आज भोली मदन भण्डारी मेमोरियल कलेज रातोपुलमा त्रैमासिक परिक्षा चलिरहेको छ । पहिलो त्रैमासिक परिक्षा हो यो । यस परिक्षामा म गार्ड (परिक्षाहलमा रहने शिक्षक, ढोकामा बस्ने सुरक्षाकर्मी होइन नी ! )को रुपमा कोठा नं २५ मा आज बसेको थिएँ । मलाई यो अवसर अचानक नै जुरेको हो । हुन त म गत साल देखी नै मदन भण्डारीमा फोटोपत्रकारिता अध्यापन गराउँदै आएको छु तर पनि कुनै पनि परिक्षामा गार्डका रुपमा बसेको छैन । यस पटक पनि त्यसरी सहभागी हुने कुनै छेकछन्द थिएन । निर्मलसर (मदनभण्डारी कलेजका आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख/मेरा काका (अंकल)) को कार्यव्यस्तताका कारण उहाँको सट्टामा म जानै पर्ने वातावरण बनेकोले यसपटक पहिलो चोटी परिक्षाहलमा मेरो प्रवेश भयो । गैरपरिक्षार्थीका रुपमा । यो नै मेरो पहिलो दिन हो गैरपरिक्षार्थीका रुपमा परिक्षाहल भित्र बसेको । यस भन्दा अगाडी सँधै एक परिक्षार्थीका रुपमा म परिक्षाहल भित्र दाखिल भएको हुन्थेँ । आज पहिलो दिन परिक्षाहलमा विद्यार्थीका लागि पश्नपत्र अनि उत्तरपुस्तिका बाँढेको थिएँ ।
पहिलो पटक परिक्षहलमा परिक्षा सञ्चालनका हेतु गएको हुनाले मबाट कहीँ चुक हुन्छ कि भन्ने मलाई डर लागिरहेकेा थियो । कतै प्रश्नपत्र बाँढ्दा गल्ति त हुँदैन, ढिला पो हुन जान्छ कि अनि हाजिर हुने विद्यार्थीको सँख्या र उत्तरपुस्तिकाको संख्या मिलेन कम भयो भने वा कसैले हाजिर गर्न विर्स्यो भने जस्ता अनेकन कुराहरु मनमा खेलिरहेका थिए । कलेजको जनाउ घण्टि बज्नु अगावै म मेरो लागि तोकिएको कक्षामा पुगें । सो हल ४३ जना विद्यार्थीका लागि रहेछ बिएड तेस्रो वर्ष बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थी रहेछन् मेरो कोठामा । पहिलो पटक भएकाले केही नर्भस भएपनि खासै समस्या चाहिँ भएन । जसरी म परिक्षाहलमा एक परिक्षार्थीका रुपमा दाखिल हुँदा सरहरुले कपी, पुस्तक, झोल अगाडी राख्न लगाउनुहुन्थ्यो त्यसरी नै लगाएँ मैले पनि अनि सुरु भयो उत्तरपुस्तिका बाँढ्ने क्रम । उत्तर पुस्तिका बाँढेको केही समयपछि प्रश्नपत्र बाँढें अनि हाजिर गराउने काम भयो ।
म परिक्षा दिन जाँदा परिक्षा हलमा जस्तो कोलाहलको बातावरण तयार गर्दथे मेरा मित्रगण त्यसरी नै विद्यार्थीगण हल्ला गर्नमा लाग्दथ्यो अनि म हल्ला नगर भन्थें । परिक्षा बंक (अनुपस्थित हुने) गर्नेहरुको सँख्या पनि उत्तिकै थियो । परिक्षामा म बस्दा जसरी साथीहरु अगाडी पछाडी फर्केर गफ गर्थे त्यसरी नै गर्ने प्रयास हुन्थ्यो केही विद्यार्थीहरुबाट म हाम्रा लागि बस्नुभएका गार्डहरुले झैं उनीहरुलाई सम्झाउँथें । मदन भण्डारीका विद्यार्थी मेरो पालाका रत्नराज्यलक्ष्मी कलेजका भन्दा शान्त थिए सायद गैरसरकारी भएकाले पनि हुन सक्छ या कक्षामा शिक्षकले चिन्ने गरेर कम संख्यामा राखेर पढाउने भएकाले पनि हुन सक्छ । उनीहरुको हल्ला कम थियो र बिचमा मैले पूर्ण रुपमा हल्ला बन्द नै गराएँ । सबैको हाजिर लिइसकेपछि को ३ घण्टा मेरो कोठामा उभिएर नै बित्यो । घरि कपि थप्ने त घरि त्यसमा स्ट्याप्लर लगाउने काम । प्रश्न र उत्तरपुस्तिका बाँढेपछि खाली रहेको समयमा म विद्यार्थी अनि हाजिर हुनेको संख्या र अनुपस्थितको संख्या गन्नमा नै व्यस्त भएँ । म निक्कै र्सतर्क थिएँ की मबाट कुनै पनि खालको चुक नहोस् । पटक पटक कपी र विद्यार्थी गनें मैले गल्ति नहोस् भनेर मात्र होइन पहिलो पटक भएकाले आफै माथि विश्वास नभएर पनि हुन सक्छ सायद ।
तीन घण्टामा परिक्षा सकियो । सबै विद्यार्थीको उत्तरपुस्तिका दुरुस्त राखेँ मैले । डर मन मनै गल्ति हुन्छ की भन्ने भएपनि मेरो काम परिपक्व नै भयो । विना कुनै चुक । आजको परिक्षामा बीबीएसका एक विद्यार्थीले निक्कै लेखे उनले चार पटक कपी थपे । मूल कपि भर्न हम्मे हम्मे पर्नेको सँख्या पनि कम कहाँ थियो र ! १० बजे ७ बजे सुरु भएको परिक्षा समाप्त भयो । उत्तरपुस्तिका सहितको फाइल बुझाउनुपर्ने स्थानमा सम्बन्धित व्यक्तिको हातमा दिएर म घर तिर फर्कें । आफू परिक्षामा बस्दा हामी गार्डलाई कडा, छुच्चो भन्ने दृष्टिले हेथ्र्यौं । कतिले त गाली समेत गर्दथे । सरकारी क्याम्पसका विद्यार्थी राजनीतिक हावाले छोएका थर्काउँथे पनि । आज पहिलो पटक यसरी विद्यार्थीलाई पर्यवेक्षण गर्ने गरि परिक्षामा सहभागी भएपछि मलाई मैले परिक्षा हलमा परिक्षार्थीका रुपमा म अनि मेरा साथीले देखाउने व्यवहारलाई समिक्षा गर्दैछु । आजको परिक्षाहलको अनुभवले व्यक्तिगत रुपमा मलाई कन्फिडेन्स त मिलेको छ नै आफ्नो अनि सहपाठीका परिक्षाहलमा प्रदर्शित व्यवहारको समिक्षा गर्ने अवसर पनि ।
Thursday, January 3, 2008
पहिलो पटक गैरपरिक्षार्थीका रुपमा परिक्षाहलमा
Subscribe to:
Post Comments (Atom)
0 टिप्पणियाँ:
Post a Comment