Sunday, July 13, 2008

भानु जयन्ती, नेपाली जयन्ती

हामी नेपालीका आदिकवी भानुभक्त आचार्यको संझनामा आज विश्वभरका नेपाली भाषीले भानु जयन्ती मनाए । भानुभक्तको गाउँ चुँदी र त्यहाँको उनको घरको भग्नावशेषले नेपाली हुँ भन्नेका लागि भने गिज्याइ रहेको छ । राजनीतिक नेताका नाममा लाखौंको कोष सरकारले तयार पारेको छ तर सबै नेपालीका आदिकवीको घरको जिर्णोद्धारमा सरकारले वास्ता गरेको छैन । भारतको भाषा हिन्दीमा सपथ गर्ने कथित लोकतन्त्रवादी भनाउने नेताहरुले नेपाल र नेपालीको हित नगर्ने त पक्का देखिएको अवस्थामा उनीहरुले भानुभक्तलाई वास्ता नगर्नु त के ठूलो कुरो भो र ?

सरकारले लोकतन्त्रको नाममा नेपाली अस्मिता र पहिचानका दिवसहरु मनाउन छाडेको छ । भारतीय पपेट बनेका कथित सात राजीनितीक दल र तिनको सरकारले भानुभक्तलाई अनादर गर्ने क्रम बढिरहेको छ । तर पनि नेपाल र नेपालीको अस्तित्व चन्द्र र र्सूय रहुन्जेल रहन्छ । गिरिजा, प्रचण्ड, यादव, महतोले जति टाउको फुटाले पनि भानुभक्तलाई नेपालीका मन र लवजबाट बाहिर लान कसैले सक्दैन ।

यो तस्विर माइसंसारको हो । के यसमा देखिएका युवाको दिमाग होला मलाई त छैन जस्तो लाग्छ । हेरन मुख पनि आतंककारीले झैं छोपेको छ । ओ भाई तिमी अफगानस्तानबाट आएको हो ?

4 टिप्पणियाँ:

Alvin Adhikari said...

Malai Yo Blog Dherai ramro lagyo
Aajhai pani yesko unnati ra pragatiko kamana garda6u

Anonymous said...

Malai Yo Blog Dherai ramro lagyo
Aajhai pani yesko unnati ra pragatiko kamana garda6u

Unknown said...

Malai Yo Blog Dherai ramro lagyo
Aajhai pani yesko unnati ra pragatiko kamana garda6u

Aakar said...

यसो फोटो हेर्दा जनकपुर भानुचोक को सालिक भत्काएका जस्तो छन् । अनि फुटाइएको सालिक माथि उभिएर निकै पुरुषार्थ देखाएजस्तो लाग्दो हो, त्यसलाई !
जो नेपालीलाई आफ्नो मान्दैन र पुर्खाको सालिक भत्काउन उद्दत छ, त्यो नेपाली हुन सक्दैन ।
सायद यस्तै तत्वहरुले गर्दा हाम्रो देश झनै दलदल मा फस्दै गइरहेको होला !