Monday, April 16, 2007

नेपालमा विज्ञापनको श्रृङ्खला


-मदनमणि अधिकारी

कुनैपनि आमसञ्चारका माध्यम विज्ञापन विनाको कल्पना आजको दिनमा सायदै गर्न सकिएला । आज हामी निशुल्क रुपमा रेडियो तथा टेलिभिजनका प्रशारण हेर्न पाइरहेका छौं भने त केवल कार्यक्रमको बिचमा बजाइने विज्ञापनका कारण नत्र रेडियो तथा टेलिभिजनको सिग्नलको लागि पनि पैसा तिर्नुपर्दथ्यो । विज्ञापनकै कारण दैनिक पत्रिकाहरु तीन देखी पाँचरुपैंयामा १२ देखी १८ पेज पाउन सकिएको हो । नेपाली आमसञ्चार क्षेत्रमा विज्ञापनको अवधारणा सुरु भएको डेढ सय वर्षपुग्न लागिसकेको छ । वि.सं.१९१९ मा कृष्ण गिरीको पुस्तक मोक्षसिद्धि को जील्ला (कभर) मा छापिएको काठमाण्डौं ठहिँटीमा रहेको नेपाल मनोरञ्जन प्रेसबाट प्रकाशित एवं प्रकाशोन्मुख पुस्तकको सूचिलाई नेपालको पहिलो विज्ञापन मानिन्छ । त्यस्तै वि.सं.१९४५ मा हाँस्यमञ्जरी पुस्तकमा प्रकाशनमा आउन लागेको पत्रिका गोर्खा भारत जीवन र वि.सं. १९५६ मा नलोपाख्यानमा नेपाली भाषाको पहिलो पत्रिका भन्दै सुधा सागरको विज्ञापन गरेको पाइन्छ । यसरी पुस्तकको कभरमा प्रकाशन भएका तथा हुने पुस्तक एवं पत्र-पत्रिकाको विज्ञापनबाट नै नेपाली विज्ञापनले बामे र्सर्दै आएको हो । व्यावसाहिक विज्ञापन प्रकाशन हुनको लागि पहिलो विज्ञापन प्रकाशन भएपछि पनि लामो समय कुर्नुपर्‍यो । आज भन्दा ७९ वर्षअगाडीको गोर्खापत्रमा पेट्रोल पेट्रोल पेट्रोल श्री ३ महाराजको जय मनाई चोखो किफायती पेट्रोलको नयाँ दुकान खुल्यो भनेर काठमाण्डौं वटुका भेटनारायणको पसलको विज्ञापन नै पहिलो नेपाली व्यावसायिक विज्ञापन हो ।

जोन गुटेनवर्गको समय सम्म प्रेसको राम्रो विकास भएको थिएन उनले यताउता र्सार्न सकिने (मुभेवल) प्रेसको प्रविधि विकास गरे जसलाई पछ्याउँदै विलियम क्याक्सटनले सन् १४७३ मा गिर्जाघर बारेमा लेखिएको पुस्तकमा अंग्रेजी भाषामा पहिलो विज्ञापन छपाए । त्यस पछि सन् १६५२ मा कफिको, सन् १६५७ मा चकलेटको अनि १६५८ मा चियाको विज्ञापन गरिएको थियो । सन् १६१२ देखी १८५५ सम्म वेलायतमा स्ट्याम्प ट्याक्सका कारण पत्रपत्रिकाका गतिविधिमा गतिरोध र कमी आएको कारण वैज्ञापनिक क्रियाकलापमा कमि आयो । तर, जेम्स वाटको वाष्प शक्तिको आविस्कार र अमेरिकी सिभिल वार ९ऋष्खष् ध्िबच० ले विज्ञापनको विकासको गतिलाई बढाउन मदत गरे । सन् १८४० को दशकमा आएर अमेरिकामा पहिलो विज्ञापन एजेन्सीको रुपमा भोल्नी पल्मर ९ख्यलिभथ एबlmभच०नामक विज्ञापन एजेन्सीको स्थापना भयो भने त्यसको करिब एक सय उन्नाइस वर्षपछि नेपालमा लक्ष्मण उपाध्यायले २०१६ सालमा आएर नेपाल एड्भर्टाईजर्स नामक विज्ञापन एजेन्सी खोले । विज्ञापन क्षेत्रको विकासमा परेको समयको अन्तरका कारण पाश्चात्य जगतका विज्ञापन एजेन्सीले रिर्सच गरेर विज्ञापन गर्ने, विज्ञापन क्याम्पेनहरु सञ्चालन गर्ने कार्य गरिरहेको अवस्थामा नेपालको पहिलो विज्ञापन एजेन्सी खुलेको हो । जसले भोल्नी पल्मरको पालाको जस्तै ग्राहकले जस्तो ल्यायो त्यस्तै पत्रिकामा छपाउन दिने एजेन्टको कार्य गर्दै थियो । उपाध्यायको विज्ञापन एजेन्सी खोल्ने कदमलाई पच्छ्याउँदै पहिलो विज्ञापन एजेन्सी खुलेको करिब तिन वर्षपछि केशव लामिछानेले नेपाल प्रिन्टिङ एण्ड र्एर्डभटाइजिङ खोले । दुई-दुईवटा विज्ञापन एजेन्सीको स्थापना भइ विज्ञापन संकलन, वितरण र प्रकाशनको क्रम चलिसकेको अवस्थामा पनि नेपालमा यसबारेको प्राविधिक क्षमता र दक्षताको विकास भएको थिएन । प्रकाशित हुने विज्ञापनमा विज्ञापन दिने संस्थाको लोगो हाल्ने, अक्षर सानो ठूलो गराउने काम भने हुँदैनथ्यो त्यसैले त्यस्ता यावत कुराहरु मिलाउनको लागि पटना नै पुग्नु पर्दथ्यो ।

सरकारी स्वामित्वमा राणाकालिन समयमा वि.सं.१९५८ देखी प्रकाशनमा आएको गोर्खापत्रले पहिलो अंकमा नै विज्ञापनको दर प्रकाशन गरेपनि सरकारी तवरबाट पत्रपत्रिकाको सर्न्दर्भमा विज्ञापनको कुरा भने न्यायाधिश कृष्ण प्रसाद चापागाइँको अध्यक्षतामा गठन भएको प्रेश कमिशनले २०१५ जेठ ३१ मा सरकारलाई बुझाएको सुझावमा उठाइएको थियो । कमिशनले पत्रपत्रिकालाई सरकारी सचिवालय, विभाग र अड्डाहरुले विज्ञापन दिनुपर्ने औंल्यायो । त्यसपछि सरकारी अड्डा अदातल र संस्थानहरुले मुलुकबाट प्रकाशित हुने सबै खालका पत्रपत्रिकालाई बराबर रुपमा विज्ञापन दिन सुरु भयो । त्यतिवेला सम्मका पत्रिकामा नीजि क्षेत्रका भन्दा सरकारी संस्थान, अड्डा, अदालतका विज्ञापन नै बढि प्रकाशन हुन्थे ।

सरकारी स्वामित्वका संस्थान तथा व्यापारिक प्रतिष्ठानको विज्ञापनको कुरा गर्दा नेपाल बैंकका पुर्व डाइरेक्टर कमलमणि दीक्षितलाई विर्षनु हुँदैन । दीक्षितले सरल भाषाशब्द अनि चित्रबाटै निक्कै रचनात्मक विज्ञापन निर्माण गरेर प्रकाशनको लागि पठाउने गर्दथे । बैंकको ब्याज बढेर धरहरा भएको चित्र त्यस्तै केराको बोटको चित्र राखेर हामी केराको बोटमा आँप फलाइदिन्छौ......भन्ने नाराका साथमा प्रकाशित विज्ञापन त्यतिबेला निक्कै आकर्षण र चर्चाको कुरा बनेको थियो । उनले बैंकको सेवा र इमेज दुवै हाइलाइट हुने खालका विज्ञापनहरुको सृजना गरेका थिए । सुरुमा विज्ञापनको दरभाउ केही थिएन जसले जति दियो त्यति मै सन्तुष्ट । पछि गोर्खापत्रले विज्ञापनमा समावेश भएका शब्दको आधारमा पैसा लिन थाल्यो । नेपाल बैंकले राजारानीको शुभजन्मोत्सवमा डिस्प्ले विज्ञापन छपाउने प्रचलनको सुरुवात गरे पछि भने शब्दको आधारमा पैसा लिने गोर्खापत्रले प्रति कोलम इञ्जको दुई रुपैंया पचास पैसा डिस्प्ले विज्ञापन प्रकाशनको लिन थाल्यो । सात सालमा रेडियो नेपालको स्थापना भएपनि नेपालमा रेडियोमा ध्वनी सहितको विज्ञापन बजाउन र बनाउन भने २०२८ तिर मात्र थालियो । हिन्दी गीतको धुनमा तयार गरिएको विज्ञापन २०३० सालमा रेडियो नेपालले प्रशारण गर्नको लागि अस्वीकार गरेपछि मात्र नेपाली भाषामा रेडियो विज्ञापनहरु बन्न थाले । त्यस अघि भारतमा हिन्दीमा रेर्कर्ड गराइएका विज्ञापनहरु बजाइन्थ्यो भने सरकारी सूचनाहरु धेरै प्रत्यक्ष नै प्रशारण हुन्थे ।

२०४२ देखी नियमित प्रशारण सुरु गरेको नेपाल टेलिभिजनले सुरु सुरुमा पर्दामा शब्द देखिने गरि स्वर सुनाउने गरेको थियो भारतमा विज्ञापन बज्न र बन्न थालिसकेकोले छिट्टै नै नेपालीमा पनि श्रव्य दृश्य विज्ञापन आयो । गोर्खापत्र, केही साप्ताहिक प्रकाशन र रेडियो नेपालमा केन्द्रीत भएर विज्ञापनहरुको बजार बढ्दै गएको अवस्थामा नेपाल टेलिभिजनको आगमनले विज्ञापनको क्षेत्रलाई थप व्यापक बनाउन मद्दत गर्‍यो । २०४७ को प्रजातन्त्रको पुनःस्थापना पछि नेपालमा बढ्दै गएका विज्ञापन एजेन्सीहरुलाई समेट्दै नेपाल विज्ञापन एजेन्सी संघ (आन) को स्थापना भयो । जसले विज्ञापन क्षेत्रलाई व्यापक बनाउने साथै व्यावसाहिक आचारसंहिता बनाएर यस क्षेत्रलाई स्वच्छ राख्ने काम आजसम्म पनि गरिरहेको छ । २०४७ सालमा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाको पुनस्थापना सँगै सरकारले लिएको खुला बजार अर्थतन्त्र साथै विस्तार हुँदै गएको बजारले गर्दा विज्ञापन गर्नेको संख्यामा वृद्धि हुन थाल्यो । जसले गर्दा विज्ञापन पत्रपत्रिका, रेडियो, टेलिभिजनमा मात्र नभएर सडकमा होर्डिङबोर्ड होर्डिङबोर्डमा छताछुल्ल भयो र सरकारले होर्डिङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता समेत देख्यो । सरकारले सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालिन नीति २०५९ मा नियोन साइन, ग्लो साइन, होर्डिङ्ग र व्यानरहरुलाई उपर्युक्त आकार र स्थान तोकि र्सार्वजनिक जीवनमा प्रत्यक्ष असर नपर्ने गरि व्यवस्थित बनाउने र भित्ते पोष्टर र लेखन गरि विज्ञापन गर्ने कार्यलाई बन्द गर्ने नीति लिएको छ । तथापी धार्मिक, सांस्कृतिक सभ्यता देखाउने स्थलमा रहेका विज्ञापनका होर्डिङ अनि नियोन व्यवस्थित भएका छैनन् ।


घरै छेक्ने अनि सडक नै मिच्ने गरि राखिएका विज्ञापनका होर्डिङबाट काठमाण्डौं महानगरपालिकाले आर्थिक वर्ष२०६०/०६१ मा ३५ लाख र ०६१ /०६२ मा ८२ लाख आम्दानी गरेको छ । सडकको मोडमा, घरको छत, खाली ठाउँ यत्रतत्र छरिएका होर्डिङ्ग व्यवस्थित नहुँदा उपत्यका लगायत मुलुकका विभिन्न ठूला सहरहरुमा दिनानुदिन दृश्य प्रदुषण बढ्दै गएको छ । राजमार्गका मोडमा राखिएका होर्डिङ कतिपय अवस्थामा सडक दुर्घटनाको समेत कारण बन्न पुगेका छन् । राजधानीको होर्डिङ्ग व्यवस्थित गर्ने जिम्मा काठमाण्डौं महानगरपालिकाले पाएपनि राम्रो व्यवस्थापन गर्न सकिरहेको छैन भने मुलुकभरका होर्डिङको पनि व्यवस्थापन राम्रो गर्नुपर्ने अवस्था छ । विज्ञापन निर्माण गर्ने एजेन्सीको लागि कुनै कानुन र त्यसको लागि विभागको व्यवस्था नगरेको कारण समयसमयमा जाति, वर्ग, लिङ्ग विशेषलाई आघात पुग्ने खालका विज्ञापनहरुको समेत प्रकाशन र प्रशारण भइरहेको छ । वाषिर्क रुपमा २० देखी २५ प्रतिशतको दरले व्यावसायमा वृद्धि भइरहेको विज्ञापन क्षेत्रलाई समेट्ने गरि विज्ञापन प्राधिकरणको स्थापना हुनु आवश्यक भएको छ । सरकारले पत्रपत्रिकाहरुलाई दिने गरेको सरकारी विज्ञापन शासनमा रहनेको इच्छामा निर्भर रहने शाही शासनको समयमा स्पष्ट रुपमा देखियो विज्ञापनका व्यावसायिक मान्यता अनुसार नै सरकारी विज्ञापन समेत वितरण गर्ने व्यवस्था सहित विज्ञापन प्राधिकरणको स्थापना भएको खण्डमा नेपाली विज्ञापनले ठूलो फड्को मार्न सक्दछ ।

नेपाली विज्ञापनको अभ्यासको क्रममा विभिन्न समयमा विभिन्न विज्ञापनहरुले सामाजिक मर्यादा र वर्ग, लिङ्ग, जाति विशेषलाई आघात पुर्‍याएका केहि गुनासाहरुका बाबजुद डेढ सय वर्षो इतिहासले नेपाली विज्ञापन क्षेत्रलाई मजवुत बनाएको विज्ञापन व्यवसाय आज उद्योगको रुपमा स्थापित भइ सकेको छ । यस क्षेत्रको विकासले उत्पादक कम्पनी र विज्ञापन एजेन्सीमात्र मोटाएका छैनन्, सञ्चार माध्यमको सपोर्ट सिस्टम भएकोले यसको विकासले नेपाली मिडिया आत्मनिर्भर बन्ने अवस्थाको सृजना भएको छ । विज्ञापनले र्सवसाधारण उपभोक्तालाई सूचित मात्र गराएको छैन विभिन्न उपहार योजना मार्फ मालामाल बन्ने अवस्था सिर्जना गरेको छ । विज्ञापन बनाउँदा नेपाली मौलिक पक्षलाई ध्यान दिने र नेपालीमा स्वराङंकन भएका विदेशी विज्ञापनलाई पाखा लगाउँदै जाने हो भने नेपाली विज्ञापन क्षेत्रको भविष्य अझ सुन्दर बन्नेछ ।

0 टिप्पणियाँ: