Wednesday, June 13, 2007

पत्रकार आचार संहिता २०६०

प्रस्तावना :
स्वस्थ पत्रकारिताको विकासका निम्ति आमसञ्चार माध्यम र पत्रकारलाई जिम्मेवार र व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको सम्बर्धन गर्दै यसको दुरुपयोग हुन नदिन तथा राष्ट्र र समाजप्रति बढी उत्तरदायी बनाउन एवं नेपाल अधिराज्यको संविधान २०४७ द्वारा प्रत्याभूत स्वतन्त्रता र हक अधिकारको जर्गेना गर्दै जनतालाई सुसूचित गर्ने मूलभूत उद्देश्यले समसामयिक अन्तर्राष्ट्रिय प्रचलन र मान्यताहरूलाई समायोजन गरी आमसञ्चारका सबै माध्यमहरूलाई समेत समेटेर मौजुदा आचार संहितामा परिमार्जन गर्न वाञ्छनीय भएकोले नेपाल पत्रकार महासंघ समेतको सहमतिमा प्रेस काउन्सिल ऐनको दफा (७) को (ख) बमोजिम यो पत्रकार आचार संहिता २०६० जारी गरिएको छ ।

नाम, प्रारम्भ र विस्तार :ळ
यस आचार संहिताको नाम 'पत्रकार आचार संहिता २०६०' रहेको छ ।
यो आचार संहिता तुरुन्त लागू हुनेछ ।
(३) यो आचार संहिता नेपाल अधिराज्यभित्र कार्यरत सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमहरूलाई लागू हुनेछ ।
२. परिभाषा :
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस संहितामा :
(क) 'पत्रकार' भन्नाले छापा, विद्युतीय तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका सञ्चार माध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध प्रधानसम्पादक, सम्पादक मण्डलका सदस्यहरू, संवाददाता, स्तंभ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरामेन, व्यंग्य चित्रकार, कार्यक्रम निर्माता तथा सञ्चालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादक जस्ता पत्रकारिता पेशासँग सम्बन्धित सञ्चारकर्मीहरूलाई जनाउँछ ।
(ख) 'सञ्चार माध्यम' भन्नाले नेपालअधिराज्यमा संचालित पत्रपत्रिका, रेडियो एवं टेलिभिजन प्रसारणहरू तथा इन्टरनेटका समाचार, विचारमूलक अनलाइन सेवाहरू समेतलाई जनाउँछ ।
(ग) 'काउन्सिल' भन्नाले प्रेस काउन्सिल नेपाललाई जनाउँछ ।
पत्रकार तथा सञ्चार माध्यमहरूले देहायका कर्तव्य निर्वाह गर्नेछन् :
(१) प्रेस स्वतन्त्रताको संरक्षण र सर्म्बर्द्धन :
विचार र अभिव्यक्ति स्वतन्त्रता नागरिकहरूकये आधारभूत अधिकार भएकाले यसको संरक्षण सर्म्बर्द्धनका निम्ति सदैव दृढ, सजग र र्सतर्क रहनु पर्दछ ।
(२) मानवअधिकार र अर्न्तरार्ष्ट्रिय सम्बन्धको सम्मान :
मानवअधिकारसम्बन्धी अर्न्तराष्ट्रिय लिखतहरूले प्रत्याभूत गरेका हक, अधिकार, सिद्धान्त, मान्यता र प्रचलनको सम्मान गर्दै प्रजातन्त्र, न्याय, समानता, शान्ति र अर्न्तराष्ट्रिय समझदारीको संरक्षण र सर्म्बर्द्धन तथा मित्र राष्ट्रहरूबीचको भाइचारालाई अभिवृद्धि गर्नु पर्दछ ।
(३) सूचनाको हकको रक्षा र प्रचलन :
आमनागरिकको सुसूचित हुन पाउने हक अधिकारको रक्षा गर्न सदैव क्रियाशील एवं समर्पित रहनु पर्दछ ।
(४) सत्य तथ्य सूचनाको सम्प्रेषण :

व्यावसायिक पत्रकारिताको लक्ष्य हासिल गर्न सत्य, तथ्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्नु पर्दछ ।
(५) सम्पादकीय स्वतन्त्रता :
सञ्चार माध्यमबाट प्रकाशित प्रसारित सामग्रीको उत्पादन तथा सम्प्रेषणप्रतिको जिम्मेवारी र उत्तरदायित्व पत्रकारमा हुनु पर्दछ ।
(६) गोपनीयताको हकको सम्मान :
सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यावसायिक गोपनीयताको सम्मान गर्नु पर्दछ ।
(७) उच्च व्यावसायिक अभ्यास :
पत्रकारिताका आधारभूत मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रही जवाफदेही एवं उत्तरदायित्व तथा विश्वसनीयताको निर्वाह गर्न उच्च व्यावसायिक अभ्यास गर्नु पर्दछ ।
(८) शिष्ट व्यवहार :
व्यावसायिक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्दै नैतिक, शिष्ट एवं मर्यादित कार्यशैली र भाषाको प्रयोगमा सजग गर्नु पर्दछ ।
(९) गल्ती सच्याउने तत्परता :
प्रकाशन तथा प्रसारणमा भएका त्रुटी एवं गल्तीको जानकारी हुनासाथ यथाशीघ्र त्यस्तो गल्ती एवं त्रुटीलाई सच्याउने तथा सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन प्रसारण गर्नु पर्दछ ।
(१०) सामाजिक उत्तरदायित्व :
अशक्त, असहाय, अपांग बालबालिका, महिला तथा पिछडिएका वर्ग, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक समुदायको उत्थान र विकासमा सूचना र विचार प्रवाहद्वारा विशेष सहयोग पुर्‍याउने सामाजिक उत्तरदायित्व हुनेछ ।
(११) आपसी सम्बन्ध :
पत्रकार तथा सञ्चार माध्यमहरूबीचको आपसी सम्बन्ध व्यावसायिक, स्वस्थ, संयमित, मर्यादित र सुमधुर रहनु पर्दछ ।
४. पत्रकार तथा सञ्चार माध्यमहरूले देहायका कार्यहरू गर्ने छैनन् :
(१) राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने :
बहुभाषिक, बहुधार्मिक र बहुजातीय मुलुक नेपाल अधिराज्यको र्सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायहरूका बीचको सुसम्बन्धमा खलल पार्ने वा गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा र्सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने समाचार र विचार प्रकाशन तथा प्रसारण गर्नु हुँदैन ।
(२) सामाजिक संरचनामा प्रतिकूल असर पार्न नहुने :
सामाजिक संरचनामा प्रतिकूल असर पुर्‍याउने तथा व्यावसायिक मर्यादा विपरित हुने विकृति र उत्तेजक सामग्री प्रकाशन तथा प्रसारण गर्नु हुँदैन ।
(३) समाचारको गोप्य स्रोत खोल्न नहुने :
समाचार प्रस्तुत गर्दा समाचारको आधिकारिकता र विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नु पर्दछ, तर गोप्य स्रोतको संरक्षण गर्ने दायित्व पत्रकारको हुने हुँदा स्रोतको इच्छा र अनुमति बेगर त्यस्ता गोप्य स्रोतको नाम वा पहिचान गोप्य राख्नु पर्दछ ।
(४) निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने :
प्रकाशन प्रसारण गर्ने उद्देश्यले लिइएका सूचना सामग्री निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न हुँदैन ।
(५) भेदभाव हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने :

जातिय, लैंगिक, धार्मिक, क्षेत्रीय, भाषिक र रङ्गजस्ता आधारमा भेदभाव हुने गरी समाचार र विचारको सम्प्रेषण गर्नु हुँदैन ।
(६) पीडितलाई थप पीडा पुग्ने गरी सूचना सम्प्रेषण गर्न नहुने :
पीडितलाई थप पीडा पुग्ने गरी भाषा, तस्बीर, चित्र र दृश्यसमेतको प्रयोग गरी समाचार तथा विचार प्रकाशन प्रसारण गर्नु हुँदैन ।
(७) पीडित व्यक्तिको नाम, ठेगाना प्रकाशन गर्न नहुने :
यौनजन्य अपराध र सामाजिक अपहेलना एवं घृणाजन्य घटना वा सर्न्दर्भमा पीडित व्यक्तिहरूको नाम,ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बीर र दृश्य प्रकाशन प्रसारण गर्नु हुँदैन ।
(८) हिंसा, आतङ्क र अपराधलाई प्रोत्साहन गर्न नहुने :
विध्वंश, हिंसा, आतङ्क र अपराधलाई प्रोत्साहन हुने गरी तथा त्यस्ता क्रियाकलापलाई अतिरञ्जित गर्ने गरी समाचार, विचार, तस्बीर र दृश्यहरू प्रस्तुत गर्नु हुँदैन ।
(९) घृणा र उत्तेजना फैलिने गरी विभत्स दृश्य र तस्बीर प्रकाशन प्रसारण गर्न नहुने :
क्षतविक्षत, विभत्स र घृणा फैलाउने किसिमका दृश्य एवं तस्बीरहरू असान्दर्भिक, अश्लील र उत्तेजना फैलिन सक्ने प्रकारले प्रस्तुत गर्नु हुँदैन ।
(१०) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने :
कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजिकका व्यक्तिको नाम जोडी उसको मर्यादामा आँच पुग्ने वा चरित्र हत्या हुने गरी समाचार प्रस्तुत गर्नु हुँदैन ।
(११) तथ्यहीन समाचार प्रकाशन गर्न नहुने :
तथ्यलाई तोडमोड गरी बङ्ग्याउने, अनुचित लाभका लागि दिग्भ्रमित पार्ने तथा तथ्यहीन टिप्पणीलाई समाचारको रूपमा प्रस्तुत गर्नु हुँदैन ।
(१२) विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्न नहुने :
विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गर्न, विज्ञापन गरेर समाचारको खण्डन गर्न तथा एउटा सञ्चार माध्यमबाट प्रकाशित प्रसारित समाचारको खण्डन सामान्यतः अर्को सञ्चार माध्यमले गर्न हुँदैन ।
(१३) स्रोत उद्धृत नगरी समाचार उपयोग गर्न नहुने :
कुनै समाचार संस्था वा माध्यमले प्रवाहित गरेको समाचार सामग्री उपयोग गर्दा त्यसको मूल स्रोत उद्धृत नगरी प्रकाशन वा प्रसारण गर्नु हुँदैन ।

५. खारेजीः
पत्रकार आचार संहिता,२०५५ खारेज गरिएको छ ।

0 टिप्पणियाँ: