
वसन्तपुरमा बिक्रिमा राखिएका झण्डा यसरी झुकाउँदा झुकेको झण्डाले के सन्देश देला ?
Saturday, January 19, 2008
Sunday, January 13, 2008
राष्ट्रियता ? ? ?
Thursday, January 3, 2008
पहिलो पटक गैरपरिक्षार्थीका रुपमा परिक्षाहलमा
आज भोली मदन भण्डारी मेमोरियल कलेज रातोपुलमा त्रैमासिक परिक्षा चलिरहेको छ । पहिलो त्रैमासिक परिक्षा हो यो । यस परिक्षामा म गार्ड (परिक्षाहलमा रहने शिक्षक, ढोकामा बस्ने सुरक्षाकर्मी होइन नी ! )को रुपमा कोठा नं २५ मा आज बसेको थिएँ । मलाई यो अवसर अचानक नै जुरेको हो । हुन त म गत साल देखी नै मदन भण्डारीमा फोटोपत्रकारिता अध्यापन गराउँदै आएको छु तर पनि कुनै पनि परिक्षामा गार्डका रुपमा बसेको छैन । यस पटक पनि त्यसरी सहभागी हुने कुनै छेकछन्द थिएन । निर्मलसर (मदनभण्डारी कलेजका आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख/मेरा काका (अंकल)) को कार्यव्यस्तताका कारण उहाँको सट्टामा म जानै पर्ने वातावरण बनेकोले यसपटक पहिलो चोटी परिक्षाहलमा मेरो प्रवेश भयो । गैरपरिक्षार्थीका रुपमा । यो नै मेरो पहिलो दिन हो गैरपरिक्षार्थीका रुपमा परिक्षाहल भित्र बसेको । यस भन्दा अगाडी सँधै एक परिक्षार्थीका रुपमा म परिक्षाहल भित्र दाखिल भएको हुन्थेँ । आज पहिलो दिन परिक्षाहलमा विद्यार्थीका लागि पश्नपत्र अनि उत्तरपुस्तिका बाँढेको थिएँ ।
पहिलो पटक परिक्षहलमा परिक्षा सञ्चालनका हेतु गएको हुनाले मबाट कहीँ चुक हुन्छ कि भन्ने मलाई डर लागिरहेकेा थियो । कतै प्रश्नपत्र बाँढ्दा गल्ति त हुँदैन, ढिला पो हुन जान्छ कि अनि हाजिर हुने विद्यार्थीको सँख्या र उत्तरपुस्तिकाको संख्या मिलेन कम भयो भने वा कसैले हाजिर गर्न विर्स्यो भने जस्ता अनेकन कुराहरु मनमा खेलिरहेका थिए । कलेजको जनाउ घण्टि बज्नु अगावै म मेरो लागि तोकिएको कक्षामा पुगें । सो हल ४३ जना विद्यार्थीका लागि रहेछ बिएड तेस्रो वर्ष बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थी रहेछन् मेरो कोठामा । पहिलो पटक भएकाले केही नर्भस भएपनि खासै समस्या चाहिँ भएन । जसरी म परिक्षाहलमा एक परिक्षार्थीका रुपमा दाखिल हुँदा सरहरुले कपी, पुस्तक, झोल अगाडी राख्न लगाउनुहुन्थ्यो त्यसरी नै लगाएँ मैले पनि अनि सुरु भयो उत्तरपुस्तिका बाँढ्ने क्रम । उत्तर पुस्तिका बाँढेको केही समयपछि प्रश्नपत्र बाँढें अनि हाजिर गराउने काम भयो ।
म परिक्षा दिन जाँदा परिक्षा हलमा जस्तो कोलाहलको बातावरण तयार गर्दथे मेरा मित्रगण त्यसरी नै विद्यार्थीगण हल्ला गर्नमा लाग्दथ्यो अनि म हल्ला नगर भन्थें । परिक्षा बंक (अनुपस्थित हुने) गर्नेहरुको सँख्या पनि उत्तिकै थियो । परिक्षामा म बस्दा जसरी साथीहरु अगाडी पछाडी फर्केर गफ गर्थे त्यसरी नै गर्ने प्रयास हुन्थ्यो केही विद्यार्थीहरुबाट म हाम्रा लागि बस्नुभएका गार्डहरुले झैं उनीहरुलाई सम्झाउँथें । मदन भण्डारीका विद्यार्थी मेरो पालाका रत्नराज्यलक्ष्मी कलेजका भन्दा शान्त थिए सायद गैरसरकारी भएकाले पनि हुन सक्छ या कक्षामा शिक्षकले चिन्ने गरेर कम संख्यामा राखेर पढाउने भएकाले पनि हुन सक्छ । उनीहरुको हल्ला कम थियो र बिचमा मैले पूर्ण रुपमा हल्ला बन्द नै गराएँ । सबैको हाजिर लिइसकेपछि को ३ घण्टा मेरो कोठामा उभिएर नै बित्यो । घरि कपि थप्ने त घरि त्यसमा स्ट्याप्लर लगाउने काम । प्रश्न र उत्तरपुस्तिका बाँढेपछि खाली रहेको समयमा म विद्यार्थी अनि हाजिर हुनेको संख्या र अनुपस्थितको संख्या गन्नमा नै व्यस्त भएँ । म निक्कै र्सतर्क थिएँ की मबाट कुनै पनि खालको चुक नहोस् । पटक पटक कपी र विद्यार्थी गनें मैले गल्ति नहोस् भनेर मात्र होइन पहिलो पटक भएकाले आफै माथि विश्वास नभएर पनि हुन सक्छ सायद ।
तीन घण्टामा परिक्षा सकियो । सबै विद्यार्थीको उत्तरपुस्तिका दुरुस्त राखेँ मैले । डर मन मनै गल्ति हुन्छ की भन्ने भएपनि मेरो काम परिपक्व नै भयो । विना कुनै चुक । आजको परिक्षामा बीबीएसका एक विद्यार्थीले निक्कै लेखे उनले चार पटक कपी थपे । मूल कपि भर्न हम्मे हम्मे पर्नेको सँख्या पनि कम कहाँ थियो र ! १० बजे ७ बजे सुरु भएको परिक्षा समाप्त भयो । उत्तरपुस्तिका सहितको फाइल बुझाउनुपर्ने स्थानमा सम्बन्धित व्यक्तिको हातमा दिएर म घर तिर फर्कें । आफू परिक्षामा बस्दा हामी गार्डलाई कडा, छुच्चो भन्ने दृष्टिले हेथ्र्यौं । कतिले त गाली समेत गर्दथे । सरकारी क्याम्पसका विद्यार्थी राजनीतिक हावाले छोएका थर्काउँथे पनि । आज पहिलो पटक यसरी विद्यार्थीलाई पर्यवेक्षण गर्ने गरि परिक्षामा सहभागी भएपछि मलाई मैले परिक्षा हलमा परिक्षार्थीका रुपमा म अनि मेरा साथीले देखाउने व्यवहारलाई समिक्षा गर्दैछु । आजको परिक्षाहलको अनुभवले व्यक्तिगत रुपमा मलाई कन्फिडेन्स त मिलेको छ नै आफ्नो अनि सहपाठीका परिक्षाहलमा प्रदर्शित व्यवहारको समिक्षा गर्ने अवसर पनि ।
Saturday, December 29, 2007
मदन भण्डारी मेमोरियल कलेजमा ब्लग चर्चा
सच्च्याएको/थपेको
(पहिला पब्लिस भएको पोष्ट मैले मोबाइलबाट चर्चाको कार्यक्रम भइरहेको समयमा गरेको हुनाले केही नमिलेको जस्तो लागेकोले घरबाट सच्च्याउन लागि रहेको छु थप कुरा सहित ।)
मदन भण्डारी कलेजका विशेष गरेर बीए तेस्रो वर्षा विद्यार्थीहरु ब्लग (अहिले चिने जाने र मानेको अल्टरनेटिभ मिडिया) बारे निक्कै उत्सुक भएको मैले पाएँ । गत साताको शनिबार मैले अल्टरनेटिभ मिडियाको बारेमा सानो कुरा उठाउँदा उनीहरुले देखाएको उत्सुकता मलाई मन परेकोले मोबाइल ब्लगिङ्ग साथै सबैलाई एक एक ब्लग बनाउन मैले भनेको थिएँ जसलाई धेरैले फलो गरेका छन् । आज उनीहरुकै तत्परतामा ब्लग तथा वेब जर्नालिज्म बारे काठमाडौं पोष्टका उज्जवल आचार्य (नेपाली भ्वाइसका ब्लगर) सँग अर्न्तक्रियात्मक कार्यक्रम भएको थियो । जुन धेरै जसो ब्लग नै केन्द्रित भएकाले मैले त्यसलाई ब्लग चर्चाको शीर्षक दिएको हुँ ।
मोबाइल ब्लगिङ्ग मैले गरिरहेको हुनाले अघिल्लो पोष्ट त्यसैको प्रदर्शन मात्र हो । जुन मैले मदन भण्डारी कलेजमा नै प्रोजेक्टरमा विद्यार्थीहरु माझ प्रस्तुत गरेँ । यसबारेमा मैले यमबहादुर दूरा सर मोबाइल इन्टरनेटबारे निक्कै उत्सुक भएको मैले आज फिल गरें । त्यसो त मदन भण्डारीका अन्य सरहरुको प्रविधि प्रतिको चासो पनि तारिफ योग्य नै रहेको छ । विद्यार्थीहरुमा बलराम प्रजापती यसबारेमा निक्कै उत्सुक छन् उनले मसँग यसबारेमा जानकारी लिएर मोबाइलबाटै ब्लग पोष्ट पनि गरिसकेका छन् । उनलाई मोबाइल ब्लगिङ्ग गरेकोमा म बधाई पनि दिन चाहन्छु ।
आजको प्रिजेन्टेसन कार्यक्रममा अनलाइन माध्यमका बारेमा विद्यार्थीहरुको उत्सुकता मेरो लागि विशेष चासोको विषय बन्यो । मेरो आजको विहानी सबै ब्लग चर्चाकै कार्यक्रममा बित्यो आफ्नो रुचिको विषय भएका कारण यसमा रमाइलो लाग्ने नै भयो । अँग्रेजी भाषामा ब्लग लेख्न थालेको दश वर्षपुगेको छ र यति छोटो समयमा अँग्रजी भाषाले निक्कै धेरै ब्लगहरु पाएको छ । नेपाली भाषामा पनि ब्लग लेखनले व्यापकता पाउनु पर्दछ । हामी युवाहरु त्यस तर्फनै बढि अग्रसर हुनुपर्छ भन्ने मेरो धारणा छ । त्यसैले नेपालीमा ब्लग लेख्नु र लेख्न लगाउनमा नै म केन्द्रित भइरहेको छु । मदन भण्डारीका विद्यार्थीहरु नेपाली ब्लग लेखनमा अगाडी आउलान् र नेपाली ब्लगको क्षितिजलाई थप व्यापक बनाउलान् भन्ने मेरो आशा छ ।
अनलाइनको यो ब्लगमण्डलमा नेपाली स्थान बनाउनमा नै हामी केन्द्रित हुनुपर्दछ मेरो मनमा लागेको कुरा यत्ति मात्र हो । अनलाइनमा भर्चुअल नेपाल अब देबनागरीमा देखिनुपर्दछ । जसमा नयाँ साथिहरुको सहभागिता र आगमनक जरुरी छ ।
आज मदन भण्डारी कलेजका विद्यार्थीहरुले ब्लग बारे छलफल कार्यक्रम राखेका
छन् । जहाँ म सहभागि छु प्रिजेन्टेसन गर्नुभएको छ काठमाण्डौँ पोष्टका
उज्ज्वल आचर्यले । यो पोष्ट पनि कार्यक्रम स्थल बाटै गरेको छु ।
Tuesday, December 25, 2007
Friday, December 21, 2007
साना पर्यटक
डिजिटल मार

माथिको तस्विर इन्लार्जरको हो । यो फिल्म फोटोग्राफीमा फोटोप्रिन्ट गर्न प्रयोग गरिन्छ, जसले फोटोको आकार ठूलो पार्न मद्दत गर्दछ । यसको प्रयोगबाट अटो देखी लाइफ साइज सम्मको फोटो प्रिन्ट गर्न सकिन्छ । फोटोप्रविधिमा आएको डिजिटल प्रविधिका कारण डार्क रुम प्रविधि र यसमा प्रयोग हुने इन्लार्जरको प्रयोग घटेको छ ।
दुर्व्यसनीको स्वर्ग !
मत होइन फोहर !

संविधानसभाको निर्वाचन प्रयोजनका लागि जापानले नयाँ पारदर्शी मतपेटिका दिएपछि सरकारले पुरानो मतपेटीका फोहर संकलनमा प्रयोग गर्न दिएको छ । तर सत्ता सञ्चालक सात राजनीतिक दलले पटक पटक संविधानसभाको निर्वाचन सारेकाले अन्यौल थपिँदै गएको समयमा वसन्तपुरमा फोहर संकलनका लागि राखिएको यो मतपेटीकाले अर्कै संदेश दिँदैन र ?
Sunday, December 16, 2007
कर्न्भरजेन्सको मजा !
अहिले म आफ्नो मोबाईलको कि प्याडमा नेपालीमा टाइप गरिरहेको छु , ब्लगमा
पब्लिस गर्न । मोबाइलमा रहेको इन्टरनेट ब्राउजर अनि मेरो मोबाइलको वाप
अनि के चाहियो ? वेब अपडेट होस् या ब्लग लेखन हातैमा । नेपालीमा लेख्ने
भए देवनागरी भएको सेट चाहियो त्यो पनि भारतमा बनेको भए समस्या छैन ।
अब ब्लगमा नेपालीमा लेख्न युनिकोड चाहिएन भारतमा बनेको मोबाइल सेट र
स्पाईस नेपालको मेरो मोबाइल अनि सुरू गरे हुन्छ ब्लगिङ । बिदेशमा प्रचलित
मोबाइल ब्लगिङ नेपालमा पनि सुरू गर्न सकिन्छ । टेलिकम र बैँकिङ सेवा
कन्भर्ज हुँदा एटिएमबाट प्रिपेड मोबाइल रिचार्ज गरे जस्तै मोबाइल र
इन्टरनेट एकै नेटवर्कबाट एऊटै सेटमा पाऊँदा सहज हुन्छ ।
आज म निक्कै खुशी भकोछु सुतिरहेको खाट बाटै मैले ब्लगमा लेख्न र अन्य वेब
हेर्न पाकोछु । नेपालमा इन्टरनेट हेर्ने कति होलान् अनिकति होलान्
मोबाइलमा हेर्ने ? तर म मोबाइलबाट ब्लग लेख्ने निक्कै कम सायद नेपाल
भित्र बाट पहिलोमा पर्छुकी ? थाहा छैन । प्रविधिको विकासले निम्त्याएको
एऊटैमा फरक फरक धेरै सुविधा पाउने अवस्था कन्भर्जेन्सले ल्याएको छ ।
त्यसैले मैले सिरक भित्रैबाट ब्लगमा लेख्न पाएको छु । यहि हो मिडिया
कन्भर्जेन्सको मजा अब अनलाइनका काम बाथरूममा बस्दा पनि गर्न सकिन्छ । हा
हा हा . . .
मदन/रातको दश बजे/आफ्नै विस्तारा/मैतिदेवी 9804108220







