Friday, February 9, 2007

अन्तै गइस्यो रे शिव–पार्वती त !


— मदन मणि अधिकारी

''प्रभो ! हे देवाधिदेव !! उठिस्यो न भन्या ।'' ब्रह्मतत्वमा लीन भएर परमानन्दको अनुभूति गर्दै रहेका देवमाथिका उपरदेव भगवान्‍ भोलेनाथलार्इ माता पार्वतीले घच्घच्याउनुभयो । एक भमट रनक्क रिस उठ्‍यो प्रभूलाइ एक लात जमाएर खुमरुर्‍याइदिउँ भmँै जङ्‍ नचलेको पनि होइन । तै पनि त्रmोधको पारोलार्इ ओरालेर खिसिक्क हाँस्नुभो भोलेनाथ !


''कति सुकला होइस्या ? अघिदेखिन् बोलाउँदा पनि नउठिसिने !'' पार्वती माताबाट आँखीभौं कर्काउँदै मर्जी भयो । ''के भो पि्रय ? किन भंग गरेकी मेरो ध्यान ? मलार्इ यस्तो बेलामा टोकसेकेा मन पर्दैन भन्ने तिमीलार्इ हेक्का छैन कि कसो ?'' स्वरलार्इ किञ्चित जर्खरो पारेर महादेवले प्रश्न तेस्र्याउनुभो । ''कस्तो भुलिस्या होला । शिवरात्रि आइसकेन ? भmन्‍ अस्ति नै देखी शिवरात्रिमा घुमाउन लाने भनिस्या..........''

हिमालयपुत्रीले अनुहार फुस्रो पार्दै यति भनिसकेपछि देवाधिदेव पशुपतिनाथलार्इ साह्रो पर्‍यो । ''ए हो त'' मनमनै गमे बूढाले ''पार्वतीलार्इ घुमाउन लैजाउँला भनेकै त थिएँ नि !'' त्यस पछि महादेव जुरुक्क उठेर तनक्क आङ तन्काउन लाग्नुभो भने पार्वती लाग्नुभो श ृङ्‍गार(पटार गनर्े काममा । हाम्रा महादेवलार्इ त के छ र, नाङ्गै हिँड्‍दिए पनि कसले के भन्छ ? ''बडाले जो गर्‍यो त्यो हुन्छ शास्त्रसम्मत, छैन शंकरको नंगा भेष्ा निन्दित'' भनेर कविले कविता त्यसै कथेका हुन्‍ त ! जटाजुटधारीलार्इ आफ्नो ख्याल नै कति पो रहन्छ र । उहाँलार्इ त जे भए पनि ठीक जसो भए पनि ठीक । तब न महादेव । प्रभूलार्इ जङ चल्नुपर्छ कालकूट विष्ा समेत घटघटी पार्दिनुहुन्छ । अभmैसम्म कण्ठ नीलोको नीलै छँदैछ ।

'भगवान्‍ नीलकण्ठकी(जय, जय, जय' भनेर चाकरीवाजहरुले जयघोष्ा गर्दानगर्दै पशुपतिनाथले एेनामा आफ्नो हुलिया नजर गरिसक्नुभएको थियो । यसोउसो गर्दागर्दै अबेर होलाहोलाजस्तो भइहाल्यो । ''ए नन्दी, खै कहाँ गयो यो पनि ?'' च्याँटि्‍ठनुभयो इशानेश्वर । नन्दी भने कुनातिर छेल परेर उङ्‍दै थिए, आवाजले भmसङ्ग भmस्के र हतपतमा हाजिर भए । ''सुत्याथिस् कि कसो ?'' भनेर प्रभूले हकानर्ुभो र नन्दीको पीठमा आसन जमाइ पनि हाल्नुभयो । उता माता पार्वतीको शृङ्‍गार(पटार सकिएकै थिएन ।

''कतै जान लाग्यो, यस्तै ताल...'' भुतभुताए बुढा । जेहोस्, एकछिनपछि देवी पर्वतपुत्रीको सवारी भो । ''आज निक्कै राम्री पो देखियौ त पि्रये'' भनेर महादेवले ठट्टा गर्दा मसक्क मस्किनुभयो उहाँ । ''अँ, ल अब मत्र्यमण्डल पृथ्वीको नेपालमा मेरो पि्रय पाशुपत क्ष्ोत्रतिर लैजा'', आवाज अलि रोबिलो बनाउँदै शिवजीले आदेश दिनुभो नन्दीलार्इ ।

''के अरे ? नेपाल जाने अरे ? म त जान्नँ पतिदेव'', पार्वतीले ठ्‍याक्कै कुरा काट्‍नुभो ।

''के भन्छिन् यी ? किन नजाने नेपाल ? भmन्‍ माइती देशमा जान पाउँदा खुशी हेलिन् भन्ठानेको त जान्न पो भन्छिन् ए !'' ''जेसुकै भन्नोस्, म त एक, दुर्इ, तीन जान्नँ । जान्नँ भनेपछि ठ्‍याङ्‍गै जाँदैजान्नँ । नेपालका मान्छेले हाम्रो भत्तmि गर्नै छाडिसके । त्यसै बाहिर देखावटी गरेर हुन्छ र, भित्री हृदयमा हाम्रो इज्जत, आदर भए पो । हेरिस्योस् त पाशुपत क्ष्ोत्रको दुर्दशा । त्यस्तो फोहोर ! भ्रष्टाचार उस्तै मौलाएको छ । हत्या, हिंसा, लुट, बलात्कारको ख्याल गर्दा त नर्कजस्तो बनाइसके । पातकीहरु नै अभm नैतिकता, सुशासनको भाष्ाण्ा ठोक्छन्‍ । हरे शिव, कसरी जानु त्यस्तो ठाउँमा ! म त जान्नँ प्रभो ।''

बूढा महादेवलार्इ पनर्ु पीर पर्‍यो । कुरो यसो गमेर हेर्दा ठीकै पनि हो । न त धर्म छ, न त नैतिकता नेपाल र नेपालीमा । विधर्मीको उत्पातै चलखेल, विशेष अवसरमा आक्कल भmुक्कल आउने राष्टि्रय सम्बोधनमा पनि आफूलार्इ कुनै प्रार्थना छैन । फेरि जातिय क्षत्रिय रुपमा दंगा भड्‍कार्इदिएका छन्‍, जनै लगाउने शिवजीलाइ बाहुन/क्षत्रीको कोटीमा राखेर राजनीति गर्लान्‍ भन्ने डर । त्यसपछि त बूढा लत्रिए, ''उसो भए भन न त पि्रये, हामी कता जाने ?'' ''अन्त जहाँ गए पनि यो नेपालचाहिँ नजाने प्रभो । जबसम्म पाशुपत क्ष्ोत्रको दुर्गति हट्‍दैन, शासक र शासनमा नैतिकता आउँदैन जबसम्म नेपाल पहिला जस्तै पवित्र हुँदैन, तबसम्म नजाने ।'' पार्वती माताको दृढोत्तmि यस्तै थियो ।

तहाँ उप्रान्त टेक्नोलोजीले सुसज्जित भएको देवाधिदेव महादेवको नीजि सचिवालय कैलाशदेखि एउटा र्इ(मेल भेजिएको छ, अरे उपरोत्तm बेहोरा खुलाएर अर्को सालसम्ममा स्थिति सुधि्रएदेखि शिव(पार्वती पाशुपत क्ष्ोत्रमा आउन सक्नुहुन्छ रे । यो सालचाहिँ उहाँहरु अन्तै गइस्यो रे !

0 टिप्पणियाँ: