संसदिय प्रजातन्त्र भएको संवैधानिक राजतन्त्रात्मक हिन्दू अधिराज्यमा वर्षो एकपटक मात्र छिर्न पाइन्थ्यो रानीपोखरीमा । अरु बेलामा बाहिरबाट हेरेरै मन बुझाउनुपर्ने ।काठमाण्डौं महानगरपालिकाको नाफाखोरीका कारण महोत्सव गर्दा पैसा तिरेर भित्र छिरे हो नत्र त उही भाईटिका कुर्नुपर्थ्यो । पछि पुनस्थापित संसदबाट बनेका सरकारले छठका लागि पनि मन्दिर बाहेक रानीपोखरी परिसर खुला गर्ने गरेपछि वर्षो दुई दिन भित्र छिर्न पाउने त अधिकार नै भयो । आफू भाईटिकामा छिर्न नजाने अघिल्ला छठमा पनि नगएको आज साँझ छिरें रानीपोखरी । अनि खिचियो फोटोहरु खच्याक खच्याक । शिवमन्दिर र रानीपोखरी एंगल एंगलबाट खिचियो नि हेर्नुस् न ।
Wednesday, November 5, 2008
छठको रानीपोखरी
Sunday, September 14, 2008
इन्द्रजात्राको बयान
नेपाल एकिकरणमा लागेका बडामहाराज पृथ्वीनारायण शाहले इन्द्रजात्राको दिनमा काठमाण्डौं माथि विजय प्राप्त गरेको इतिहास भएको देशका प्रधानमन्त्री प्रचण्ड इन्द्रजात्राकै समयमा भारत गएका छन् । के उनले पनि कुटनीतिक क्षेत्रमा सफलता पाउलान् त ?
Tuesday, September 2, 2008
Sunday, August 17, 2008
Saturday, August 16, 2008
जनै र जिन्स

ब्राम्हण भन्नासाथ धोती कुर्ताको पहिरन याद आउँछ । या त नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल तर आजकल ब्राम्हण वर्गको लगाइ खवाईमा समय अनुसारको परिवर्तन आएको छ । धेरै ब्राम्हणहरुले भेज मम र चिसो पेय पदार्थमा नै चित्त बुझाए पनि मदिरा र बफ मम सम्म पनि झरेका छन् केही । यस्तैमा रक्षा बन्धनको दिन पशुपतिको मुल गेट नजिकै रक्षा बन्धन र जनै लिएर बसेका जिन्सको पाइन्ट लगाएका युवा ब्राम्हण ।
रक्षा बन्धन
लोकतन्त्रको स्थापना भएपछि धार्मिक क्षेत्रका मुल्य र मान्यतामा अनावश्यक रुपमा राजनीतिक र सरकारी हस्तक्षेपहरु हुन थालेका छन् । कतिपय अवस्थामा अति नै नराम्रो अर्थदिने तरिकाले राजनीतिक र सरकारी निर्णयहरु भएका छन् आजकल । आज महान पर्व रक्षा बन्धनको दिन एका विहानै क्रिश्चियन धर्मको प्रचार गर्ने कार्यक्रम बजाउँदै थियो नेपाल टेलिभिजन । हिन्दूहरुको महान पर्वको दिनमा सवेरै क्रिश्चियनको धर्म प्रचार गर्नुको अभ्रि्राय के हो ? कथित धर्म निरपेक्षताको आडमा बहुसंख्यक जनताको धार्मिक आस्था सँग जोडिएको राष्ट्रिय पर्वकै दिन पार्नु पथ्र्यो क्रिश्चियनको कार्यक्रम दिन । एक दशक अगाडी भारतमा आएका एक क्रिश्चियन पादरीले पाँच वर्षभित्र नेपाललाई धर्म निरपेक्ष बनाउने र नेपालको आधा जनसंख्यालाई दश वर्षा क्रिश्चियन बनाइ सक्ने घोषणा गरेका थिए रे ! अमेरिकी दूतावास र भारतीय दूतावासको नेतृत्वमा स्थापित अहिलेको राजनीतिक व्यवस्थाले त्यसैलाई सघाउ पुर्याँउँदै गएको त होइन ?
महान पर्व रक्षा बन्धनको दिनमा पशुपतिनाथमा देखिएको दृश्य ।
रक्षा बन्धनका लागि ताओ तयार पारिँदै ।
रक्षा बन्धन ग्रहण गर्दै बालक ।
बागमतीमा श्रद्धालुले चढाएका पैसा खोज्दै बालकहरु ।
दिउँसो खाली भएको समयमा सुस्ताउँदै । 
छाता ओड्ने तरखर ।
छाता ओडेर रक्षा बन्धन ग्रहण गर्नेको पर्खाइ
दिउँसो झकाउँदै साना ब्राम्हण ।
Monday, August 11, 2008
साउनको अन्तिम सोमबार पशुपतिमा
साउन महिनालाई महादेवको महिना पनि भन्ने गरिन्छ । त्यसैले त पशुपतिमा महिला भक्तजनको भिड अन्य समयभन्दा बढि हुन्छ त्यसो त बोलबम यात्राले पनि साउनलाई थप रमाइलो बनाएको छ । पशपतिमा हुने नित्य भजन र आरती त छँदैछ । प्रस्तुत छ पशुपतिमा साउनको अन्तिम सोमबार साँझ खिचिएका तस्विरहरु

पशुपतिको पारीपट्टि दैनिक हुने आरती
आरतीमा सहभागी हुन आएका भक्तहरु
मोबाइलबाट तस्विर उतार्दै युवती
रातीमा नाचेको मेरो क्यामेराले यस्तो खिच्यो
बाग्मतीमा राखिएको डुँगामा चढेर ताली बजाइरहेका व्यक्ति
Thursday, August 7, 2008
आरती
हरेक साँझ पशुपतिनाथमा हुनेगरको आरतीको तस्वीर हुन् यी । साँझको समय आरती र भजनले पशुपतिनाथ परिसर नै संगीतमय हुने गरेको छ । तपाइँ पनि पशुपतिको सन्ध्या आरतीमा सहभागी हुने मौका नगुमाउनुस् है । हरेक साँझ ६३० बजे । 




Monday, July 7, 2008
Friday, March 21, 2008
होली रे !
फागु पूणिर्माको अवसरमा आ-आफू मिलेर रंग र पानी छ्यापाछ्याप गर्दै मैतीदेवीमा रहेको एक घरका युवा । म पनि संलग्न थिएँ त्यहाँ । वास्तवमा मेरै घरमा हो है । बहुत मजा आयो यार आज पानीमा रुजेर रंग खेल्न । घरभरिका सबै सँग पानी र रंग हानाहान गर्दाको मजा त अवर्णनिय छ । खेलियो नि होली ... ?
हामी सब होलीमा पानी छ्यापेर रमाउँदै
मेरो आन्टी अनुहाभरी रंग दलेपछि
म पछि छु है बीचमा
मेरो अंकल आन्टी
Saturday, March 15, 2008
बिजोग !

वसन्तपुरमा रहेको शिवपार्वतीको मन्दिर जिर्ण बन्दा पनि कसैको ध्यान जान सकेको छैन । यस्तै मठ मन्दिर अनि परम्परागत जात्रा कै कारण नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन् सरकार र व्यापारी पैसा कमाउँछन् तर सम्पदा जोगाउने कसले ?
Saturday, March 1, 2008
अन्तिम हिन्दू राजा
नेपालको समय
Blog List
-
परदेश गएपछि हुने रोमिङको लफडा2 months ago
-
-
मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ5 months ago
-
-
Ultimate Yummy Veg Pizza are Made Here1 year ago
-
-
हाम्रो नेपाली किबोर्ड अब आइफोनमा8 years ago
-
-
-
गर्नैपर्छ वेदको अध्ययन17 years ago
-
-
INTERNET SEARCH ENGINES
Journalism Organizations
PUBLISHERS
मदन मणि अधिकारी
मेरो बारे
- मदन मणि अधिकारी
- काठमाण्डू, नेपाल
- स्थायी ठेगाना छाङ ४ पिपलटार तनहुँ, हाल मैतीदेवी, काठमाडौंमा अस्थायी बसोबास । पत्रकारिता क्षेत्रमा क्रियाशिल एवं आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत । मदन मण्डारी मेमोरियल कलेज रातोपुलमा फोटोपत्रकारिता प्राध्यापन सम्पर्क– madanm05@gmail.com ९८४१५४१९११, ९८०४१०८२२० पिता हुतमणि अधिकारी एवं माता सरस्वती अधिकारी । पिता सरकारी जागिरे र माताको आफ्नै व्यवसाय ।
ईमेलमा हेर्न
कुन विषयमा
- धर्म (13)
- प्रकृती (6)
- जीवन शैली (5)
- राजा (5)
- तस्विर अर्कैको (3)
- राजनीति (3)
- आफ्नै गन्थन (2)
- काठमाण्डौं (2)
- गाईजात्रा २०६५ (2)
- जनावर (2)
- SLC 1st Division 2064 (1)
- SLC 2nd Division 2064 (1)
- SLC 3rd Division 2064 (1)
- SLC DISTINCTION 2064 (1)
- आफ्नै कुरा (1)
- उपकरण (1)
- कलाकार (1)
- चरा (1)
- जीवन जगत (1)
- तस्वीर अर्केको (1)
- पत्रकार (1)
- बालखामा म (1)
- मेला (1)
- रमाइला तस्वीर (1)
- राजनिती (1)
- व्यापार वाणिज्य (1)
- साहित्य-साहित्यकार (1)










