तोडेका छन् । सालिक जसले जस्का जुन कारणले तोडेका भएपनि तोडिने जति सबै तीनका विचारधारा र सिद्धान्त विपरितकाको सालिक नै छ । भलै त्यो राष्ट्रियता सँग नै जोडिएको किन नहोस् । यस प्रकारको सालिक भञ्जनको क्रियाकलापले असहिष्णु र अधिनायकवादी चरित्रको उजागर गरेको छ । भरखरै लोकतन्त्रको मार्गमा लाग्न लागेको मुलुकमा यस्ता अचाडु र असहिष्णु गतिविधि बढ्दै जानुले लोकतान्त्रिक मान्यता कति र कस्तो रुपमा स्थापना हुन्छ भन्नेमा पनि शंका जन्माएको छ । आफ्नो नीति र सिद्धान्त विपरितकाको एउटा निर्जिव सालिक त देख्न नसक्नेले आफू इतरकालाई जीवित देख्न सक्ला ? जावो सालिकको त अस्तित्व सहृय नहुनेलाई आफ्नो भन्दा फरक सिद्धान्त लिनेको अस्तित्व सहृय होला ?
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपाल अनि नेपालीका लागि एउटा राजाभन्दा बढि युग परिवर्तक र राष्ट्रनिर्माता हुन् । जसले आफ्नो अमुल्य युवाकाल नेपाल एकीकरणमा नलगाएको भए आज हामी अंग्रेजका चाकर हुन्थ्यौं, न नेपाल रहन्थ्यो न त नेपालीको अस्तित्व नै । उनको सालिक क्रान्तिकारी देखिने सुरमा माओवादी कार्यकर्ताले तोडफोड गरेपछि स्वाभिमानी नेपालीहरुको मन पक्कै पनि अमिलो भएको हुनुपर्छ, यदि उसमा म नेपाली हुँ भन्ने छ भने । एकै दिनमा नौ दश वटा सम्म सालिक ढालेका खबर छापामा आउँदा नेपालमा अहिले लोकतान्त्तिक संस्कारको होइन असहिष्णु र तानाशाही अधिनायक चरित्रको उदय हुँदैछ । जसले आफुलाई मन नपर्नेको जरा नै उखेल्दछ । दैनिक बढिरहेको यस्तो असहिष्णु व्यवहार र गतिविति नेपाली भाषा, संस्कृति, कला र सीपका दृष्टिले त चिन्ताजनक विषय छँदैछ राजनीतिक दृष्टिले पनि कम चिन्ताको विषय होइन यो । इतिहास, संस्कृति, कला र सीपको ज्युँदो साक्षीका रुपमा रहेका सालिकहरु ढालिनु माओवादी लगायतका दलका लागि क्रान्तिकारीता होला, तर स्वाभिमानी नेपालीका लागि शिर निहुरने विषय बनेको छ । एउटा प्रसिद्ध भनाई छ-'कुनै मुलुकलाई बर्बाद गर्नु छ भने त्यसको इतिहासलाई मेटाइदेउ' त्यसैको अनुसरण तालिवानले अफगानिस्तानमा गर्यो अहिले हामीले नेपालमा गरिरहेका छौं । हामी आफै आफ्नै इतिहास र अस्तित्व मेटाउँदै छौं । अहिले सडकमा देखिएका निर्जिव सालिकहरु माथिको जंगली र बर्बर तोडफोड हिजोको अफगानिस्तानको बामियानमा तालिबान आतंककारीहरुको बुद्ध मूर्ति माथिको आक्रमण भन्दा कम छैन । तालिवानले आफ्नै असहिष्णु व्यवहारले आफ्नो अस्तित्व त गुमायो नै अनि आफ्नो देश र जनताको भविष्यलाई समेत संकटमा पार्यो । आज पनि त्यहाँका जनताले अधिकारको त कुरै छाडौं पेटभर खानपनि पाएका छैनन् ।
अहिले पुरानो मान्यतालाई पखाल्दै मुलुक नयाँ मान्यता स्थापित गर्ने क्रममा छ । अफ्ठ्यारा बाटाहरु छिचोल्नको लागि सबैमा एकता अनि सहिष्णु र समभाव राखेर अगाडी बढ्नु पर्नेमा हामीले झन असहिष्णु खेल खेलिरहेका छौं । अन्ततः यसले राजनीतिक हानी त गर्छ नै नेपाल र नेपालीको समेत अस्तित्वलाई मेटाइदिने छ । विगतमा आफ्ना मान्यता र सिद्धान्त विपरितकालाई सुराकी र सामन्तको नाममा हत्या गर्दै आजको स्थान सम्म आएको माओवादीले सियो चोर्नेले फाली चोर्छ, फालि चोर्नेले घर फोर्छ भने झैं आज सडकका सालिक फोरिरहेको छ । यस क्रमले निरन्तरता पाउँदै जाँदा भोलि उसले के के गर्छ गर्छ भन्ने जनमानसमा छ । अहिलेको गतिविधिले पनि उसमा रहेको राजनीतिक अनि सामाजिक सहिष्णुता देखाइरहेको छ । चाहे त्यो सालिक तोड्नमा होस् या सरकारी कार्यालय, प्रहरी चौकी, कर्मचारीका हात र कानुन तोड्नमा । यस्तै असहिष्णु व्यवहारका कारण नै त संविधानसभाको लागि तोकिएको समयमा निर्वाचन हुन सकेन । यस्तै असहिष्णु खेल बढिरहेको र बढाइरहेको खण्डमा संविधानसभा नेपालीको लागि आकाशको फल हुने छ । सात पछि चौसट्ठी साल फेरी कालो उपमा बनेर रहने छ ।
पृथ्वीनारायण शाह सामन्ती सोच र प्रवृतिका कारण सत्तामा रहेको र त्यसैको आडमा एकीकरण गरेको भएपनि त्यसले हामीलाई दिएको नेपाली परिचय अनि स्वतन्त्र र र्सार्वभौम इतिहास पनि त हेर्नुपर्ने हुन्छ । शालिक जसको र जे जस्तो भएपनि त्यसले मुलुकको इतिहासको कुनै एक घडिको प्रतिनिधित्व गरेको हुन्छ त्यसलाई हटाउनु, तोडफोड गर्नु भनेको मुलुकको इतिहास र अस्तित्वलाई नकार्नु हो । अहिले माओवादीले नेपालका राजाको मात्र होइन पृथ्वीनाराणका शालिक भञ्जनको श्रृङ्खला चलाएर नेपाली गौरवपूर्ण र्सार्वभौम इतिहासलाई पनि लत्याएको छ । सन् २००१ मा अतिवादी सोचको उपज स्वरुप वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा अलकायदाले आतंककारी हमला गरेको हो । अतिवाद र असहिष्णु सोचको पराकाष्टा नै आतंकवाद हो । यही सोच हामीमा बढेको खण्डमा हामी विन लादेन भन्दा कम हुने छैनौं । सेप्टेम्बर ११ को आततायी आक्रमण लगत्तै सिंहदरबार र नारायणहिटीलाई पनि त्यसरी नै ध्वस्त पार्ने उद्घोष गरेका कृष्णबहादुर महरा अहिले सिंहदरबार भित्रै सञ्चारमन्त्री छन् । राजनीतिक रुपमा लामो समय माओवादीले विताएको छ । सम्झौता र समझदारीमा उसले प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकारेको छ । तर पनि छ वर्षअघिको भनाइको आशय सँग मिल्ने अहिलेको असहिष्णु व्यवहार र गतिविधिले माओवादी अरु प्रति सहिष्णु भएको छैन भन्ने देखाउँछ । विभिन्न सहधर्मी, सहकर्मी दलका कार्यकर्ता साथै आफैले मुक्तिदिने भनेको जनता सँग पनि माओवादी सहिष्णु बन्न सकेको छैन । यसले भरखरै पलाएको लोकतन्त्रले संस्कारगत रुप लिन र स्वतन्त्र र निष्पक्ष संविधासभाको निर्वाचन हुनको लागि नेपाली जनताले निक्कै समय कुर्नुपर्ने देखाउँछ ।
तालिवान आतंककारीहरुले मुस्लिम मान्यता भन्दा फरक शान्तिको मार्गमा विश्वलाई डोर्याउने बुद्धको शालिक तोडफोड गरे भने जातिय आधारमा मुलुकमा शासन गर्ने सोचमा रहेका माओवादीले एकीकृत नेपालको पक्षमा रहेका बडामहाराज पृथ्वीनारायणको शालिक भत्काए । फरक फरक समयमा भएका दुवै शालिक माथिको आक्रमण उनीहरुमा रहेको अधिानायकवादी अनि असहिष्णु सोचको पराकाष्टा हो । बन्दुक र गोला बाट लाठी, खुकुरी अनि घनको प्रयोगमा झरेका माओवादीका युवाहरु पद्यकन्याका छात्रा, निहत्था नागरिक, प्रहरी, अन्य राजनीतिक दल देखि चोक-चोकका शालिकमाथि निरन्तर उत्रिरहेका छन् । यसप्रकार माओवादीको पछिल्लो क्रियाकलापले उ विद्रोही शक्तिबाट राजनीतिक दलको रुपमा रुपान्तरित हुन नसक्ने त होइन भन्ने शंकालाई समेत बल पुगेको छ । आज सडकमा शालिकसम्म देख्न नचाहनेले भोली उसको माग बमोजिमको गणतन्त्र आएको खण्डमा फरक सिद्धान्त, धारणा लिनेको के हविगत गर्ला ? सोच्नैपर्ने बनाएको छ । यस्तो असहिष्णु वातावरणमा लोकतन्त्र फस्टाउला, जनता अधिकार सम्पन्न बन्लान भनेर सोच्नु भनेको विष वृक्षमा अमृत फल्नु सरह छ ।
सामन्तवादको जरा उखेल्ने नाममा होस् या तर्राईमा आत्मनिर्णयसहितको स्वायत्तताको अधिकारको मागको नाममा मुलुकको स्वाभिमान, एकता अनि राष्ट्रियजीवन सँग जोडिएका पृथ्वीनारायण, विरेन्द्र, वीपी, मनमोहन, लक्ष्मिप्रसादका सालिकहरु दिनदहाडै तोडफोड र आक्रमण हुनुले समाजलाई समावेशी, अधिकार सम्पन्न बनाउँछु भन्नेहरु कति सहिष्णु छन्, कति प्रजातान्त्रिक छन् भन्ने स्पष्ट पारेको छ । अफगानिस्तान, इराक लगायतका देशहरु त असहिष्णु नेतृत्वका कारण ध्वस्त भएका मुलुकहरुका उदाहरण मात्र हुन् । जहाँका शासक, राजनीतिक दल असहिष्णु र अतिवादी सोचका रहेका छन् त्यहाँ सालिकहरु तोडिएका छन् बमद्वारा उडाइएका छन् । अतिवाद र असहिष्णु, अचाडु स्वभाव सालिकको भञ्जनबाटै देखिएको छ विश्वव्यापी नै । चाहे वामियानमा तालिवानले होस् या बगदादमा अमेरिकाको बुश प्रशासनले । यदि मुलुकमा अधिनायकवादको अन्त्य र प्रजातन्त्रको उदय चाहने हो भने सहिष्णु बन्न जरुरी छ अनि सालिक भञ्जन रोक्न पनि । अस्तु !

0 टिप्पणियाँ:
Post a Comment