Wednesday, June 11, 2008

राजा ज्ञानेन्द्रले दरबार छाड्नुभो

श्री ५ ज्ञानेन्द्रवीरवीक्रम शाहदेव सरकारलाई यस प्रकारको सम्बोधन सायद मेरो यो अन्तिम हो, आफ्नो शाही महल छाडेर आजबाट पूर्ण रुपमा नेपाली नागरिक हुन गइरहनुभएका विश्वका एकमात्र हिन्दू राजालाई । आज उहाँले हँसिलो मुहारका साथ देशबासीमाझ आफ्ना मनमा लागेका केही कुरा भनेर साधारण जनता हुन बेझिँझक जानुभएको । मैले त पहिले देखी नै जिते हस्तिानपुरको राज हारे चपरी मुनीको बास भन्ने भनाईको आधारमा उहाँको विश्लेषण गर्दै आएको हो । आजबाट उहाँको चपरी मुनिको बास सुरु भएको छ । यो परिणाम उहाँकै काम र कदमले आएको हुनाले साथै त्यसका लागि सबै काम उहाँबाट आफ्नै सोच, धारणा अनुसार भएकाले उहाँलाई उहाँको कामको परिणामका लागि बधाई दिन्छु ।

जेठ १९ गतेको संविधानसभाको बैठकको निर्ण्रय र नेपाली जनताले रोजेको राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्दै राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुभएको छ । नारायणहिटीबाट उहाँ आजै नागार्जुन जानुभएको छ जहाँ उहाँले राती पारिवारीक भोजको समेत आयोजना गर्नुभएको छ । राजदरबारबाट सरकारले व्यवस्था गरेको राजधानी काठमाण्डौंको पश्चिममा रहेको नागार्जुन दरबारमा जान अगाडी आज राजा ज्ञानेन्द्रले नारायणहिटीमा पत्रकारहरुलाई बोलाएर आफ्नो धारणा र्सार्वजनिक पनि गर्नुभयो ।

नारायणहिटीमा पत्रकार सम्मेलन गरि राजाले नेपाली जनताको चाहनालाई स्वीकारेको बताउनु भयो भने राजा र राजपरिवार प्रति विभिन्न समयमा लगाइएका आक्षेपको पनि खण्डन गर्नुभएको । आफुले मुलुकमा शान्ति ल्याउन चाहेको भएपनि आफु सफलहुन नसकेको स्वीकार्दै राजाले आफु मातृभूमि नेपालमा नै रहने र आफ्नो कुनै पनि खालको सम्पत्ति बिदेशमा नभएको बताउनुभयो ।


हंसिलो रुपमा प्रस्तुत हुनुभएका राजा ज्ञानेन्द्रले पत्रकाहरु अशिष्ट पारामा हल्ला गरिरँहदा पत्रकाहरुलाई शान्त हुन आग्रह गर्दै आफ्नो चार पेज लामो वक्तव्य पढेर सुनाउनु भएको थियो । जेठ १५ को संविधानसभाको घोषणा पछि नागरिकका रुपमा रहनुभएका राजाले पहिलो पटक नेपाली दाजुभाई तथा दिदीबहिनी भनेर संवोधन गर्नुभएको थियो । राजाले आफ्नो वक्तव्यमा आफ्ना अघिल्ला कदमहरुको बचाउ र पछि पनि सक्रिय नागरिकका रुपमा नेपालमै बस्ने बताउनुभएको छ । राजाले वक्तव्यमा आफु नेपालको कार्यकारी रहेको समयमा कार्यसम्पादनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । राजाले आफुबाट विगतमा गल्ति भएको भए क्षमा दिन आग्रह गर्दै नेपालमा नागरिकका रुपमा बस्नमा नेपाल सरकारले सहयोग गर्ने आशा व्यक्त गर्नुभएको छ ।


राजा ज्ञानेन्द्रले श्रीपेच र राजदण्ड बेचेको भनेर राजधानी काठमाण्डौंमा केही श्याम श्वेत कलेबरमा प्रकाशन हुने टेब्लोइड साप्ताहिक र पार्टी प्रेसले हल्ला चलाएकोमा दुख व्यक्त गर्दै शाह परिवारको पारिवारिक विरासतका रुपमा रहेको श्रीपेच र राजदण्ड नेपाल सरकारलाई चिरकाल सम्मको लागि सुरक्षित रुपमा राख्न दिएको बताउनुभयो ।

धेरै समय आफ्नो परिवार प्रति लागेको आक्षेपको खण्डन गर्नुभएका राजाले आफु नेपालमा गणतन्त्र स्थापना गर्नका लागि सहजकर्ताका रुपमा सहयोगी बनेको बताउनुभएको थियो । राजा नारायणहिटीबाट नागार्जुन जाँदा नारायणहिटी र नागार्जुन वरपर र्सवसाधारणको ठूलो भिड जम्मा भएको थियो ।





राजाले आज शाही महल छाड्नु अगाडी दिनुभएको वक्तव्य/सन्देश

नेपाली दाजुभाइ, दिदीबहिनीहरू,

चारवर्ण छात्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा २४० वर्षघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र संवेदनशील सङ्क्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्राणित हुँदै आएको र्सवविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातान्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता र्सवभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैँ जीवन मूल्य मानिआएका छौँ । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।

देशमा आजभन्दा सात वर्षगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्पराअनुरूप मुलुकको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु । तत्कालीन हिन्दूअधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आवस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन् ।

मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरार् इश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फ नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तरराष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु । नियतिनै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शीरमा पहिर्‍याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न त चाहना थियो, न त इच्छा, न त कुनै भूमिकाको गुञ्जायस नै थियो । त्यस्तै २०५८ साल जेठ १९ गते राति दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदीपर्ूण्ा घटना राजदरबारमा घट्दा मेरो पुजनीय दाजु-भाउज्यूलगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँशु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापर्ूवक म र मेरो परिवारमाथि लगाइएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न त कुनै उपाय नै थियो, न त हाम्रोतर्फाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पर्ूवाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तररूपमा भइरहृयो जुन मेरो लागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यससम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाका बारेमा सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविहृवल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावनालाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।

यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्नेजस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन । नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागतरूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत सात वर्षा मैले कुनै पनि सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु ।

जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णय लााई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छोडेर जाने सोच बनाएको पनि छैन । म मातृभूमि नेपालमा नै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु ।

हामी नेपालीका महान पर्ूवजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहेपनि सदासमर्पित रहने प्रण गर्दछु । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ।

परम्परागतरूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षितरूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु ।

अन्तमा, राष्ट्राध्यक्षका रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन् हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए गरेका कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको अधिकार हनन् हुन गएको भएमा अञ्जानमा यस्तो काम हुन गएको वास्तविकता सबैले बुझिदिनु हुनेनै छ भन्ने आशा लिएको छु । विगत सात वर्षो कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिकहरू, संवैधानिक निकायहरू, न्यायिक क्षेत्र, सुरक्षा निकायहरू, राष्ट्रसेवकहरू, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक सङ्घसंस्था, नागरिक समाज, पत्रकार, राजप्रासादसेवाका कर्मचारीलगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधैँ भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तरराष्ट्रिय जगत् र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारकातर्फाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुनेनै छ भन्ने आशा लिएको छु ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।

0 टिप्पणियाँ: