Saturday, October 18, 2008

नयाँ नेपालको नयाँ बिहे

मंसिर आउन अझै एक महिना बाँकी छ । वैदिक तरिकाले विवाह गर्ने हो भने । नत्र त आजकलको विवाहका लागि केहीले छेक्दैन केटा केटीको कुरा मिले पुग्छ । न साइत न त चिना नै जुराउनुपर्ने । त्यसैले त भन्नेहरुले बाटो राख्देका छन् मियाँ बीबी राजी तो क्या करेगा काजी ।

काजीले मात्र होइन दुई जनाको सहमती भएपछि कसैले केही गर्न सक्दैन हो विवाहको मामलामा । त्यसमा पनि नयाँ नेपाल नयाँ थालनी गर्ने समय छ । नेपाल नै नयाँ भएपछि अब जिवनशैली र पद्दती पनि त नयाँ हुनुपर्‍यो नभए बनाउनु पर्‍यो चलन हैन ! त्यस्तै नयाँ विवाह पद्दतीको सुरुवात गरेका छन् दमकका एक जोडिले ।


जे कुरामा पनि नयाँ काम गरेर रेकर्ड देखाउने चलन कै निरन्तरता भन्ने कि विवाह गर्ने परम्परामा निरन्तरताको क्रमभंग जे भनेपनि त्यही गरेका छन् दमकको मंगलदीप मार्केटका सुवास र अर्चनाले । हो यि दुई जनाले नेपाली समाजमा कल्पना नै नगरिएको तरिकाले विवाह गरेका छन्, पत्रिकामा विज्ञापन गरेर । आजको नेपाल समाचारपत्र हेर्नुस् न । वैवाहिक कार्यक्रमको जानकारी भनेर रंगिन विज्ञापन दिएर सुवास र अर्चनाले आफूहरुले विवाह गरेको सार्वजनिक गरेका छन् ।



नयाँ अर्थमन्त्रीको फजुल खर्च रोक्ने नीतिलाई समर्थन गरेर हो वा के हो खै म के भनुँ उनीहरुले नयाँ नेपालमा नयाँ फजुल खर्च रोक्ने चलन बसाउन यस्तो विज्ञापनिक विवाह गरेको बताएका छन् । विज्ञापनमै हेर्नुस् न ।
Ad_Bata_Bihe
ठूलो पारेर हेर्नुस् न लौ यहाँ क्लिक गर्नुस्




उनीहरुले आफ्नो विवाहमा लाग्ने खर्च वापतको रकम विभिन्न सामाजिक संघसंस्थालाई सहयोगका रुपमा दिएका छन् । उनीहरुले विज्ञापनमा आफूले सहयोग गरेको संस्था र रकम साथै आफूहरुलाई यस्तो विज्ञापनिक विवाह गर्न सहयोग हौसला दिनेको नाम समेत र्सार्वजनिक गरेका छन् । उनीहरुको विवाह गर्ने यो नयाँ शैली कस्तो लाग्यो तपाइँलाई ? तपाइँको विचार यस विवाह प्रति सकारात्मक या नकारात्मक जे भएपनि त्यसबारे लेखिहाल्नुस् है । तलको कमेन्ट बक्समा मात्र होइन यो मेलआइडीमा subash_bhatt@hotmail.com वा suba_bhatt@yahoo.com मा तपाइँको धारणा मेल गर्नुस् । विज्ञापन गरेर विवाह गर्ने जोडिले सकारात्मक या नकारात्मक जस्तो भएपनि यस विवाह प्रतिको तपाइँको धारणालाई पुरस्कृत गर्नेछ । दुईहजार रुपैंया साथै राष्ट्रिय दैनिकमा तपाइँको धारणा प्रकाशित गरिदिने पनि भनेका छन् उनीहरुले ।
Ad_Bata_Bihe_Raya

वैवाहिक विज्ञापनमा उनीहरुले राजनीतिक दललाई भने यस्तो अनुरोध गरेका छन् ।
Ad_Bata_Bihe_Rajnitik Dal Lai_Anurodh


0 टिप्पणियाँ: