राजा वीरेन्द्रको वंशनाश गर्ने गरि हत्या गरिएको दिन जेठ १९ ।
नेपाललाई शान्ति क्षेत्र घोषणा गर्दै विश्वव्यापी मत नेपालका पक्षमा उतार्न सफल राजा वीरेन्द्र जनताका बीचमा अति नै लोकप्रिय हुनुहुन्थ्यो । उहाँको शान्ति क्षेत्र अभियानलाई नजिकैको छिमेकी भारतले गरेको असहयोगका कारण उहाँको नेपाललाई शान्त र समृद्ध मुलुक बनाउने योजना तुहिन पुग्यो ।उहाँको हत्याका कारण नेपालको शान्तिक्षेत्र घोषित हुने चाहना अनन्तकालका लागि रोकिन पुग्यो जुन सायद अब पुरा हुँदैन क्यार
उहाँ राजदरबारको अति नै सुरक्षित हलमा मारिनुभयो । उहाँका छोरालाई त्यसको बात लागेपनि उहाँका वंशहत्यामा अर्न्तराष्ट्रिय शक्तिकेन्द्रको हात रहेको ठानिन्छ । विशेष गरेर नेपालमा माओवादी विरुद्ध सेना परिचालन गर्न नमानेको र २०४६ सालमा भारत सँग भन्दा नेपाली जनतासँग मिलेर प्रजातान्त्रिक मुलुकका रुपमा नेपाललाई र्सार्वभौम र स्वतन्त्र राखेको कुरामा भारत उहाँ सँग असन्तुष्ट रहेको थियो । उहाँको हत्या पछि बढेको भारतीय हस्तक्षेप र भारतले नेपाली राजनीतिक अस्थिरताबाट लिएको फाइदा हर्ेर्नेहरु उहाँको हत्यामा भारतीय गुप्तचर एजेन्सीको हात रहेको बताउँछन् ।
नेपालमा उहाँ भन्दा अगाडी राष्ट्रवादी अनि विशिष्ट प्रतिभा भएका कम्युनिष्ट नेता मदन भण्डारीलाई पनि जेठ १९ कै जस्तो भिन्ने प्रकृतिको अपत्यारिलो दर्ुघटनामा पारेर हत्या गरिएको थियो । दक्षिण एशियाका भारत बाहेकका मुलुकका विशेष क्षमतावान व्यक्तित्वको हत्या हुने क्रम आजसम्म पनि जारी छ ................
आज नेपाल गणतन्त्रमा प्रवेश गरेको छ । त्यसले पनि आजको दिनलाई स्मरणीय गराएको छ । नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा सामान्य संवैधानिक व्यवस्था समेत नअपनाई गठन नै हुने प्रक्रिया नपुगेको संविधानसभाबाट गरिएको छ । त्यसैको चार दिन पछिको दिन आज..........जनप्रेमी राजा वीरेन्द्रको सम्झना नेपाली मनले गरेको छ...............भोलिका दिनमा भारतीय हस्तक्षेप र अशान्ति बढ्दै जाँदा नेपाली जनले राजा वीरेन्द्रलाई सँधै सम्झने छन्...........
SMAT timeline and commencement of SSCT
3 weeks ago
1 टिप्पणियाँ:
पुरानो कुरा खै' के गरिरहनु !
Post a Comment