Saturday, December 29, 2007

मदन भण्डारी मेमोरियल कलेजमा ब्लग चर्चा

सच्च्याएको/थपेको

(पहिला पब्लिस भएको पोष्ट मैले मोबाइलबाट चर्चाको कार्यक्रम भइरहेको समयमा गरेको हुनाले केही नमिलेको जस्तो लागेकोले घरबाट सच्च्याउन लागि रहेको छु थप कुरा सहित ।)

मदन भण्डारी कलेजका विशेष गरेर बीए तेस्रो वर्षा विद्यार्थीहरु ब्लग (अहिले चिने जाने र मानेको अल्टरनेटिभ मिडिया) बारे निक्कै उत्सुक भएको मैले पाएँ । गत साताको शनिबार मैले अल्टरनेटिभ मिडियाको बारेमा सानो कुरा उठाउँदा उनीहरुले देखाएको उत्सुकता मलाई मन परेकोले मोबाइल ब्लगिङ्ग साथै सबैलाई एक एक ब्लग बनाउन मैले भनेको थिएँ जसलाई धेरैले फलो गरेका छन् । आज उनीहरुकै तत्परतामा ब्लग तथा वेब जर्नालिज्म बारे काठमाडौं पोष्टका उज्जवल आचार्य (नेपाली भ्वाइसका ब्लगर) सँग अर्न्तक्रियात्मक कार्यक्रम भएको थियो । जुन धेरै जसो ब्लग नै केन्द्रित भएकाले मैले त्यसलाई ब्लग चर्चाको शीर्षक दिएको हुँ ।

मोबाइल ब्लगिङ्ग मैले गरिरहेको हुनाले अघिल्लो पोष्ट त्यसैको प्रदर्शन मात्र हो । जुन मैले मदन भण्डारी कलेजमा नै प्रोजेक्टरमा विद्यार्थीहरु माझ प्रस्तुत गरेँ । यसबारेमा मैले यमबहादुर दूरा सर मोबाइल इन्टरनेटबारे निक्कै उत्सुक भएको मैले आज फिल गरें । त्यसो त मदन भण्डारीका अन्य सरहरुको प्रविधि प्रतिको चासो पनि तारिफ योग्य नै रहेको छ । विद्यार्थीहरुमा बलराम प्रजापती यसबारेमा निक्कै उत्सुक छन् उनले मसँग यसबारेमा जानकारी लिएर मोबाइलबाटै ब्लग पोष्ट पनि गरिसकेका छन् । उनलाई मोबाइल ब्लगिङ्ग गरेकोमा म बधाई पनि दिन चाहन्छु ।

आजको प्रिजेन्टेसन कार्यक्रममा अनलाइन माध्यमका बारेमा विद्यार्थीहरुको उत्सुकता मेरो लागि विशेष चासोको विषय बन्यो । मेरो आजको विहानी सबै ब्लग चर्चाकै कार्यक्रममा बित्यो आफ्नो रुचिको विषय भएका कारण यसमा रमाइलो लाग्ने नै भयो । अँग्रेजी भाषामा ब्लग लेख्न थालेको दश वर्षपुगेको छ र यति छोटो समयमा अँग्रजी भाषाले निक्कै धेरै ब्लगहरु पाएको छ । नेपाली भाषामा पनि ब्लग लेखनले व्यापकता पाउनु पर्दछ । हामी युवाहरु त्यस तर्फनै बढि अग्रसर हुनुपर्छ भन्ने मेरो धारणा छ । त्यसैले नेपालीमा ब्लग लेख्नु र लेख्न लगाउनमा नै म केन्द्रित भइरहेको छु । मदन भण्डारीका विद्यार्थीहरु नेपाली ब्लग लेखनमा अगाडी आउलान् र नेपाली ब्लगको क्षितिजलाई थप व्यापक बनाउलान् भन्ने मेरो आशा छ ।

अनलाइनको यो ब्लगमण्डलमा नेपाली स्थान बनाउनमा नै हामी केन्द्रित हुनुपर्दछ मेरो मनमा लागेको कुरा यत्ति मात्र हो । अनलाइनमा भर्चुअल नेपाल अब देबनागरीमा देखिनुपर्दछ । जसमा नयाँ साथिहरुको सहभागिता र आगमनक जरुरी छ ।


आज मदन भण्डारी कलेजका विद्यार्थीहरुले ब्लग बारे छलफल कार्यक्रम राखेका
छन् । जहाँ म सहभागि छु प्रिजेन्टेसन गर्नुभएको छ काठमाण्डौँ पोष्टका
उज्ज्वल आचर्यले । यो पोष्ट पनि कार्यक्रम स्थल बाटै गरेको छु ।

1 टिप्पणियाँ:

Anonymous said...

कुरा त ठिकै हो ।
तर पनि नयाँ ब्लगरहरु अगाडि बढ्न सकिरहेका छैनन् । खै के गर्ने र ?