Saturday, August 16, 2008

रक्षा बन्धन

लोकतन्त्रको स्थापना भएपछि धार्मिक क्षेत्रका मुल्य र मान्यतामा अनावश्यक रुपमा राजनीतिक र सरकारी हस्तक्षेपहरु हुन थालेका छन् । कतिपय अवस्थामा अति नै नराम्रो अर्थदिने तरिकाले राजनीतिक र सरकारी निर्णयहरु भएका छन् आजकल । आज महान पर्व रक्षा बन्धनको दिन एका विहानै क्रिश्चियन धर्मको प्रचार गर्ने कार्यक्रम बजाउँदै थियो नेपाल टेलिभिजन । हिन्दूहरुको महान पर्वको दिनमा सवेरै क्रिश्चियनको धर्म प्रचार गर्नुको अभ्रि्राय के हो ? कथित धर्म निरपेक्षताको आडमा बहुसंख्यक जनताको धार्मिक आस्था सँग जोडिएको राष्ट्रिय पर्वकै दिन पार्नु पथ्र्यो क्रिश्चियनको कार्यक्रम दिन । एक दशक अगाडी भारतमा आएका एक क्रिश्चियन पादरीले पाँच वर्षभित्र नेपाललाई धर्म निरपेक्ष बनाउने र नेपालको आधा जनसंख्यालाई दश वर्षा क्रिश्चियन बनाइ सक्ने घोषणा गरेका थिए रे ! अमेरिकी दूतावास र भारतीय दूतावासको नेतृत्वमा स्थापित अहिलेको राजनीतिक व्यवस्थाले त्यसैलाई सघाउ पुर्‍याँउँदै गएको त होइन ?

महान पर्व रक्षा बन्धनको दिनमा पशुपतिनाथमा देखिएको दृश्य । रक्षा बन्धनका लागि ताओ तयार पारिँदै ।
रक्षा बन्धन ग्रहण गर्दै बालक । बागमतीमा श्रद्धालुले चढाएका पैसा खोज्दै बालकहरु । दिउँसो खाली भएको समयमा सुस्ताउँदै ।

छाता ओड्ने तरखर । छाता ओडेर रक्षा बन्धन ग्रहण गर्नेको पर्खाइ
दिउँसो झकाउँदै साना ब्राम्हण ।

0 टिप्पणियाँ: