हामी नेपालीका आदिकवी भानुभक्त आचार्यको संझनामा आज विश्वभरका नेपाली भाषीले भानु जयन्ती मनाए । भानुभक्तको गाउँ चुँदी र त्यहाँको उनको घरको भग्नावशेषले नेपाली हुँ भन्नेका लागि भने गिज्याइ रहेको छ । राजनीतिक नेताका नाममा लाखौंको कोष सरकारले तयार पारेको छ तर सबै नेपालीका आदिकवीको घरको जिर्णोद्धारमा सरकारले वास्ता गरेको छैन । भारतको भाषा हिन्दीमा सपथ गर्ने कथित लोकतन्त्रवादी भनाउने नेताहरुले नेपाल र नेपालीको हित नगर्ने त पक्का देखिएको अवस्थामा उनीहरुले भानुभक्तलाई वास्ता नगर्नु त के ठूलो कुरो भो र ?
सरकारले लोकतन्त्रको नाममा नेपाली अस्मिता र पहिचानका दिवसहरु मनाउन छाडेको छ । भारतीय पपेट बनेका कथित सात राजीनितीक दल र तिनको सरकारले भानुभक्तलाई अनादर गर्ने क्रम बढिरहेको छ । तर पनि नेपाल र नेपालीको अस्तित्व चन्द्र र र्सूय रहुन्जेल रहन्छ । गिरिजा, प्रचण्ड, यादव, महतोले जति टाउको फुटाले पनि भानुभक्तलाई नेपालीका मन र लवजबाट बाहिर लान कसैले सक्दैन ।यो तस्विर माइसंसारको हो । के यसमा देखिएका युवाको दिमाग होला मलाई त छैन जस्तो लाग्छ । हेरन मुख पनि आतंककारीले झैं छोपेको छ । ओ भाई तिमी अफगानस्तानबाट आएको हो ?
‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?
3 days ago