Showing posts with label प्रकृती. Show all posts
Showing posts with label प्रकृती. Show all posts

Tuesday, October 14, 2008

पुतलीलाई पच्छ्याउँदा

विजया दशमी नेपालीहरुको महान र राष्ट्रिय पर्व । लामो बिदा अनि पारिवारिक जमघट । यही लामो बिदा र भरखरै प्राप्त भएको नयाँ क्यामेराको सदुपयोग गर्न म पनि हिंडे फोटो खिच्न ।
putali


पंक्षिको तस्विर खिच्न हिंडेको म उडेपछि एउटा डाँडाबाट अर्कोमा पुग्ने चरा भन्दा पनि फुर्र फुर्र गर्ने पुतलीको पो पछि पछि लागें त । यि नै हुन मेरा पुतली .........
putali1


putali2


putali3
putali4

Wednesday, September 3, 2008

फूलको आँखामा फूलै संसार





बादलुको संसार









बादलको सन्दर्भलाई जोडेर धेरै गीतकारले गीत लेखेकाछन् त धेरैसंगीतकार र गायकले त्यसमा संगीत र स्वर दिएका छन् । चाहे बादलुको घुम्टोले इलाम बजार छोपोस् या बादलुको देशमा हराउन मनलागोस् ।

सानो छँदा म पनि आकाशमा बादलका विभिन्न आकार हेरेर रमाउने गर्दथें कतै बिरोलो जस्तो त कतै मान्छे जस्तो आकार बादलको । अनि हावा सँगै बादलको परिवर्तित गति ओह कति रमाइलो। बादलको रंग सँगै सानामा दंग परेको फ्यासब्याकमा पो पुगें म त !

Thursday, August 7, 2008

बढेको बाग्मती



साउनको भेलले गर्दा बाग्मती बल्ल नदी जस्तो देखिएको छ । किराँतेश्वर छेउबाट देखिएको बाग्मती ।

Saturday, May 24, 2008

ऐसेलु खानु भो ?


यो काठमाण्डौं बस्दा कुन सिजनमा के फलफुल पाउँछ पनि थाहा हुँदैन भन्या यसो आज शनिबार रमाइलो गर्न साँखु गएको अहिले त ऐसेलु खाने समय पो रहेछ भन्या ! झयाँङमा थोरै भएपनि टिपेर खाइयो है ।

ऐसेलु खाँदा मलाई बालकृष्ण समको ऐसेलुको रुखमा बसेर ऐसेलु खाएको भन्ने कुराले सारो हाँस्न मन लाग्छ । मैले त समलाई सम्झँदै ऐसेलु खाएँ तपाइँले नि ?

Wednesday, May 7, 2008

झरनाको चिसो पानी