राजाको प्रेस भेटघाटको समाचार संकलन गर्न गएका पत्रकारहरु पहिलो पटक नारायणहिटीमा प्रवेश गरेका कारण होला यता उता बसेर आफ्नै फोटो खिचिरहेका थिए । पत्रकारहरुलाई बस्न कुर्चिको व्यवस्था गरिएको भएपनि राजा बस्न राखिएको कुर्चि समेत ठेल्नेगरि पत्रकारहरु अगाडी सम्म घुइँचो गरेर बसेका थिए । पत्रकारहरु एकदमै घुइँचो, अव्यवस्थित र अशिष्ट पाराले बसेका थिए । पत्रकारका हल्ला र अशिष्ट पाराकै कारण ५.१५ मा भनिएको वक्तव्यको कार्यक्रम पछाडी सरेको थियो भने राजाले नै स्वयं हल्ला नगर्नुस भनेर चार पटक भन्नुपरेको थियो । पत्रकार सम्मेलनमा पत्रकारका मोबाइलको घण्टी साथै हल्ला अवरोध बनेको थियो । पत्रकारको बसाइ र हल्लाका कारण राजालाई वक्तव्य पढ्न समेत गारो भएको थियो भने एक पटक त पत्रकारका गतिविधि देखेर राजाको मुखबाट हाँसो समेत फुट्न लागेको थियो । राजाको १४ मिनेटको वक्तव्य सकिएपछि पत्रकारहरु राजदरबारका सामग्री हेर्न लागेका थिए भने केही एफएमका रिपोर्टरहरु दरबारका सजावटका सामान छुने चलाउने कोट्याउने गरिरहेका थिए ।
त्यो राजाले वक्तव्य पढिरहँदा मोबाइल चलाउने घरि घरि स्पाइरल प्याडमा लेखेजस्तो गर्ने एकजना युवा पत्रकार हुनुहुन्थ्यो नि को हो ला ? कुन मिडियाको होला ? पक्कै पनि कुनै एफएममा काम गर्ने हुनुपर्छ ? मेरो गेस है ! कस्तो खाते पारा देखाउनुभयो उहाँले, उहाँ र उहाँजस्तै अशिष्ट खालका महानुभावहरुले आफूलाई पत्रकार भनाएको देख्दा यो केटालाई पत्रकार भनाउन नै लाज लाग्छ । के नेपालमा शिष्ट अनि राम्रा पत्रकार छैनन् ? सबै ऋषि धमला मार्काका मात्रै हुन् त ?
नेपाली पत्रकारको चर्तिकला उमेशको ब्लगमा हेर्न सकिन्छ
Showing posts with label पत्रकार. Show all posts
Showing posts with label पत्रकार. Show all posts
Wednesday, June 11, 2008
पत्रकारका गतिविधि नारायणहिटीमा
लेबल:
पत्रकार
Subscribe to:
Posts (Atom)