Tuesday, February 6, 2007

ऋग्वेदमा सूर्य-सन्दर्भ

ऋग्वेदमा सूर्य-सन्दर्भऋग्वेदमा सूर्यस“ग सम्बन्धित जम्मा १४ सूक्त छन् । तीमध्ये ११ सूक्तहरु सूर्यको उपवर्ण्र्ाा, स्तुति या महत्व-प्रतिपादक छन् । ऋग्वेद तथा वैदिक परम्पराका ग्रन्थहरुमा सूर्यका अनेक नामहरु पाइन्छन्, जस्तै- मित्र, अर्यमा, भग, वरुण, दक्ष, अंश, धाता, विवस्वान्, आदित्य, इन्द्र, पूषा, त्वष्टा, सविता, विष्णु, सूर्य, रवि, आदि । वस्तुतः सूर्य एकै हुन् र कर्म, काल, परिस्थिति अनुसार उनका विविध नाम राखिएका हुन् । यी प्रत्येक नामले छुट्टाछुट्टै अर्थ बोकेका छन् । उदाहरणकालागि 'आदित्य' नामलाई लिऊ“ । 'आदित्य' किन भनियो - अदितिलाई सूर्यकी माता पनि मानिएको छ । यिनै अदितिको नामबाट सूर्यलाई आदित्य पनि भनिएको हो । पुराणहरुमा अदिति कश्यप ऋषिकी पत्नी एवम् देवमाता (एक नारी) की रुपमा वर्ण्र्ाागरिएकी छन् । परन्तु, 'अदिति' शब्दको यौगिक अर्थ 'अखण्ड' हो भन्ने संस्कृतज्ञहरुको मत छ । यस अर्थमा हेर्दा ऋग्वेदले सूर्यलाई कुनै अदिति नामकी नारीको पुत्र भन्ने जनाउनकालागि भन्दापनि कुनै गूढ अर्थमा 'आदित्य' नामले सम्बोधन गरेको बुझिन्छ । ऋग्वेदमा सूर्यका सर्न्दर्भमा बताइएका तथ्यहरुलाई आधुनिक विज्ञानको आ“खाबाट हेर्दा रोचक लाग्दछ । जस्तै : आधुनिक विज्ञानले प्रमाणित गरेको छकि सूर्यको किरणमा सात रङ्ग समेटिएका हुन्छन् र ती सात हु“दाहु“दैपनि तिनमा एकत्व छ । यसैलाई जनाउने गरी ऋग्वेद मंडल २, सूक्त ३६(२ मा भनिएको छकि सूर्यको एक चक्रवाला रथमा सात घोडा जोतिएका छन् र एकै अश्व ढकिरण) सात नामले रथ बोक्दछ । सूर्यको किरण सेतो रङ्गको देखिन्छ, तर यसमा सात रङ्ग निहित छन् । अनि ती सात रङ्गलाई संयोजन गर्दा एकै रङ्ग ढसेतो) बन्छ भन्ने तथ्य त हाम्रा विज्ञान पढ्ने विद्यार्थीले विद्यालयमा 'प्राक्टिकल' गरेर हेरिरहेकै छन् ।अर्को एक सर्न्दर्भ हेरौं । हामीले अनुभव गरेकै कुरा होकि प्रातः कालमा सूर्य उदाउनु भन्दा केही समय अघिनै उज्यालो हुन्छ र यसलाई उषाकाल भनिन्छ । ऋग्वेद मंडल १, सूक्त १२३, मन्त्र ८ मा भनिएको छकि उषा सूर्यभन्दा ३० योजन अगाडी रहन्छे । यसबारेमा आचार्य सायण लेख्नुहुन्छ( "उषा सूर्यभन्दा ३० योजन पूर्वगामिनी भएकी हुनाले सूर्योदय भन्दा करीब आधा घण्टा पहिले उषाको उदय मान्नुपर्छ ।" अझ अर्को वैज्ञानिकतापूर्ण उदाहरणको रुपमा ऋग्वेदमै मंडल ५, सूक्त ४०, मन्त्र ५(९ मा सूर्यग्रहणको पूर्ण विवरण छ । यसैगरी विभिन्न मन्त्रहरुमा सूर्यको कारणले नै वर्ष महिना, दिन र रात हुने हो भन्ने तथ्य बताएको देखिन्छ । साथै, तेह्रौं महिना -मलमास अथवा मलिम्लुच) बारेमा पनि बताइएको छ । सौर र चान्द्र दुबै मास वैदिक कालमा प्रयुक्त हुने र ती दुईमा सामञ्जस्य ल्याउन अधिक् मास वा मलमास मलिम्लुच पनि राखिएको ऋग्वेदबाट ज्ञात हुन्छ । यो प्रचलन आजैसम्म पनि यथावत् छ । ऋग्वेद( १।१५५।६ मा कालका ९४ अंश बताइएका छन् । संवत्सर, दुई अयन -दक्षिणायन र उत्तरायन), पा“च ऋतु -हेमन्त र शिशिरलाई एकै मानिएको), बाह्र महिना, चौबीस पक्ष, तीस अहोरात्र, आठ पहर र बाह्र राशि गरी यिनको संख्या जम्मा ९४ हुनआउ“छ । ऋग्वेद( १०।१४९।१ मा सूर्यको आकर्षा शक्तिको कारणले नै पृथिवी र अन्तरिक्षलाई अड्याएको बताइएको छ । सौरमण्डलको अवस्थिति सूर्यकै कारणले हो र यसमा आकर्षाशक्ति रहेको छ भन्ने तथ्य अनादि कालदेखिनै आर्यहरुलाई थाहा थियो भन्ने कुराको बलियो प्रमाण मिल्छ । सूर्यको किरणले अनेक रोगहरुको निवारण गर्न सकिने कुरा पनि आधुनिक वैज्ञानिकहरुले बताएकै छन् । उता, ऋग्वेदमा रोग-निवारणार्थ सूर्यको किरण उपयोगी हुने तथ्य बताउने तीन मन्त्रहरु छन् । मंडल १, सूक्त ५० मा मन्त्र ८, ११, र १३ ले सूर्य किरणबाट रोगको उपचार बारेमा बताएका छन् । वैदिक वाङमयका अन्य ग्रन्थहरुमा यसको विस्तार छ“दैछ । सूर्य नमस्कारलाई उपचार पद्धतिको रुपमा स्वीकार गरेर आरोग्यलाभ गर्नेहरु त्यसका प्रत्यक्ष प्रमाणका रुपमा आजपनि भेटिइन्छन् ।चन्द्रमाको आफ्नो प्रकाश हु“दैन र यो सूर्यको प्रकाशले प्रकाशित हुने हो । यो यथार्थता आज विज्ञानको सामान्य विद्यार्थीलाई पनि थाहा छ । खुशीको कुरा छकि ऋग्वेदमा स्पष्टतः यही कुरा बताइएको छ । मंडल १, सूक्त ८४, मन्त्र १५ को व्याख्या गर्दै सायणले अर्थ्याएका छन्( "सूर्यको एक किरण चन्द्रमण्डललाई प्रदीप्त गर्दछ । सूर्यबाट नै चन्द्रमामा प्रकाश आउ“छ ।" -अथाप्यस्यैको रश्मिश्चन्द्रमसं प्रति दीप्यते । आदित्यतो˜स्य दीप्तिर्भवति ।।) यसको अलावा, ऋग्वेदमा खगोलवर्त्तीप्तषिर्, ग्रह, तारा तथा उल्का आदिको पनि उल्लेख छ । सौर परिवारको बारेमा वैदिक विज्ञानलाई विस्तृत ज्ञान भएको देखिन्छ । वैज्ञानिकताको आ“खाले जा“च-परख गर्ने होभने यस्ता अनेकौं उदाहरणहरु भेटिनेछन्, जस्ले ऋग्वेदको र्सार्वजनिनताको थप प्रमाण दिनेछन् । बाकसभित्र बहुमूल्य सम्पत्ति त छ, तर त्यसको सदुपयोग गर्न सक्ने वा नसक्ने भन्ने कुरा त हाम्रो क्षमता वा अक्षमताले निर्धारण गर्दछ । "ल्हासामा सुन छ, कान मेरो बुच्चै" लाई चरितार्थ गर्न पटक्कै हु“दैन र "बाबुले घिउ खाएका थिए, नपत्याए मेरो हात सू“घ्" भन्ने प्रवृत्तिले पनि हु“दैन । पुनर्जागरणको युग नआई यस्ता वैदिक युगका कुरा कुरैमा सीमित रहनेछन् । धार्मिकतायुक्त विज्ञान एवम् वैज्ञानिकतायुक्त धर्मको समन्वयात्मक विश्व-दृष्टिकोणको उत्थान नभइकन हु“दैन । हाम्रो देशमा सरकारी सहयोग एवम् आर्थिक योगदानमा वैदिक शोध संस्थान हुनुपर्ने देखिन्छ, तर नेपालमा एउटैपनि वैदिक शोध संस्थान नहुनु अवश्यै खेदको कुरा हो । अस्तु ।
निर्मलमणि अधिकारी

0 टिप्पणियाँ: